मधुकर शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Madhukar SJB Rana

मधुकर शमशेर राणा नेपालका अर्थशास्त्री (economist) हुन्। उनको जन्म सन् १९४१ मा भएको हो । उनले नेपालको अर्थ मन्त्रालयमा लामो समय सेवा गरेका छन् । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाए।

उनी खासमा अर्थतन्त्र र वित्तीयशास्त्रका विज्ञ हुन्।

राजा ज्ञानेन्द्रकै प्रत्यक्ष शासनकालमा मन्त्री भएका पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे उनलाई त्यसरी नै चिनाउँछन्। उनी राणालाई अर्थतन्त्र र वित्तीय क्षेत्रबारे स–साना विषयमा गहिरो ज्ञान राख्ने विज्ञको रूपमा चिनेको बताउँछन्। उनी हाल साउथ एसियन इन्सटिच्युट अफ म्यानेजमेन्ट, काठमाडौंमा अर्थशास्त्र प्राध्यापन गर्छन् । उनी हकीका कुशल खेलाडी पनि थिए । राणा नेपाल हकी संघका संस्थापक उपाध्यक्ष समेत थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

७८ वर्षको उमेरमा २९ असोज २०७६ मा उनको निधन भयो।