सामग्रीमा जानुहोस्

भोजराज पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोजराज पोखरेल
प्रमुख निर्वाचन आयुक्त
कार्यकाल
१३/०७/२०६३–२०/०२/२०६६
पूर्वाधिकारीश्री केशवराज राजभण्डारी
उतराधिकारीनीलकण्ठ उप्रेती

"भोजराज पोखरेल" नेपालका पूर्वप्रशासक एवं निर्वाचन आयोग (नेपाल) का पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्। उनले १३ कात्तिक २०६३ देखि २० जेठ २०६६ सम्म निर्वाचन आयोगको नेतृत्व गरेका थिए।[] तीन वर्षपहिला पनि उनलाई सोही पदमा नियुक्तिका लागि सिफारिस भए पनि राजाले अस्वीकार गरेको बताइएको थियो। उनको नियुक्तिअघि संसदीय सुनुवाइ भएको थियो। २०६२/६३ को आन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधि सभाले संसदीय सुनुवाइमार्फत् संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको अनुमोदन गरेको नेपालकै इतिहासमै यो पहिलोपटक थियो।[]

उल्लेख्य काम

[सम्पादन गर्नुहोस्]

पहिलो संविधान सभा निर्वाचन, २०६४ उनकै पालामा सम्पन्न भएको थियो।[] गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयका पूर्वसचिवसमेत रहेका उनले नेपालको शान्तिप्रक्रियामा पनि उल्लेख्य भूमिका निर्वाह गरेका थिए।

प्रकाशित कृति

[सम्पादन गर्नुहोस्]

उनको ‘नेपाल भोट्स फर पिस’ शीर्षकको पुस्तक प्रकाशित छ।[]

  1. https://election.gov.np/np/page/former-election-commissioners
  2. https://www.bbc.com/nepali/news/story/2006/10/061030_cec_appointed
  3. https://election.gov.np/source/Resources%20Other/%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8.pdf
  4. https://www.setopati.com/bichar/3487/ वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-२३ मिति