सामग्रीमा जानुहोस्

पाकिस्तान तहरिके इन्साफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तान तहरिके इन्साफ

پاکستان تحريکِ انصاف
न्यायको लागि पाकिस्तान आन्दोलन
छोटो रूपपिटिआई
अध्यक्षपरवेज इलाही
सभापतिगोहर अली खान
महासचिवसलमान अकरम राजा[]
प्रवक्ताशेख वाकस अकरम
उपाध्यक्षशाह मोहम्मद कुरैशी[]
महासभाको नेताशिब्ली फराज
राष्ट्रिय सभाको नेताओमार अयुब खान
संस्थापकइमरान खान
स्थापना२५ अप्रिल १९९६
(२९ वर्ष पहिले)
 (१९९६-०४-25)
प्रमुख कार्यालयसेक्टर जि-६/४
इस्लामाबाद-४४०००, इस्लामाबाद राजधानी क्षेत्र
विद्यार्थी सङ्गठनइन्साफ विद्याथी महासङ्घ
युवा सङ्गठनइन्साफ युवा सङ्गठन[]
महिला सङ्गठनइन्साफ महिला सङ्गठन
अनुसन्धान सङ्गठनइन्साफ अनुसन्धान सङ्गठन
सक्रिय सदस्य (सन् २०१२)१ करोड[]
विचारधारा
राजनीतिक स्थानकेन्द्र[१५] देखि मध्य-दक्षिणपन्थ[१९]
रङहरू    
नाराप्रणाली परिवर्तन गर्नुहोस्—पाकिस्तान परिवर्तन गर्नुहोस् (अनुवादित)[२०]
महासभा
१७ / १००
राष्ट्रिय सभा
० / ३३६
[२१]
पञ्जाब प्रदेश सभा
२९ / ३७१
सिन्ध प्रदेश सभा
६ / १६८
खैबर पख्तुनख्वा प्रदेश सभा
५८ / १४५
बलुचिस्तान प्रदेश सभा
० / ६५
गिल्गित बल्तिस्तान प्रदेश सभा
२१ / ३३
आजाद कश्मीर प्रदेश सभा
३१ / ५३
राजनीतिक दलको झन्डा
वेबसाइट
www.insaf.pk

पाकिस्तान तहरिके इन्साफ,उर्दु: پاکستان تحريکِ انصاف (अनुवाद:न्यायका लागि पाकिस्तान आन्दोलन) पाकिस्तानको एक राजनीतिक दल हो। यसको स्थापना सन् १९९६ मा पाकिस्तानी क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका इमरान खानले गरेका थिए, जसले सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए।[२२] दल पाकिस्तान मुस्लिम लिग (नवाज)पाकिस्तान पिपुल्स पार्टीसँगै तीन प्रमुख पाकिस्तानी राजनीतिक दलमध्ये एक हो। सन् २०१८ को आम निर्वाचनपछि पाकिस्तानको राष्ट्रिय सभामा प्रतिनिधित्वको हिसाबले यो सबैभन्दा ठूलो दल थियो। पाकिस्तान र विदेशमा १ करोड भन्दा बढी सदस्यहरूको साथ, यो प्राथमिक सदस्यताको आधारमा देशको सबैभन्दा ठूलो राजनीतिक दल हुनुका साथै विश्वको सबैभन्दा ठूलो राजनीतिक दलहरू मध्ये एक भएको दाबी गर्दछ। [२३]

पाकिस्तानमा खानको लोकप्रिय व्यक्तित्वको बावजुद, दलको प्रारम्भिक सफलता सीमित थियो।[२४] यसले सन् १९९७ को आम निर्वाचन र सन् २००२ को आम निर्वाचनमा सामूहिक रूपमा एक सिट समेत जित्न असफल भएको थियो जहाँ खान पनि निर्वाचनमा पराजित बनेका थिए। सन् २००० को दशकभरि दल राष्ट्रपति परवेज मुशर्रफको विपक्षमा रहेको थियो। जसले सन् १९९९ को 'कू' पछि पाकिस्तान मुस्लिम लिग–कायद अन्तर्गत सैन्य सरकारको नेतृत्व गरेका थिए। दलले सन् २००८ को आम निर्वाचनलाई पनि बहिष्कार गरेको थियो र मुशर्रफको शासनकालमा धाँधलीपूर्ण प्रक्रिया अपनाएको आरोप लगाएको थियो। मुशर्रफको समयमा "तेस्रो मार्ग"को विश्वव्यापी लोकप्रियताले मध्य-बायाँ पाकिस्तान पिपुल्स पार्टी र मध्य-दक्षिणपन्थी पाकिस्तान मुस्लिम लिग-नवाजको परम्परागत प्रभुत्वबाट विचलित हुँदै केन्द्रवादमा केन्द्रित नयाँ पाकिस्तानी राजनीतिक समूहको उदय भएको थियो। मुशर्रफको राष्ट्रपतित्वपछि जब पाकिस्तान मुस्लिम लिग–कायदको पतन हुन थाल्यो, यसको मध्यमार्गी मतदाता पाकिस्तान तहरिके इन्साफमा आकर्षित बनेका थिए। सन् २०१२ मा यूसुफ रजा गिलानीलाई अयोग्य घोषित गरिएपछि पाकिस्तान पिपुल्स पार्टीको लोकप्रियता विशेष गरी पञ्जाब र खैबर पख्तुनख्वा प्रदेशहरूमा लोकप्रियतावादको दृष्टिकोणको कारण घट्न थाल्यो। त्यसैबीच, यस दलले धेरै पूर्व पाकिस्तान पिपुल्स पार्टीका मतदाताहरूलाई मतदान गर्न अपील गरेको थियो।

सन् २०१३ को आम चुनावमा पाकिस्तान तहरिके इन्साफ ७५ लाख भन्दा बढी मतका साथ प्रमुख दलको रुपमा उदाएको थियो र मत सङ्ख्याको आधारमा दोस्रो र प्राप्त सिट सङ्ख्याको आधारमा तेस्रो स्थानमा रहेको थियो। प्रादेशिक स्तरमा, यो खैबर पख्तुनख्वामा सत्तामा आएको थियो। विपक्षमा रहँदा दलले तब्देली अरही है (अनुवाद: परिवर्तन आउँदै छ) जस्ता लोकप्रिय नाराहरूको सहायताले विभिन्न राष्ट्रिय मुद्दा र सार्वजनिक सङ्कटको विरोधमा र्‍यालीहरूमा मानिसहरूलाई परिचालन गरेको थियो, जसमध्ये सबैभन्दा उल्लेखनीय सन् २०१४ को स्वतन्त्रता सङ्ग्राम थियो।[२५] सन् २०१८ को आम निर्वाचनमा, यसले १.६९ करोड मत प्राप्त गरेको थियो जुन पाकिस्तानको कुनै पनि राजनीतिक दलका लागि अहिलेसम्मको सबैभन्दा ठूलो मत हो। त्यसपछि दलले पहिलो पटक अन्य पाँच दलसँग मिलेर राष्ट्रिय सरकार गठन गरेको थियो, जसमा खान नयाँ पाकिस्तानी प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। यद्यपि, अप्रिल २०२२ मा, खानविरुद्ध परेको अविश्वासको प्रस्तावले गर्दा उनी र उनको दल सत्ताबाट बाहिरिनु परेको थियो। हाल यस दलले खैबर पख्तुनख्वापञ्जाबमा प्रान्तीय स्तरमा शासन गरिरहेको छ र सिन्धमा सबैभन्दा ठूलो विपक्षी दलको रूपमा काम गरेको छ, जबकि यसले बलुचिस्तानमा पनि महत्त्वपूर्ण प्रतिनिधित्व गर्दछ।[२६][२७]

आधिकारिक रूपमा, पाकिस्तान तहरिके इन्साफले उसको ध्यान इस्लामी समाजवादलाई समर्थन गर्दै एक नमूना कल्याणकारी राज्यमा बदल्नेमा केन्द्रित रहने बताएको छ।[][२८] पाकिस्तानी अल्पसङ्ख्यकहरू विरुद्ध धार्मिक भेदभावलाई पनि समाप्त गर्ने लक्ष्य लिएको छ।[२९][] यस दललाई आफूलाई समतावादमा केन्द्रित इस्लामी प्रजातन्त्रको वकालत गर्ने यथास्थितिविरोधी आन्दोलनको संज्ञा दिइएको छ। सन् २०१९ देखि, विभिन्न आर्थिक र राजनीतिक मुद्दाहरू, विशेष गरी पाकिस्तानी अर्थव्यवस्थालाई सम्बोधन गर्न असफल भएको र राजनीतिक विरोधीहरू र विश्लेषकहरूले समान रूपमा पार्टीको आलोचना गर्दै आएका छन्, जुन कोभिड-१९ महामारीको परिपेक्षमा थप कमजोर भएको थियो।[१०][२८][३०] यद्यपि, महामारीको पछिल्लो चरणमा देशको आर्थिक पुनरुत्थानको नेतृत्व गरेकोमा खान र उनको दललाई पछि प्रशंसा गरिएको थियो।[३१] सत्तामा रहेको समयमा, पार्टीले पाकिस्तानी विपक्षीहरू माथिको दमनको साथसाथै पाकिस्तानी सञ्चार माध्यमहरू र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्धको माध्यमबाट बढ्दो सेन्सरसिपको नियमनको लागि प्रतिक्रियाको सामना गर्नुपरेको थियो।[३२][३३][३४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Salman Akram Raja appointed PTI's new secretary general", Samaa TV (अङ्ग्रेजीमा), १४ सेप्टेम्बर २०२४, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२४
  2. "Why Imran Khan, Shah Mahmood Qureshi remain in jail despite relief in cipher case?", The News International, ५ जुन २०२४, अन्तिम पहुँच ६ जुन २०२४, "..The PTI founder and the party's vice-chairman were sent.."
  3. "Lahore braces for PTI 'tsunami'", The Express Tribune (newspaper), २१ अप्रिल २०२२, मूलबाट ८ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२२
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; 10 million नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. Waldman, Peter (२ डिसेम्बर १९९६), "Imran Khan Bowls Them Over With Populist Pakistani Pitch", The Wall Street Journal, आइएसएसएन 0099-9660, मूलबाट १८ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०२०
  6. 1 2 "PTI foundation day: PM recalls mission to make country a welfare state", The Express Tribune, २५ अप्रिल २०२०।
  7. 1 2 "PTI to protect rights of minorities: Imran", Geo News, १४ डिसेम्बर २०११, मूलबाट २६ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०२१
  8. 1 2 "Everyone is equal, state has no religion: Imran Khan", Dunya News, १६ अप्रिल २०१५, मूलबाट २८ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मार्च २०१६
  9. [][]
  10. 1 2 Khan, Sidrah Moiz (२७ जुन २०१२), "'Pakistan's creation pointless if it fails to become Islamic welfare state'", The Express Tribune
  11. "Imran Khan's PTI: The New Face of Liberal Nationalism", Countercurrents.org, २५ सेप्टेम्बर २०१७, मूलबाट २७ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०२०
  12. [][११]
  13. "PTI govt's vision to turn Pakistan into a welfare state, says PM Imran Khan", मूलबाट २१ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०२१
  14. "An egalitarian society inspired by 'Madina Ki Riyasat'", Tribune.com.pk, २०१९-०१-०२, मूलबाट १ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-२५
  15. [१३][१४]
  16. "Pakistan elections 2018: The major political parties", मूलबाट ३० अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०२४
  17. "The Assassination Attempt on Former Prime Minister Imran Khan Could Push Pakistan to the Brink", ४ नोभेम्बर २०२२, मूलबाट ८ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०२४ अभिलेखिकरण ८ मार्च २०२४ वेब्याक मेसिन
  18. "Can Pakistan afford to hold general elections?", मूलबाट ८ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मार्च २०२४
  19. [१६][१७][१८]
  20. "PTI gears up for polls with new slogan", Dawn (newspaper), १३ डिसेम्बर २०२३, मूलबाट २७ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२४
  21. "National Assembly of Pakistan: Members", पाकिस्तानको राष्ट्रिय सभा, २० अक्टोबर २०२४, मूलबाट ४ अक्टोबर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २०२४
  22. "The Pathan Suits", magazine.outlookindia.com/, ४ फेब्रुअरी २०२२। अभिलेखिकरण २७ मार्च २०१९ वेब्याक मेसिन
  23. Malik, Mansoor (३१ अक्टोबर २०१२), "PTI marks 'Revolution Day'", Dawn
  24. "The End of Ideology", Newsweek Pakistan, १७ अगस्ट २०१५।
  25. "Ahead of march against Nawaz Sharif, Pakistan bans protest, rallies in Islamabad for two months", Firstpost, २०१६-१०-२७, अन्तिम पहुँच २०२०-०५-११
  26. "Voting positions: PTI won more popular votes than PPP", The Express Tribune, २२ मे २०१३।
  27. "PTI — the new Left? – The Express Tribune", The Express Tribune, २८ मे २०१३।
  28. 1 2 Michaelsen, Marcus (२७ मार्च २०१२), "Pakistan's dream catcher", Qantara.de अभिलेखिकरण १० मे २०१२ वेब्याक मेसिन
  29. "PTI Ideology", PTI official, मूलबाट ११ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१६ अभिलेखिकरण ११ अप्रिल २०१८ वेब्याक मेसिन
  30. "Constitution of Pakistan Tahreek-e-Insaaf", PTI official, मूलबाट १२ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१७ अभिलेखिकरण १२ अप्रिल २०१८ वेब्याक मेसिन
  31. Malik, Samia (१३ अगस्ट २०१२), "Behind closed doors, PTI has faced intra-party woes", The Express Tribune
  32. Aamir, Adnan (२०१९-०७-१५), "Pakistan on the brink of civil dictatorship", The Interpreter, अन्तिम पहुँच २०२०-०५-११
  33. Hussain, Zahid (२०१९-०७-३१), "Perils of authoritarianism", The Dawn, अन्तिम पहुँच २०२०-०५-११
  34. Hussain, Zahid (२०१९-०८-०१), "After a year, Imran's PTI is authoritarian, not populist", Asian Age, अन्तिम पहुँच २०२०-०५-११

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]