मयमनसिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मयमनसिंह
ময়মনসিংহ
—  सहर  —
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग मयमनसिंह
जिल्ला मयमनसिंह
स्थापना १७८७
सहर १७८७[१]
सरकार
 - प्रकार सहर नगरपालिका
 - मेयर इकरामुल हकी टिटु
 - परिसदका सदस्य मोटीउर रहमान
क्षेत्रफल[२]
 - सहर ९१.३१५ किमी (३५.३ वर्ग मी)
 - मेट्रो ९१.३१५ किमी (३५.३ वर्ग मी)
अवनति १९ मि (६२ फिट)
जनसङ्ख्या (२०११)
 - सहर १,३८९,९१८
 जनघनत्व ४४,४५८/किमी (११५,१४५.७/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी समय (युटिसी+६)
हुलाक कोड २२००, २२०१, २२०२, २२०३, २२०४, २२०५, २२०६
टोलीफोन कोड ०९१
वेबसाइट http://www.mymensingh.gov.bd/

मयमनसिंह (बङ्गाली: ময়মনসিংহ) बङ्गादेशको ब्राह्मपुत्र नदि किनारमा अवस्थित सबैभन्दा दोश्रो धेरै जनघनत्व भएको सहर हो । यो सहरमा राज काल देखिका ठूला ठूला भवनहरू रहेका छन् ।

मयमनसिंह मयमनसिंह विभागको मुख्य सहर अथवा सदरमुकाम हो र यो सहर बङ्गादेशको राजधानी ढाकाबाट १२० किलोमिटर (७५ माईल) उत्तर तर्फ रहेको छ । यस सहरको सिमाना क्षेत्र गाजीपर ,जमलपुर ,तङ्गाली र किशोरगञ्ज जस्ता जिल्लाहरूले धेरेको छ । जनता प्रशासक मन्त्रालयका अनुसार मयमनसिंह जिल्ला जिल्लाहरूमा ४ स्थान रहेको छ । यो उत्तर मध्य बङ्गलादेशको एक प्रमुख वित्तीय केन्द्र हो । यो बङ्गलादेशको तेस्रो सबैभन्दा ठूलो सहर हो र मयमनसिंह सहरको जनघनत्व ४४,४५८ वर्ग किलोमिटर रहेको छ जुन बङ्गलादेशमा दोस्रो घनत्व आबादी हो । यसको उचाइ समुद्री सतहभन्दा माथि १९ मीटर माथि रहेको छ, बङ्गलादेशमा प्रमुख सहरहरूको भन्दा अधिक हो ।

मौसम र भुगोल[सम्पादन गर्ने]

सहरमा कुनै आधिकारिक रूपमा परिभाषित भौगोलिक सीमा मापन गरियको छैन । १९८० को दशकदेखि सहर छिटो सहरीकरणको साथ विस्तार भएको हुँदा मापन गर्न अप्ठ्यारो भएको हो । मयमनसिंह सहर उत्तरतिर फैलिएको पुरानो ब्रह्मपुत्र नदीबाट किनारमा अवस्थित र शम्भुगञ्ज नदी र ब्रह्मपुत्र नदी शम्भुगनञ्ज नदीको पुलमा अाएक मिसिन्छ जुन ब्रह्मपुत्र नदीको बायाँ छेउमा पर्छ । यो सहरको मध्य भागमा सुल्तानबाद कलेज ,मेडिकल कलेज ,कृषिविश्वविद्यालय अादी रहेका छन् । एक रेलवे मार्ग उत्तरी जिल्लाहरूसँग ढाकामा जोडिन्छ जसलाई १८८५ र १८९९ को बीच बनाईएको थियो जसले सहरलाई दुई पक्षहरुमा विभाजन गर्छ ।

यो सहर हिमालयको नजिक भएको हुँदा एस सहरको राजधानी ढाका भन्दा चिसो छ । सहरमा वर्षा ऋतु मे र जुन महिनामा सुरु भएर अगस्ट सम्म जारी रहन्छ एस बेला भारी वर्षा हुन्छ र कहिलेकाहीँ ३ दिन वा एक हप्ता भन्दा बढी समय सम्म पानी परिरहन्छ र यसबेला सहरको तापक्रम १५ देखि २० डिग्री सम्म हुने गरेको छ भने हिँउदमा यस सहरको तापक्रम १५ वा से भन्दा कम हुन जान्छ यो मौसम मध्य नोभेम्बर देखि मध्य फेब्रुअरी सम्म चालु हुन्छ । यस सहरको उच्च तापक्रम ४० डिग्री सम्म पुग्छ जुन अप्रिल र मे को बिचमा हुन्छ । यो सहरमा घुम्न अाउने पर्यटकहरूका लागि नोभेम्बर देखि फेब्रुअरी सम्मको महिना सबैभन्दा उचित हुन्छ ।

धर्म[सम्पादन गर्ने]

बोरो मस्जिद
विश्वनाथ मन्दिर

मयमनसिंह बङ्गलादेशको एक सहर हो जहाँ मुस्लिम र हिन्दुहरु सँगै एक साथ छन् । सबै प्रकारका धार्मिक चाडपर्व सहरले मनाउछ । दुर्गा पूजा को समयमा पुरा सहर झिलिमिलीले, सुन्दर द्वार र फूलहरु सजाइन्छ । केहि ईसाई परिवारहरु पनि मयमनसिंहमा बसोबास गर्छन् यस सहरमा सबै धर्मका सबै प्रकार मानिसहरू बसोबास गर्छन् ।

शिक्षा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "मयमनसिंहमा मेयरको भाषण", चिट्टेगोंग सहर निगम, मूलबाट २५ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २००९ 
  2. ": सहरी क्षेत्र विभाग", बङ्गलादेशको जनसङ्ख्या र घरहरूको जनाकारी, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, अगस्ट २०१४, पृ: ७२, अन्तिम पहुँच ११ जुन २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]