बेनजीर भुट्टोको हत्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेनजीर भुट्टोको हत्या
हत्या भएको स्थानलाई सङ्केत गर्ने पट्टिका, उर्दूमा लेखिएको
स्थानलियाकत राष्ट्रिय उद्यान, रावलपिन्डी, पञ्जाब, पाकिस्तान
निर्देशाङ्क३३°३६′२६″उ॰ ७३°०३′४९″पू॰ / ३३.६०७२२°N ७३.०६३६१°E / 33.60722; 73.06361निर्देशाङ्कहरू: ३३°३६′२६″उ॰ ७३°०३′४९″पू॰ / ३३.६०७२२°N ७३.०६३६१°E / 33.60722; 73.06361
मिति२७ डिसेम्बर २००७; १६ वर्ष पहिले (२००७-१२-27) [१८:१६ पाकिस्तानी समय]
लक्ष्यबेनजीर भुट्टो
आक्रमणको प्रकार
निसाना हत्या[१]
लक्ष्यभेदन
आत्मघाती हमला[२]
मृत्युकम्तिमा २४ (भुट्टो समावेश)[३]
अपराधीहरूअल कायदा, तहरिके तालिबान पाकिस्तान

बेनजीर भुट्टोको हत्या (उर्दू: بینظیر بھُٹو کا قتل) २७ डिसेम्बर २००७ मा पाकिस्तानको रावलपिन्डीमा भएको थियो। पाकिस्तानका दुई पटक प्रधानमन्त्री (१९८८–१९९०; १९९३–१९९६) र विपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका तत्कालीन नेता बेनजीर भुट्टोले जनवरी २००८ मा हुने चुनाव अघि चुनावी प्रचार गर्दै आएकी थिइन्।[१][४][५] लियाकत राष्ट्रिय उद्यान एक राजनीतिक र्‍यालीपछि उनीमाथि गोली चलाइएको थियो र गोली चलेको केही समयपछि आत्मघाती बम विस्फोट भएको थियो। रावलपिन्डी जनरल अस्पतालमा स्थानीय समय अनुसार १८:१६ बजे (१३:१६ युटिसी) उनलाई मृत घोषित गरिएको थियो। बम विस्फोटमा परी अन्य २३ जनाको मृत्यु भएको थियो।[३] भुट्टो यसअघि पनि सन् २००७ को करसाज बम विष्फोटमा परी कम्तीमा १८० जनाको ज्यान जाने गरी भएको यस्तै प्रयासबाट बचेकी थिइन्। उक्त घटनापछि पाकिस्तानको निर्वाचन आयोगले आम निर्वाचन एक महिनाका लागि स्थगित गरेको थियो, जसका कारण भुट्टोको पार्टी विजयी भएको थियो।

यद्यपि प्रारम्भिक प्रतिवेदनहरूले उनलाई छर्रा वा गोली प्रहार गरेको सङ्केत गरेतापनि[६][७], पाकिस्तानी गृह मन्त्रालयले विस्फोटको असरले भुट्टोको टाउको गाडीमा ठोक्किँदा उनको टाउकोको हड्डी भाँचिएको बताएको थियो।[८] भुट्टोका सहयोगीहरूले यसलाई अस्वीकार गर्दै यसको सट्टा उनले बम विस्फोट हुनुभन्दा पहिले दुई गोलीको सामना गर्नुपरेको तर्क गरेका थिए।[९] गृह मन्त्रालय पछि आफ्नो पहिलेको दाबीबाट पछि हटेको थियो।[१०] मे २००७ मा, भुट्टोले निजी सुरक्षा सहयोगी ब्ल्याकवाटर र आर्मर समूहसँग अतिरिक्त सुरक्षाको लागि अनुरोध गरेकी थिए। संयुक्त राष्ट्रसङ्घले गरेको अनुसन्धानमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको भए भुट्टोको हत्या रोक्न सकिने बताएको थियो।[११]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

बेनजीर भुट्टो, सेप्टेम्बर २००४ मा

भुट्टोले स्वनिर्वासनको बाटो रोजेकी थिइन् भने भ्रष्टाचारका मुद्दा विदेशी र पाकिस्तानी अदालतमा विचाराधीन थिए।[१२] दुबई र लन्डनमा आठ वर्ष निर्वासनमा बिताएपछि भुट्टो सन् २००७ अक्टोबर १८ मा कराची फर्केकी थिइन् र सन् २००८ को राष्ट्रिय निर्वाचनको तयारीका लागि राष्ट्रपति परवेज मुशर्रफसँग सम्भावित शक्ति साझेदारी सम्झौताबाट अनुमति पाएकी थिइन्।[५][१३]

पाकिस्तान फर्किए लगत्तै भुट्टो कराचीमा एक हत्या प्रयासबाट बचेका थिए।[५][१४][१५] सन् २००७ अक्टोबर १८ का दिन कराचीमा एक र्‍यालीका लागि जाँदै गर्दा उनी निर्वासनबाट फर्केपछि जिनाह अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लेको केही समयपछि दुई वटा विस्फोट भएका थिए।[१६] भुट्टोलाई चोट पटक लागेको थिएन, तर पछि आत्मघाती बम आक्रमणको क्रममा भएको विस्फोटमा १३९ जनाको मृत्यु भएको थियो र कम्तिमा ४५० जना घाइते भएका थिए।[१६][१७] मृत्यु हुनेमा उनको पाकिस्तान पिपुल्स पार्टीका कम्तीमा ५० जना सुरक्षा सहयोगीहरू थिए, जसले सम्भावित बमवर्षकहरूलाई टाढा राख्न उनको सवारी वरिपरि मानव साङ्लो बनाएका थिए भने यसका साथै ६ जना प्रहरी अधिकारीहरू पनि थिए।[१८] केही वरिष्ठ अधिकारी आक्रमणमा परि घाइते भएका थिए। भुट्टोलाई घटनास्थलबाट कुनैपनि क्षति भएको थिएन।[१८]

बम विस्फोटपछि भुट्टो र उनका पतिले मुशर्रफसँग थप सुरक्षाको माग गरेका थिए, जसमा रङ्गीन झ्याल, बमका प्रतिरोधक, निजी गार्डहरू र प्रहरीका चार वटा गाडीहरू समावेश थिए। मुशर्रफलाई पत्र लेख्ने तीन जना अमेरिकी सांसदहरूले पनि यो आह्वान गरेका थिए। भुट्टोका समर्थक र पाकिस्तानी सरकारबीच उनलाई पर्याप्त सुरक्षा प्रदान गरिएको छ या छैन भन्नेमा विवाद रहेको थियो।[१९] इजरायली अखबार मारिभका अनुसार भुट्टोले हत्या हुनुभन्दा केही हप्ता अघि अमेरिकाको केन्द्रीय गुप्तचर संस्था, बेलायतको स्कटल्यान्ड यार्ड र इजरायलको मोसादलाई आफ्नो सुरक्षाको लागि सहयोग गर्न आग्रह गरेकी थिइन्। इजरायली अधिकारीहरूले पाकिस्तानभारतसँगको सम्बन्ध बिगार्न नचाहेका कारण सहायता उपलब्ध गराउने वा नगर्ने बारे निर्णय गरेका थिएनन्।[२०] भुट्टोले अमेरिका स्थित ब्ल्याकवाटर र बेलायतस्थित आर्मर ग्रुपदुवैसँग सम्पर्क गरेर निजी सुरक्षाकर्मी ल्याउने प्रयास गरेका थिइन्। तर, पाकिस्तानी सरकारले विदेशी सुरक्षा ठेकेदारलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो। यति हुँदाहुँदै पनि अमेरिकी कूटनीतिज्ञहरूले भुट्टोलाई उनीविरुद्धको धम्कीबारे गोप्य अमेरिकी गुप्तचर सूचना उपलब्ध गराएका थिए।[२१] हत्या पछि, राष्ट्रपति मुशर्रफले भुट्टोले अधिक सुरक्षा पाउनु पर्ने कुरालाई अस्वीकार गर्दै मृत्युमा मुख्यतया उनको आफ्नै दोष रहेको बताएका थिए र अनावश्यक जोखिम लिएको र अधिक र्‍यालीमा सामेल भएको बताएका थिए।[२२]

हत्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Bhutto 'wounded in suicide blast'", BBC News, २७ डिसेम्बर २००७, मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  2. Matthew Moore; Emma Henry (२८ डिसेम्बर २००७), "Benazir Bhutto killed in gun and bomb attack", द डेली टेलिग्राफ (लन्डन), मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  3. ३.० ३.१ "Bhutto exhumation OK, Pakistan official says", CNN, २९ डिसेम्बर २००७, मूलबाट २९ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २००८ 
  4. "Pakistan's Former Prime Minister Benazir Bhutto Assassinated", VOA News (Voice of America), २७ डिसेम्बर २००७, मूलबाट २५ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  5. ५.० ५.१ ५.२ "Benazir Bhutto killed in attack", BBC News, २७ डिसेम्बर २००७, मूलबाट २८ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  6. Ahmed, Munir (Associated Press) (२८ डिसेम्बर २००७), "Pakistan: Al-Qaida Behind Bhutto Killing", San Francisco Chronicle, मूलबाट १४ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २००८ 
  7. "Benazir Bhutto assassinated", CNN, २८ डिसेम्बर २००७, मूलबाट २८ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  8. "Bhutto died after hitting sun roof", CNN, २८ डिसेम्बर २००७, मूलबाट २९ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २००७ 
  9. "Bhutto death explanation 'pack of lies'", Herald Sun, Agence France-Presse, मूलबाट ३१ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २००७ 
  10. Press Trust of India (१ जनवरी २००८), "Pak Govt makes U-turn on cause of Bhutto's death", The Times of India, मूलबाट २२ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २००८  वेब्याक मेसिन अभिलेखिकरण २२ अक्टोबर २०१२ मिति
  11. Till, Brian (२३ मे २०११), "Could the U.S. Have Prevented Benazir Bhutto's Death?", The Atlantic, मूलबाट २६ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०११ 
  12. Talpur, Parveen (१० डिसेम्बर २००७), "Pakistan's fragile future", Press & Sun Bulletin (George Troyano), मूलबाट २० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१७ 
  13. "Supporters flock to Karachi for Bhutto's return", CBC News, १७ अक्टोबर २००७, मूलबाट २१ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  14. Gall, Carlotta; Masood, Salman (१९ अक्टोबर २००७), "Bomb Attack Kills Scores in Pakistan as Bhutto Returns", The New York Times, मूलबाट ११ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  15. "Death toll rises in Bhutto attack", CNN, १९ अक्टोबर २००७, मूलबाट २३ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००८ 
  16. १६.० १६.१ Narayana, Nagesh; Cutler, David (२७ डिसेम्बर २००७), "Chronology: Attacks in Pakistan since July 2007", Reuters, मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  17. "Attack on Bhutto convoy kills 130", BBC News, १९ अक्टोबर २००७, मूलबाट १५ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  18. १८.० १८.१ Bowley, Graham (२० अक्टोबर २००७), "After Bombing, Bhutto Assails Officials' Ties", The New York Times, मूलबाट ५ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ डिसेम्बर २००७ 
  19. "Bhutto said she'd blame Musharraf if killed", CNN, २८ डिसेम्बर २००७, मूलबाट ३१ डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २००७ 
  20. Julian, Hana Levi (२८ अक्टोबर २००७), "Israel, US, Britain Ignored Bhutto Appeals for Protection", Arutz Sheva, मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २००७ 
  21. Sherwell, Philip (३० डिसेम्बर २००७), "Bhutto 'blocked from hiring US bodyguards'", The Daily Telegraph (London), मूलबाट २ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २००७ 
  22. "Musharraf: Bhutto Knew Of Risks", 60 Minutes, ६ जनवरी २००८, मूलबाट २३ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]