मछरी चित्रकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मछरी चित्रकार गाडी चलाउने चाहिने अनुमतिपत्र (लाईसेन्स) लिने पहिलो नेपाली महिला हुनुहुन्छ। उहाँले २००९ साल जेठ २९मा लाईसेन्स लिनुभएको हो। उहाँले सुरुमा काठमाडौंको पुतलीसडकदेखि टुँडीखेलसम्म जीप चलाउनुभएको थियो। त्यो जीप ५४५ नम्बरको थियो।

मछरीको जन्म १९८८ साल भाइटिकाको दिन काठमाडौंको यट्खामा भएको थियो। उहाँका पिताको नाम कृष्णबहादुर र माताको नाम भद्रमाया हो। उहाँहरू ३ दाजुभाई र ४ दिदीबहिनी जन्मनुभएको हो। मछरी जेठी छोरी हो।

चित्रकार पेशाले चित्र बनाउने र फोटो खिचाउने काममा लागेको पाइन्छ। उहाँले भारत, थाइल्यान्ड, सिंगापुर, हङकङ, दुबइ, श्रीलङ्का आदि देशको भ्रमण गर्नुभएको छ।