भ्वाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mosul भ्वाङ
लुकायान राष्ट्रिय निकुञ्जमा देखिएको नीलो भ्वाङ

भ्वाङ [१], भवान अथवा भवाङ (अङ्ग्रेजीमा sinkhole) सिङ्क होल चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो। जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ। यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ बाटुलो आकारका पाइन्छन्। भ्वाङ पर्दाको आकार भन्दा विस्तार विस्तार बढ्दै जाने गरेको पाइन्छ। कुनै भ्वाङ खाली टोड्को मात्र हुन्छन् भने कुनै भ्वाङमा पानी भरिएको हुन्छ। [१]

नेपालको पोखरामा यो किसिमका स्थलरूप देख्न सकिन्छ। पोखराको अर्मला गाविसमा २०७० मंसीरमा जमीनमा भ्वाङ परेको देखिएको छ।[२][३][४] अर्मलामा परिरहेका भ्वाङको संख्या ५० नाघेको छ। संख्या पनि बढेको छ भने परेका भ्वाङहरू पनि क्रमशः बढेर ठूलो आकारको हुँदै छन्। [१] धेरैवटा भ्वाङहरू मिलेर अझ ठूलो भ्वाङको आकृति बन्दछ जसलाई बृहत भ्वाङ अथवा उभाला (Uvalla) भन्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]