बिलावल भुट्टो जरदारी
बिलावल भुट्टो जरदारी | |
|---|---|
| بلاول بھٹو زرداری | |
सन् २०२२ मा बिलावल | |
| पाकिस्तान पिपुल्स पार्टीको अध्यक्ष | |
| पदमा ३० डिसेम्बर २००७ | |
| राष्ट्रपति | आसिफ अली जरदारी |
| पूर्वाधिकारी | बेनजीर भुट्टो |
| ३७औँ परराष्ट्रमन्त्री | |
| पदमा २७ अप्रिल २०२२ – १० अगस्ट २०२३ | |
| राष्ट्रपति | आरिफ अल्वी |
| सहायक | हिना रब्बानी खर (परराष्ट्रमन्त्रीको रूपमा) |
| पूर्वाधिकारी | शाह मोहम्मद कुरैशी |
| उतराधिकारी | जलिल अब्बास गिलानी |
| राष्ट्रिय सभा सदस्य | |
| निर्वाचन क्षेत्र | रास-२०० लडकाना |
| बहुमत | ३४,२२६ (२२.४६%) |
| व्यक्तिगत विवरण | |
| जन्म | बिलावल भुट्टो जरदारी २१ सेप्टेम्बर १९८८ |
| दल | पाकिस्तान पिपुल्स पार्टी |
| आमाबुबा(हरू) | बेनजीर भुट्टो (आमा) आसिफ अली जरदारी (बुबा) |
| आफन्त | |
| मातृ शिक्षाप्रतिष्ठान | क्राइस्ट चर्च, अक्सफोर्ड |
| पेसा | राजनीतिज्ञ |
बिलावल भुट्टो जरदारी (उर्दु: بلاول بھٹو زرداری; सिन्धी: بلاول ڀٽو زرداري (जन्म: २१ सेप्टेम्बर १९८८) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले २७ अप्रिल २०२२ देखि १० अगस्ट २०२३ सम्म ३७ औँ परराष्ट्रमन्त्रीको रूपमा सेवा गरेका थिए। सन् २००७ मा आमाको हत्यापछि उनी पाकिस्तान पिपुल्स पार्टीको अध्यक्ष बनेका थिए। बिलावल पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीका छोरा तथा पूर्व राष्ट्रपति जुल्फिकार अली भुट्टोका नाति हुन्।[१] बिलावल १३ अगस्ट २०१८ देखि १० अगस्त २०२३ सम्म पाकिस्तानको राष्ट्रिय सभाका सदस्य थिए।[२]
प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि
[सम्पादन]
बिलावल भुट्टो जरदारीको जन्म २१ सेप्टेम्बर १९८८ मा पाकिस्तानको पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो र उनका पति पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीको कोखबाट कराची, सिन्धको लेडी डफरिन अस्पतालमा भएको थियो।[३] उनी पाकिस्तानका पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री जुल्फिकार अली भुट्टो र उनकी पत्नी नुसरत भुट्टोका नाति हुन्। उनका हजुरबुवा हकीम अली जरदारी एक राजनीतिज्ञ र पाकिस्तानको राष्ट्रिय सभाका सदस्य थिए। उनकी आमाको तर्फबाट, उनी राजनीतिज्ञहरू मुर्तजा भुट्टो र शाहनवाज भुट्टोका भतिजा हुन्, र उनका बुबाको पक्षबाट, उनका काकीहरू राजनीतिज्ञहरू क्रमशः अजरा पेचोहो र फरयाल तालपुर हुन्।[४] राजनीतिज्ञ घिन्वा भुट्टो विवाहद्वारा उनकी काकी हुन्। लेखिका फातिमा भुट्टो र सान फ्रान्सिस्कोका कलाकार जुल्फिकार अली भुट्टो जुनियर उनका मामाका काका हुन्।
उनी आफ्नो मातृपक्षबाट सिन्धी र कुर्द मुलका हुन् र उनको पैतृक मुल बलुची हुन्।[५]
प्रारम्भिक शिक्षाका लागि बिलावलले सन् १९९९ मा आफ्नी आमासँग दुबई निर्वासनमा जानुअघि कराचीको कराची ग्रामर स्कुल र इस्लामाबादको फ्रोबेल्स इन्टरनेसनल स्कूलमा अध्ययन गरेका थिए। दुबईमा, उनले रशिद स्कुुल अध्ययन गरेका थिए। थप अध्ययनको लागि, उनले आफ्नी आमा र आफ्नो हजुरबुबा दुवैको पदचिन्ह पछ्याएका थिए र अक्सफोर्ड विश्वविद्यालयमा आवेदन दिएका थिए जहाँ उनलाई क्राइस्ट चर्चमा आधुनिक इतिहास र राजनीति पढ्न स्वीकार गरिएको थियो। सन् २०१२ मा उनको स्नातक हासिल गरेका थिए र पछि वरिष्ठताद्वारा कला विज्ञमा पदोन्नति भएका थिए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Ayub, Imran (२०२२-०४-२८), "ANALYSIS: BILAWAL'S BIG BREAK", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०८-१०।
- ↑ "328 MNAs sworn in to 15th National Assembly", Dawn, १३ अगस्ट २०१८, अन्तिम पहुँच ५ डिसेम्बर २०१८।
- ↑ "Profile: Bilawal Zardari", BBC News, २८ जनवरी २०१४, अन्तिम पहुँच २ सेप्टेम्बर २०१७।
- ↑ "Bilawal Bhutto Zardari: Heir to a political dynasty", BBC News (en-GBमा), २०१८-०७-२५, अन्तिम पहुँच २०१९-०१-०१।
- ↑ "President grieved: Hakim Ali Zardari passes away", The Express Tribune, २५ मे २०११।
- ↑ Bilawal Bhutto graduates from Oxford with MA degree Dawn
बाह्य कडीहरू
[सम्पादन]