मरियम नवाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरियम नवाज
مریم نواز
१९औँ पन्जाबको मुख्यमन्त्री
पद बहाली
२६ फेब्रुअरी २०२४
राज्य प्रमुखमुहम्मद बालीगुर रहमान
पूर्वाधिकारीमोहसिन रजा नक्वी (कार्यवाहक)
पन्जाबको प्रान्तीय सभाको सदस्य
पद बहाली
२३ फेब्रुअरी २०२४
निर्वाचन क्षेत्रपीपी-१५९ (लाहोर-१५)
पाकिस्तान मुस्लिम लिग (नवाज)को वरिष्ठ उपाध्यक्ष
पद बहाली
३ जनवरी २०२३
प्रधानमन्त्री युवा कार्यक्रमको अध्यक्ष
कार्यकाल
२२ नोभेम्बर २०१३ – १३ नोभेम्बर २०१४
पूर्वाधिकारीकार्यालय स्थापना
उतराधिकारीलैला खान
व्यक्तिगत विवरण
जन्म
मरियम नवाज शरीफ

(1973-10-28) २८ अक्टोबर १९७३ (उमेर ५०)
लाहोर, पाकिस्तान
राजनीतिक दलपाकिस्तान मुस्लिम लिग (नवाज)
जीवन साथीमोहम्मद सफदर अवान (वि: सन् १९९२)
सन्तान(हरू)
अभिभावक(हरू)नवाज शरीफ (बुबा)
कुलसुम नवाज (आमा)
आफन्तहरूशरीफ परिवार

मरियम नवाज सरिफ (उर्दु: مریم نواز شریف; जन्म २८ अक्टोबर १९७३) एक पाकिस्तानी राजनीतिज्ञ हुन्, जो हाल पन्जाबको मुख्यमन्त्रीको रूपमा कार्यरत छिन्। उनी पाकिस्तानको कुनै पनि प्रान्तको मुख्यमन्त्री बन्ने पहिलो महिला हुन्।[१] उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् र सुरुमा परिवारको परोपकारी संस्थाहरूमा संलग्न थिइन्। यद्यपि, सन् २०१२ मा उनी राजनीतिमा प्रवेश गरेकी थिइन् र सन् २०१३ को आम निर्वाचनमा उनलाई निर्वाचनी अभियानको जिम्मेवारी दिइएको थियो। सन् २०१३ मा उनी प्रधानमन्त्री युवा कार्यक्रमको अध्यक्षमा नियुक्त भइन्। तर सन् २०१४ मा लाहोर उच्च न्यायालयमा उनको नियुक्तिलाई चुनौती दिएपछि उनले राजीनामा दिएकी थिइन्।[२]

सन् २०२४ को पाकिस्तानी आम निर्वाचनमा उनी पहिलो पटक पाकिस्तानको राष्ट्रिय सभा र पन्जाबको प्रान्तीय विधानसभामा निर्वाचित भएकी थिइन्। उनले प्रदेश सभा सदस्यका रुपमा सपथ लिएकी थिइन् र राष्ट्रिय सभाको आफ्नो स्थान त्यागेकी थिइन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मरियम शरीफ बनिन् पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०३-०५ 
  2. Ghumman, Khawar (१३ नोभेम्बर २०१४), "Maryam Nawaz resigns as head of youth loan programme", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ फेब्रुअरी २०२४ 
  3. Mahmood, Amjad (२४ फेब्रुअरी २०२४), "CM-in-waiting Maryam makes parliamentary debut", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ फेब्रुअरी २०२४ 
पूर्वाधिकारी पन्जाबको मुख्यमन्त्री
२६ फेब्रुअरी २०२४ – वर्तमान
बहालवाला