पाकिस्तान मुस्लिम लिग (कायद)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तान मुस्लिम लिग (कायद)

پاکستان مسلم لیگ(ق)
नेताशुजात हुसेन
अध्यक्षशुजात हुसेन
महासचिवतरिक बाशीर चीमा
संस्थापकहरूमियाँ मोहम्मद अजहर
शुजात हुसेन
स्थापना२० जुलाई २००२ (2002-07-20)
टुक्रिएकोपाकिस्तान मुस्लिम लिग (नवाज)
युवा सङ्गठनपाकिस्तान मुस्लिम लिग-कायद युवा सङ्गठन [१]
विचारधाराउदारवादी रूढिवाद
रूढिवाद (पाकिस्तानी)[२]
पाकिस्तानी राष्ट्रियतावाद
राजनीतिक स्थानमध्य-दक्षिणपन्थ[३]
राष्ट्रिय सम्बद्धतापाकिस्तानी लोकतान्त्रिक आन्दोलन
रङहरू
नाराबाँच, बाँच्न देऊ... आशाहीनहरूलाई आशा दिनु।"
महासभा
१ / १००
राष्ट्रिय सभा सभा खारेज
पञ्जाब प्रदेश सभासभा खारेज
खैबर पख्तुनख्वा प्रदेश सभासभा खारेज
निर्वाचन चिह्न
ट्र्याक्टर[४]
राजनीतिक दलको झन्डा
वेबसाइट
आधिकारिक वेबसाइट

पाकिस्तान मुस्लिम लिग (कायद) पाकिस्तानको एक राजनीतिक दल हो। सन् २०१८ को संसदीय निर्वाचनमा यसको प्रतिनिधित्व ५ सिट रहेको छ। यसले सन् २०१३ मा पञ्जाब र बलुचिस्तान प्रदेशमा पाकिस्तान पिपुल्स पार्टीसँग मिलेर आफ्नो प्रतिद्वन्द्वी पाकिस्तान मुस्लिम लिग (नवाज) विरुद्ध संयुक्त चुनावी अभियानको नेतृत्व गरेको थियो।

यसको नेतृत्व र सदस्यहरू कुनै समय पूर्व प्रधानमन्त्री नवाज सरिफको अध्यक्षतामा पाकिस्तान मुस्लिम लिग (नवाज) को अंश थिए। सन् १९९७ को आम निर्वाचनपछि राजनीतिक मतभेद उत्पन्न भएको थियो जसले अन्ततः पार्टीभित्र एउटा गुटको निर्माण गरेको थियो। चौधरी शुजात हुसेनको नेतृत्वमा विद्रोहीहरूले सन् १९९९ मा तत्कालीन सेनाप्रमुख तथा संयुक्त सैन्य समितिका अध्यक्ष जनरल परवेज मुशर्रफको नेतृत्वमा भएको सैन्य 'कू'को सशक्त र मुखर समर्थनको आह्वान गरेका थिए। सन् २००२ मा विद्रोही नेताहरूले राष्ट्रपति परवेज मुशर्रफको सरकारमा केन्द्रित रहेर पार्टी स्थापना गरेका थिए। पछि यो मुशर्रफको सरकारको अभिन्न अङ्ग बनेको थियो र उनीहरूले आफ्नै प्रधानमन्त्री शौकत अजीजलाई नियुक्त गरेका थिए।

असन्तुष्ट नेता शुजात हुसेनलाई पार्टी अध्यक्ष नियुक्त गरिएको थियो र पार्टीको ध्यान पाकिस्तान मुस्लिम लिग (नवाज)का मतदाताहरूलाई आकर्षित गर्नमा केन्द्रित भएको थियो। थप फाइदा मुशर्रफले लिएका थिए, जसले सरकारलाई विशेष समर्थन गर्ने र शरिफको जनसमर्थन कम गर्ने लक्ष्यका साथ पार्टीलाई अवसर प्रदान गरेका थिए।

सन् २००८ को चुनावपछि सबैभन्दा ठूलो विपक्षी दलको रूपमा पाकिस्तान मुस्लिम लिग-नवाजको उदयले यसको प्रभावको उल्लेखनीय रूपमा खस्किएको थियो।[५] त्यसपछि पार्टीलाई धेरै धक्का लागेको थियो जब पाकिस्तान मुस्लिम लिग-नवाजसँग घनिष्ठ सम्बन्धको साथ एक अलग गठबन्धन गठन गरेपछि यसको सदस्यता विघटन हुन थालेको थियो, जसमा पाकिस्तान पिपुल्स मुस्लिम लिग र अवामी मुस्लिम लिगको गुट र दोस्रो, पूर्व राष्ट्रपतिको गुट समावेश थियो।[५] वरिष्ठ सदस्यहरू पाकिस्तान मुस्लिम लिग (नवाज) सामेल भएका थिए, जबकि कनिष्ठ नेतृत्व पाकिस्तान तहरिके इन्साफमा मा सामेल भएको थियो।[५]

सेप्टेम्बर २०१० मा, दलले पाकिस्तान मुस्लिम लीग (पीर पगारा)को गठन गर्दै समान वैचारिक गुट, पाकिस्तान मुस्लिम लिग (फङ्सनल)मा सामेल भएको थियो, तर यो अल्पकालिक थियो। मे २०११ मा पार्टी यूसुफ रजा गिलानी नेतृत्वको सरकारमा सामेल भएको थियो।[६][७] यद्यपि, पार्टीले पाकिस्तान पिपुल्स पार्टीले ऊर्जा सङ्कट समाधान गर्न असफल भएको कारण देखाउँदै संसदबाट राजीनामा दिने घोषणा गरेको थियो, जसको प्रत्यक्ष असर सङ्घीय सरकारमा परेको थियो। १५ जुन २०१२ मा इन्धनको मूल्यमा राहत दिएर स्थितिमा सुधार गरिएको थियो।[८]

नेतृत्व[सम्पादन गर्नुहोस्]

सन् २०२१ मा, चौधरी शुजात हुसेन दलको अध्यक्षको रूपमा रहेका थिए। उनी सन् २०२२ सम्म निर्विरोध निर्वाचित भएका थिए।[९]

दलका प्रमुख नेताहरू निम्नानुसार छन्:

नाम पद
चौधरी शुजात हुसेन अध्यक्ष[१०]
चौधरी मोहम्मद सरवार अध्यक्ष पञ्जाब[११]
तरिक बाशिर चीमा महासचिव
चौधरी सालिक हुसेन वरिष्ठ उपाध्यक्ष

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभा निर्वाचनहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभा
निर्वाचन दलको नेता मत % सिट +/–
२००२ जफरुल्लाह खान जमाली ७,५००,७९७ २५.७%
१४२ / ३४२
वृद्धि १४२
सन् २००८ चौधरी शुजात हुसेन ८,००७,२१२ २३.१३%
६० / ३४१
ह्रास ७८
२०१३ चौधरी शुजात हुसेन १,४०९,९०५ ३.११%
२ / ३४२
ह्रास ५८
सन् २०१८ चौधरी शुजात हुसेन ५१७,४०८ ०.९७%
५ / ३४२
वृद्धि


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "PML-Q to distribute face masks", The News International (newspaper), २७ जुलाई २०२०, अन्तिम पहुँच २ मार्च २०२२ 
  2. "Pakistan's political parties explained", CNN, १८ फेब्रुअरी २००८। 
  3. "Explainer: Pakistan's main political parties", Al Jazeera, ६ मे २०१३। 
  4. Khan, Iftikhar A. (२०२४-०१-१०), "ECP sends poll symbols of 145 parties to returning officers", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०१-१० 
  5. ५.० ५.१ ५.२ Bukhari, Irfan (२५ मार्च २०११), "PML-Q: Musharraf's brainchild fractured, failing", Pakistan Today, अन्तिम पहुँच १८ मार्च २०१२ 
  6. "PML-Q announces merger with PML-F", Dawn (Pakistan), १८ सेप्टेम्बर २०१०, मूलबाट १८ सेप्टेम्बर २०१०-मा सङ्ग्रहित। 
  7. "Chaudhrys in new League with Pir Pagara", The Express Tribune, १९ सेप्टेम्बर २०१०। 
  8. "New life for govt; MQM & PML-Q announce return to coalition", PakTribune, ६ अक्टोबर २०११। 
  9. "Ch Shujaat Hussain elected PML-Q president unopposed", The News International (newspaper), १७ जनवरी २०२१, अन्तिम पहुँच १८ अक्टोबर २०२१ 
  10. Khan, Iftikhar A. (२०२३-०५-०५), "ECP declares Shujaat PML-Q president", Dawn (अङ्ग्रेजीमा), Pakistan, अन्तिम पहुँच २०२३-०९-१२ 
  11. "PML-Q to contest election independently: Chaudhry Sarwar", geo.tv (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]