शहबाज शरिफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहबाज शरिफ
شہباز شریف
सन् २०२२ मा शहबाज
२३औँ पाकिस्तानको प्रधानमन्त्री
पद बहाली
३ मार्च २०२४[१]
राष्ट्रपतिआरिफ अल्वी
पूर्वाधिकारीअनवार उल हक काकर (कामचलाउ)
कार्यकाल
११ अप्रिल २०२२ – १३ अगस्ट २०२३
राष्ट्रपतिआरिफ अल्वी
पूर्वाधिकारीइमरान खान
उतराधिकारीअनवार उल हक काकर (कामचलाउ)
प्रतिपक्ष दलको नेता
कार्यकाल
२० अगस्ट २०१८ – १० अप्रिल २०२२
राष्ट्रपतिममनुन हुसेन
आरिफ अल्वी
पूर्वाधिकारीसैयद खुर्सेद अहमद शाह
उतराधिकारीराजा रियाज अहमद खान
पाकिस्तानको राष्ट्रिय सभाको सदस्य
पद बहाली
१३ अगस्ट २०१८
निर्वाचन क्षेत्ररास-१३२ (लाहोर-६)
१३औँ, १५औँ पञ्जाबको मुख्यमन्त्री
कार्यकाल
७ जुन २०१३ – ७ जुन २०१८
राज्य प्रमुखमोहम्मद सरवार
मलिक मोहम्मद रफीक राजवाना
पूर्वाधिकारीनजाम सेठी (कामचलाउ)
उतराधिकारीहसन अक्सारी रिज्वी (कमचलाउ)
कार्यकाल
३० मार्च २००९ – २६ मार्च २०१३
राज्य प्रमुखमखदूम महमद महमूद
लतिफ खोसा
सलमान तसीर
पूर्वाधिकारीप्रदेश प्रमुखको शासन
उतराधिकारीनजाम सेठी (कमचलाउ)
कार्यकाल
८ जुन २००८ – २५ फेब्रुअरी २००९
राज्य प्रमुखसलमान तसीर
राना मोहम्मद इक्बाल
लतिफ खोसा
सैयद अहमद महमूद
पूर्वाधिकारीदोस्त मोहम्मद खोसा
उतराधिकारीप्रदेश प्रमुखको शासन
कार्यकाल
२० फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९
राज्य प्रमुखशाहिद हमिद
जुल्फिकार अली खोसा
पूर्वाधिकारीमियाँ मोहम्मद अफजल हायात (कामचलाउ)
उतराधिकारीचौधरी परवेज इलाही (सन् २००२)
पाकिस्तान मुस्लिम लिग (नवाज)को अध्यक्ष
पद बहाली
१३ मार्च २०१८
पूर्वाधिकारीनवाज शरिफ
कार्यकाल
सन् २००९ – सन् २०११
पूर्वाधिकारीनिसार अली खान
उतराधिकारीनवाज शरिफ
व्यक्तिगत विवरण
जन्म (1951-09-23) २३ सेप्टेम्बर १९५१ (उमेर ७२)
लाहोर, पञ्जाब, पाकिस्तान
राष्ट्रियतापाकिस्तानी
राजनीतिक दलपाकिस्तान मुस्लिम लिग (नवाज)
जीवन साथीहरू
बेगम नुसरत
(
वि १९७३)
आलिया हनी
(
वि १९९३; सवि १९९४)
[२][३]
[३]
सन्तान(हरू)४, हम्जा शहबाज समावेश
अभिभावकs
आफन्तहरूनवाज शरिफ (दाइ)
हेर्नुहोस् शरिफ परिवार
शिक्षागभरमेन्ट कलेज विश्वविद्यालय (कलामा स्नातक)
हस्ताक्षर

मियाँ मोहम्मद शहबाज शरिफ (उर्दू: میاں محمد شہباز شریف[४] एक पाकिस्तानी राजनीतिज्ञ र व्यवसायी हुन् जो हाल मार्च २०२४ देखि पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रूपमा सेवा गरिरहेका छन्, उनले पहिले अप्रिल २०२२ देखि अगस्ट २०२३ सम्म यस पदमा सेवा गरेका थिए।[५][६][७] उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष हुन्। आफ्नो राजनीतिक जीवनमा उनले तीन पटक पञ्जाबको मुख्यमन्त्रीको रूपमा सेवा गरेका थिए, जसले उनलाई पञ्जाबको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री बनाएको थियो।[८]

शहबाज सन् १९८८ मा पञ्जाबको प्रदेश सभा र सन् १९९० मा पाकिस्तानको राष्ट्रिय सभामा निर्वाचित भएका थिए। उनी सन् १९९३ मा पञ्जाब प्रदेश सभामा पुनः निर्वाचित भएका थिए र विपक्षीको नेता चुनिएका थिए। उनी २० फेब्रुअरी १९९७ मा पहिलो पटक पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए। सन् १९९९ मा पाकिस्तानमा भएको 'कू' पछि शहबाज र उनको परिवारले साउदी अरबमा वर्षौँ सम्म आत्मनिर्वासन बिताएका थिए र सन् २००७ मा पाकिस्तान फर्केका थिए। सन् २००८ को पाकिस्तानको आम निर्वाचनमा पञ्जाब प्रदेशमा पाकिस्तान मुस्लिम लिग-नुनको विजयपछि शहबाज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका थिए। उनी सन् २०१३ को आम निर्वाचनमा तेस्रो पटक पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए र सन् २०१८ को आम चुनावमा आफ्नो पार्टीको हारसम्म आफ्नो कार्यकाल पूरा गरेका थिए। मुख्यमन्त्रीको रूपमा आफ्नो कार्यकालको दौडान, शहबाजले एक उच्च सक्षम र लगनशील प्रशासकको रूपमा ख्याति प्राप्त गरेका थिए।[९] उनले पञ्जाबमा महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सुरु गरेका थिए र उनको कुशल शासनको लागि प्रख्यात थिए।[१०][११][१२] पनामा पेपर्स प्रकरणमा शहबाजका दाइ नवाज शरिफलाई पदधारण गर्न अयोग्य घोषित गरेपछि शहबाजलाई पाकिस्तान मुस्लिम लिग-नुनको अध्यक्षमा मनोनीत गरिएको थियो। सन् २०१८ को चुनावपछि उनलाई विपक्षी दलको नेतामा मनोनीत गरिएको थियो।[१३]

सन् २०१९ को डिसेम्बरमा राष्ट्रिय जवाफदेही ब्यूरो ले शहबाज र उनका छोरा हम्जा सरिफको २३ वटा सम्पत्ति रोक्का गरेको थियो। २८ सेप्टेम्बर २०२० मा एनएबीले शहबाजलाई लाहोर उच्च अदालतमा गिरफ्तार गरेको थियो र उनलाई सम्पत्ति शुद्धीकरणको आरोपमा अभियोग लगाएको थियो। उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।[१४][१५] १४ अप्रिल २०२१ मा लाहोर उच्च अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा जमानतमा रिहा गरेको थियो।[१६] १२ अक्टोबर २०२२ मा, शहबाज र उनका छोरालाई लाहोर विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको सबै आरोपहरूबाट मुक्त गरेको थियो।[१७] सन् २०२२ को पाकिस्तानी राजनीतिक सङ्कटका बीच इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव आएपछि उनी ११ अप्रिल २०२२ मा राष्ट्रिय सभाद्वारा प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका थिए। १२ अगस्ट २०२३ मा पाँच वर्षे कार्यकाल पूरा भएका कारण संसद्को म्याद सकिन लागेको थियो। चुनाव र अन्य राजनीतिक लाभका लागि थप समय प्राप्त गर्नका लागि, शरिफ र लोकतान्त्रिक गठबन्धन ९ अगस्ट २०२३ मा संसद भङ्ग गर्न सहमत भएका थिए जसलाई पाकिस्तानका राष्ट्रपतिले अनुमोदन गरेका थिए।[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री", अनलाइन खबर, ३ मार्च २०२४, अन्तिम पहुँच ३ मार्च २०२४ 
  2. Khan, Omer Farooq (१० अप्रिल २०१०), "Muslim law and Pakistan", The Times of India 
  3. ३.० ३.१ Iqbal, Abdullah (फेब्रुअरी ७, २००५), "Shahbaz's wedding to top city socialite is talk of town", Gulf News 
  4. "National Assembly of Pakistan", na.gov.pk, अन्तिम पहुँच २०२४-०२-१३ 
  5. Syed, Azaz (२०२४-०३-०३), "Shehbaz Sharif: Pakistani legislators elect new prime minister to head coalition", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-०३ 
  6. Saifi, Sophia; Mogul, Rhea, "Pakistan's parliament votes in opposition leader Shehbaz Sharif as Prime Minister", CNN, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०२२ 
  7. "Shehbaz Sharif, Times of Oman", मूलबाट ५ फेब्रुअरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ – PressReaderद्वारा। 
  8. "Shehbaz Sharif: 10 things to know about 'hands on' PM frontrunner of Pakistan", Firstpost, १० अप्रिल २०२२, मूलबाट १३ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०२२ 
  9. "Shehbaz Sharif: the diligent administrator now PM of Pakistan", The Guardian, १२ अप्रिल २०२२, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  10. "What to know about Shehbaz Sharif, Pakistan's new prime minister", Washington Post, १२ अप्रिल २०२२, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  11. "Pakistan: Shehbaz Sharif chosen as PM after week-long uncertainty", BBC, ११ अप्रिल २०२२, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  12. "Pakistan's Parliament Elects Shahbaz Sharif as Prime Minister After Khan Exit", Time, ११ अप्रिल २०२२, मूलबाट ११ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२२ 
  13. "PML-N chief Shahbaz Sharif set to become leader of opposition in NA", The Asian Age, १९ अगस्ट २०१८, मूलबाट ६ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२० 
  14. "Accountability court indicts PML-N President Shahbaz Sharif in money laundering case", www.thenews.com.pk (अङ्ग्रेजीमा), मूलबाट २१ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२० 
  15. "Shehbaz Sharif arrested after LHC rejects bail in money laundering case", BOL News (en-USमा), २८ सेप्टेम्बर २०२०, मूलबाट ३० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०२० 
  16. "LHC grants bail to Shahbaz Sharif in money laundering reference", GNewsNetwork – Janta Hai (अङ्ग्रेजीमा), मूलबाट १४ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०२१ 
  17. "Pakistani court acquits PM, son in money laundering case", www.aljazeera.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०९-०७ 
  18. "Pakistan’s parliament is dissolved to pave way for elections as Imran Khan seeks release from prison", www.apnews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक कार्यकाल
पूर्वाधिकारी पञ्जाबको मुख्यमन्त्री
सन् १९९७–१९९९
रिक्त
अर्को पदाधिकारी
चौधरी परवेज इलाही
पूर्वाधिकारी पञ्जाबको मुख्यमन्त्री
सन् २००८–२०१३
पछिल्लो
नजाम सेठी
कामचलाउ
पूर्वाधिकारी
नजाम सेठी
कामचलाउ
पञ्जाबको मुख्यमन्त्री
सन् २०१३–२०१८
पछिल्लो
हसन अस्करी रिज्वी
कामचलाउ
पूर्वाधिकारी प्रतिपक्ष दलको नेता
सन् २०१८–२०२२
रिक्त
पूर्वाधिकारी पाकिस्तानको प्रधानमन्त्री
सन् २०२२–हाल
बहालवाला
पार्टी राजनीतिक कार्यालय
पूर्वाधिकारी पाकिस्तान मुस्लिम लिग (नुन)को नेता
सन् २००९–२०११
पछिल्लो
नवाज शरिफ
पूर्वाधिकारी पाकिस्तान मुस्लिम लिग (नुन)को नेता
सन् २०१८–हाल
बहालवाला