सन् २०२४ पाकिस्तानी आम निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२४ पाकिस्तानी आम निर्वाचन

← सन् २०१८ ८ फेब्रुअरी २०२४ सन् २०२९ →

पाकिस्तानको राष्ट्रिय सभाका सबै ३३६ सिटहरू
१६९ बहुमतका लागि आवश्यक सिट
दर्तावाल मतदाता१२,८५,८५,७६०
 
नेता इमरान खान नवाज शरिफ बिलावल भुट्टो जरदारी
दल स्वतन्त्र[क] पाकिस्तान मुस्लिम लिग (नवाज) पाकिस्तान पिपुल्स पार्टी
अघिल्लो निर्वाचन नयाँ[ख] २४.३५%, ८२ सिट १३.०३%, ५४ सिट
आवश्यक सिट वृद्धि १६९ वृद्धि ८७ वृद्धि ११५

 
नेता खालिद मकबूल सिद्दिकी फजल उर रहमान
दल मुत्ताहिदा कौमी मुभमेन्ट जमियत उलेमाये इस्लाम
अघिल्लो निर्वाचन १.३८%, ७ सिट ४.८५%, १२ सिट
आवश्यक सिट वृद्धि १६१ वृद्धि १५७

राष्ट्रिय सभा निर्वाचन क्षेत्रहरू समावेश पाकिस्तानको नक्सा

पदग्राही कार्यवाहक प्रधानमन्त्री

अनवार उल हक काकर
स्वतन्त्र



पाकिस्तानमा सन् २०२४ फेब्रुअरी ८ मा १६औँ राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। पाकिस्तानको निर्वाचन आयोगले १५ डिसेम्बर २०२३ मा विस्तृत कार्यक्रम घोषणा गरेको थियो।

पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग (नुन) र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी दुई प्रमुख दलहरू हुन्। इमरान खानले स्थापना गरेको पाकिस्तान तहरिके इन्साफ अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी थियो। तर, सर्वोच्च अदालत विवादास्पद फैसलाले चुनावको दौडान आफ्नो चुनाव चिन्ह खोसेपछि दलले स्वतन्त्र उम्मेदवारका रूपमा आफ्ना उम्मेदवारहरू खडा गर्न बाध्य भएको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

निर्वाचन प्रणाली[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभाका ३३६ सदस्यहरूमा एकल-सदस्य निर्वाचन क्षेत्रहरूमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मार्फत २६६ साधारण सिटहरू छन्, प्रत्येक प्रदेशमा प्रत्येक दलले जितेको साधारण सिटहरूको सङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वद्वारा निर्वाचित महिलाहरूका लागि ६० सिटहरू र प्रत्येक दलले जितेको समग्र साधारण सिटहरूको सङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वद्वारा निर्वाचित गैर-मुस्लिमहरूका लागि १० सिटहरू आरक्षित छन्।[१]

सरकारले अर्को आम निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गरेर गर्नुपर्ने विधेयक पारित गरेको थियो। यसको उद्देश्य पाकिस्तानमा विगतका चुनावहरूमा धाँधलीको आरोपको अन्त्य गर्नु थियो। सन् २०२२ मा जब राष्ट्रिय सभामा अविश्वासको प्रस्तावको सफल मतदानद्वारा पाकिस्तान तहरिके इन्साफको नेतृत्वको सरकार अपदस्थ भएको थियो। ११ विपक्षी दल, जसमध्ये केही लामो समयदेखिका प्रतिद्वन्द्वी थिए।[२] विपक्षी दलहरूले नयाँ सरकार गठन गर्दै निर्वाचन संशोधन विधेयक पारित गरेका थिए, जसले अर्को आम निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोगलाई रद्द गरेको थियो। त्यसैले आगामी आम निर्वाचनमा यसको प्रयोग गरिने छैन।

दलहरू[सम्पादन गर्नुहोस्]

तलको तालिकामा प्रत्येक पार्टीलाई सूचीबद्ध गरिएको छ जसले सन् २०१८ पाकिस्तानी आम निर्वाचनमा ०.५% भन्दा बढी मत प्राप्त गरेको थियो वा पाकिस्तानको १५औँ राष्ट्रिय सभामा प्रतिनिधित्व गरेको थियो। सन् २०१८ को चुनावमा राजनीतिक दलहरूले आफ्नो मत प्रतिशत निर्धारण गरेका थिए। सन् २०१८ मा स्वतन्त्र उम्मेदवारले ११.४६ प्रतिशत मत प्राप्त गरेका थिए भने राष्ट्रिय सभाका १३ सिट मध्ये (१५औँ राष्ट्रिय सभामा महिला र अल्पसङ्ख्यकका लागि आरक्षित सिटका रूपमा राजनीतिक दललाई दिइएको थियो) दुवै सिट प्राप्त गरेका थिए।

नाम दावी गरिएको
विचारधारा(हरू)
नेता सन् २०१८
मा मत
सिट हासिल सन् २०१८ निर्वाचन अगाडिको सिट
पिटिआई पाकिस्तान तहरिके इन्साफ[ग]
پاکستان تحريکِ انصاف
लोकवाद
इस्लामी लोकतन्त्र
कल्याणवाद
नागरिक राष्ट्रवाद
इमरान खान ३१.८२%
११६ / २७२
१४९ / ३४२
पिएमएल(नुन) पाकिस्तान मुस्लिम लिग (नुन)
پاکستان مسلم لیگ (نواز)
रूढिवाद
आर्थिक उदारवाद
सङ्घीयता
नवाज शरिफ २४.३५%
६४ / २७२
८२ / ३४२
पिपिपी पाकिस्तान पिपुल्स पार्टी
پاکستان پیپلز پارٹی
सामाजिक लोकतन्त्र
इस्लामी लोकतन्त्र
प्रगतिवाद
थर्ड वे
बिलवाल भुट्टो जरदारी १३.०३%
४३ / २७२
५८ / ३४२
जेयुआई-एफ जमियत उलेमाये इस्लाम
جمیعت علماءِ اسلام (ف)
इस्लामवाद
रूढिवाद
फजल उर रहमान ४.८५%
११ / २७२
१४ / ३४२
जेआई जमाते इस्लामी पाकिस्तान
جماعت اسلامی پاکستان
इस्लामवाद
इस्लामी पुनरुत्थानवाद
सामाजिक रूढिवाद
सिराज उल हक
१ / २७२
१ / ३४२
एमक्युएम मुत्ताहिदा कौमी मुभमेन्ट
متحدہ قومی موومنٹ(پاکستان)
उदारवाद
सामाजिक उदारवाद
सामाजिक लोकतन्त्र
मुहजिर राष्ट्रवाद
धर्मनिरपेक्ष
खलिद मकबूल सिद्दिकी १.३८%
६ / २७२
७ / ३४२
टिएलपी तहरिके लब्बैक पाकिस्तान
تحریک لبیک پاکستان
इस्लामवाद साद हुसेन रिज्वी ४.२१%
० / २७२
० / ३४२
जिडिए ग्रान्ड डेमोक्रेटिक एलायन्स
گرینڈ ڈیموکریٹک الائنس
क्षेत्रीयता सिब्गतुल्लाह शाह रस्दी २.३७%
२ / २७२
३ / ३४२
एएनपी अवामी नेसनल पार्टी
عوامی نيشنل پارٹی
पस्तुन राष्ट्रवाद
लोकतान्त्रिक र समाजवाद
धर्मनिरपेक्ष
असफन्दियार वाली खान १.५४%
१ / २७२
१ / ३४२
पिएमएल(क्यु) पाकिस्तान मुस्लिम लिग (कायदे अजम)
پاکستان مسلم لیگ(قائد اعظم)
रूढिवाद
पाकिस्तानी राष्ट्रवाद
शुजात हुसेन ०.९७%
४ / २७२
५ / ३४२
बिएपी बलुचिस्तान अवामी पार्टी
بلوچستان عوامی پارٹی
सङ्घीयता
इस्लामी लोकतन्त्र
खलिद हुसेन मग्सी ०.६०%
४ / २७२
५ / ३४२
बिएनपी(एम) बलुचिस्तान नेसनल पार्टी (मेङ्गल)
بلوچستان نيشنل پارٹی(مینگل)
बलुच राष्ट्रवाद
लोकतान्त्रिक समाजवाद
धर्मनिरपेक्ष
अख्तर मेङ्गल ०.४५%
३ / २७२
४ / ३४२
एएलएल अवामी मुस्लिम लिग पाकिस्तान
عوامی مسلم لیگ پاکستان
इस्लामवाद
लोकवाद
शेख रसीद अहमद ०.२२%
१ / २७२
१ / ३४२
जेडब्ल्युपी जमहुरी वतन पार्टी
جمہوری وطن پارٹی
बलुच राष्ट्रवाद शाहजैन बुग्टी ०.०४%
१ / २७२
१ / ३४२

नतिजा[सम्पादन गर्नुहोस्]

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा गरेको
  2. पिटिआई: ३१.८२%, १४९ सिट
  3. स्वतन्त्र राजनीतिज्ञको रूपमा प्रतिस्पर्धा गर्दै

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ECP decreases NA seats to 336 in preliminary delimitation of constituencies GEO TV, 31 May 2022
  2. "PM vows to defeat the 'corrupt'", The Express Tribune (अङ्ग्रेजीमा), २०२१-०४-२५, अन्तिम पहुँच २०२१-०४-२७