परवेज मुसर्रफ
परवेज मुसर्रफ پرویز مشرف | |
|---|---|
सन् २००४ नोभेम्बरमा मुसर्रफ | |
| पाकिस्तानका १०औँ राष्ट्रपति | |
| कार्यकाल २० जुन २००१ – १८ अक्टोबर २००८ | |
| प्रधानमन्त्री | जफरुल्लाह खान जमाली चौधरी सुजात हुसेन सौकत अजिज मुहम्मद मिया सुमरो युसुफ रजा गिलानी |
| पूर्वाधिकारी | मोहम्मद रफिक तरार |
| उतराधिकारी | मुहम्मद मिया सुमरो (पदासीन) |
| पाकिस्तानको सैन्य कानून प्रशासक प्रमुख | |
| कार्यकाल १२ अक्टोबर १९९९ – २१ नोभेम्बर २००२ | |
| राष्ट्रपति | मुहम्मद रफिक तरार |
| पूर्वाधिकारी | नवाज सरिफ (प्रधानमन्त्री) |
| उतराधिकारी | जफरुल्लाह खान जमाली (प्रधानमन्त्री) |
| रक्षामन्त्री | |
| कार्यकाल १२ अक्टोबर १९९९ – २३ अक्टोबर २००२ | |
| पूर्वाधिकारी | नवाज सरिफ |
| उतराधिकारी | राओ सिकन्दर इकबाल |
| सेना प्रमुख | |
| कार्यकाल ६ अक्टोबर १९९८ – २८ नोभेम्बर २००७ | |
| पूर्वाधिकारी | जहाँगीर करामत |
| उतराधिकारी | अस्फक परवेज कायानी |
| संयुक्त प्रमुख सहकारी समितिको अध्यक्ष | |
| कार्यकाल ८ अक्टोबर १९९८ – ७ अक्टोबर २००१ | |
| पूर्वाधिकारी | जहाँगीर करामत |
| उतराधिकारी | अजिज खान |
| व्यक्तिगत विवरण | |
| जन्म | ११ अगस्ट १९४३ दिल्ली, ब्रिटिस राज (वर्तमान भारत) |
| मृत्यु | ५ फेब्रुअरी २०२३ (उमेर ७९) दुबई, संयुक्त अरब इमिरेट्स |
| राजनीतिक दल | पाकिस्तान मुस्लिम लिग (कायद) (सन् २०१० पूर्व) अल पाकिस्तान मुस्लिम (सन् २०१० पछि) |
| जीवनसाथी | सेहबा |
| सन्तान | आयला बेलाफफ |
| मातृ शिक्षाप्रतिष्ठान | फरमान इसाई कलेज, लाहोर पाकिस्तान सैनिक शिक्षालय कमान्ड एन्ड स्टाफ कलेज, पाकिस्तान नेसनल डिफेन्स विश्वविद्यालय रोयल कलेज अफ डिफेन्स स्टडिज, बेलायत |
| पुरस्कार | |
| उपनाम(हरू) | "काउब्वाई", "मुस", "पल्लु" [१] |
| सैन्य सेवा | |
| निष्ठा | |
| शाखा/सेवा | |
| सेवाको वर्षहरू | सन् १९८१-२००७ |
| श्रेणी | |
| एकाइ | गोलन्दाज पल्टन, पाकिस्तानी सेना |
| आदेशहरू | प्रथम फौज बाह्रौँ फौज विशेष सेवा समूह महानिर्देशक, सैन्य सञ्चालन विभाग, रावलपिन्डी सेनासदर ४०औँ पैदल सेना विभाग |
| लडाई/युद्धहरू | दोस्रो भारत-पाकिस्तान युद्ध तेस्रो भारत-पाकिस्तान युद्ध सियाचिन द्वन्द्व कारगिल युद्ध अफगानी गृह युद्ध, सन् १९९६-२००१ सन् १९९९ को सैन्य विद्रोह भारत-पाकिस्तान सीमा विवाद, सन् २००१-२००२ उत्तर-पश्चिम पाकिस्तानमा युद्ध |
परवेज मुशर्रफ (उर्दु: پرویز مشرف; जन्म: ११ अगस्ट १९४३ - ५ फेब्रुअरी २०२३) पाकिस्तानका पूर्वराष्ट्रपति तथा सेनाप्रमुख थिए। तत्कालीन सेना अध्यक्ष मुशर्रफले सन् १९९९ अक्टोबर १२ का दिन प्रधानमन्त्री नवाज सरिफको सरकारमाथि सैन्य कू गरेका थिए।
प्रमुख कार्यकारी
[सम्पादन गर्नुहोस्]१९९९ कु
[सम्पादन गर्नुहोस्]१९९९ अक्टोबरमा, मुसर्रफ श्रिलङ्का सेनाको ५० औं बार्षिकोत्सबमा सहभागी हुन एक हप्ताको श्रीलंका भ्रमणमा प्रस्थान गरे। [२] जब परवेज मुशर्रफ कोलम्बो भ्रमणबाट फर्कदै थिए, प्रधानमन्त्री कार्यालयको आदेशमा उनको उडानलाई कराँची अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति दिन अस्वीकार गरिएको थियो।[३] नवाज सरिफले मुसर्रफलाई सैनिक नेतृत्वबाट हटाएर ख्वाजा जियाउद्दिनलाई सेना प्रमुख बनाए। दुई बर्ष भन्दा कम समयमा सेना प्रमुख परिवर्तन गरेको यो तेस्रो घटना थियो। [३] यो घोषणा पछि, स्थानीय सैन्य कमाण्डरहरूले नजिकैको रावलपिंडीबाट इस्लामाबादतिर सेना परिचालन गर्न थाले।.[२][३] सेनाले शरीफलाई घरमै नजरबन्दमा राख्यो,,[४] तर अन्तिम प्रयासमा शरीफले निजी रूपमा कराँची एयर ट्राफिक कन्ट्रोलरलाई मुशर्रफको उडान भारततर्फ निर्देशित गर्न आदेश दिए।[५][३] कराँचीका सैनिकहरूले विमानस्थल कन्ट्रोल टावर घेरेपछि योजना सफल हुन सकेन।[३][६] १३ अक्टोबर बिहान २:५० बजे,,[४] मुशर्रफले रेकर्ड गरिएको सन्देशसहित राष्ट्रलाई सम्बोधन गरे।[३]
पहिलो दिन
[सम्पादन गर्नुहोस्]सरिफ को निर्वासन
[सम्पादन गर्नुहोस्]संवैधानिक परिवर्तन
[सम्पादन गर्नुहोस्]मुसर्रफले सत्ता आफ्नो हातमा लिएको केही समयपछि, मुसर्रफले न्यायाधीशहरूको शपथ आदेश नम्बर २००० जारी गरे, जसमा न्यायाधीशहरूले पदको नयाँ शपथ लिनुपर्ने प्रावधान थियो। [७] १२ मे २००० मा, सर्वोच्च अदालतले मुसर्रफलाई १२ अक्टोबर २००२ सम्ममा राष्ट्रिय चुनाव गर्न आदेश दियो।[८] राष्ट्रपति रफिक तरारको राजीनामा पछि, मुशर्रफले २० जुन २००१ मा औपचारिक रूपमा आफूलाई राष्ट्रपति नियुक्त गरे।[९] अगस्ट २००२ मा, उनले क कानुन(Legal Framework Order No. 2002) गरे, जसले संविधानमा धेरै संशोधन गर्यो। [१०]
२००२ को आम निर्वाचन
[सम्पादन गर्नुहोस्]पाकिस्तानी सर्वोच्च अदालतको फैसला पछि मुसर्रफले देशमा राष्ट्रव्यापी राजनीतिक चुनावको आह्वान गरे। [११] मुशर्रफ सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र स्वतन्त्र र निष्पक्ष चुनाव गर्ने पहिलो सैन्य राष्ट्रपति थिए। यो चुनाव देशमा लोकतान्त्रिक शासन फिर्ता गर्ने उनको दृष्टिकोणको एक भाग थियो। [११] अक्टोबर २००२ मा, पाकिस्तानमा आम निर्वाचन भयो, जसमा मुशर्रफ समर्थक पीएमएल-क्यूले व्यापक अन्तरले जित्यो, यद्यपि यो पूर्ण बहुमत प्राप्त गर्न असफल भएको थियो। पीएमएल-क्यूले अति-दक्षिणपन्थी धार्मिक दलहरूको गठबन्धन, (एमएमए) र उदारवादी (एमक्यूएम)सँग मिलेर सरकार गठन गर्यो; गठबन्धनले मुशर्रफको शासनलाई वैधानिकता दियो।[११]
राष्ट्रपति काल
[सम्पादन गर्नुहोस्]आतंकवाद विरोधी युद्धमा समर्थन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://fact.com.pk/archives/april/feng/mush.htm
- 1 2 "Under the Gun" अभिलेखिकरण १८ अक्टोबर २०११ वेब्याक मेसिन टाइम (२५ अक्टोबर १९९९).
- 1 2 3 4 5 6 "How the 1999 Pakistan Coup Unfolded" अभिलेखिकरण २९ जनवरी २०१२ वेब्याक मेसिन. बिबिसी न्युज (२३ अगस्ट २००७).
- 1 2 Dugger, Celia W. "Coup in Pakistan: The Overview" अभिलेखिकरण ६ मार्च २०१६ वेब्याक मेसिन.'द न्यु योर्क टाइम्स (13 October 1999)
- ↑ Weiner, Tim. "Countdown to Pakistan's Coup: A Duel of Nerves in the Air", The New York Times अभिलेखिकरण ६ मार्च २०१६ वेब्याक मेसिन (17 October 1999).
- ↑ Dugger, Celia W., and Raja Zulfikar. "Pakistan Military Completes Seizure of All Authority" अभिलेखिकरण १२ अगस्ट २०१७ वेब्याक मेसिन. द न्यु योर्क टाइम्स (१५ अक्टोबर १९९९)
- ↑ अजीम, मुहम्मद (२ जुलाई २०१७), Law, State and Inequality in Pakistan: Explaining the Rise of the Judiciary (अङ्ग्रेजीमा), Springer, पृ: 220, आइएसबिएन 978-981-10-3845-7, मूलबाट ५ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- ↑ मुम्ताज, खावर; मिठा, यमीमा; Tahira, Bilquis (२००३), Pakistan: Tradition and Change (अङ्ग्रेजीमा), Oxfam, पृ: 61, आइएसबिएन 978-0-85598-496-0।
- ↑ Rieck, Andreas (१५ जनवरी २०१६), The Shias of Pakistan: An Assertive and Beleaguered Minority (अङ्ग्रेजीमा), अक्सफोर्ड युनिभर्सिटी प्रेस, पृ: 275, आइएसबिएन 978-0-19-061348-8, मूलबाट ५ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- ↑ Neudorf, Lorne (२२ फेब्रुअरी २०१७), The Dynamics of Judicial Independence: A Comparative Study of Courts in Malaysia and Pakistan (अङ्ग्रेजीमा), Springer, पृ: 181, आइएसबिएन 978-3-319-49884-3, मूलबाट ५ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- 1 2 3 मुसर्रफ, परवेज (२५ सेप्टेम्बर २००६), In the Line of Fire: A Memoir (1 संस्करण), पाकिस्तान: फ्रि प्रेस, पृ: ४०–६०, आइएसबिएन 074-3283449, अन्तिम पहुँच १७ मे २०१२।