सामग्रीमा जानुहोस्

हिना रब्बानी खर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिन्दा
हिना रब्बानी खर
حنا ربانی کھر
सन् २०२३ मा खर
विदेश राज्यमन्त्री
पदमा
१९ अप्रिल २०२२ – १० अगस्ट २०२३
प्रधानमन्त्रीशहबाज सरिफ
मन्त्रीबिलावल भुट्टो जरदारी
पूर्वाधिकारीनवाबजादा मलिक अमाद खान
पदमा
११ फेब्रुअरी २०११ – १९ जुलाई २०११
प्रधानमन्त्रीयुसुफ रजा गिलानी
पूर्वाधिकारीनवाबजादा मलिक अमाद खान
उतराधिकारीनवाबजादा मलिक अमाद खान
परराष्ट्र मन्त्री
पदमा
१९ जुलाई २०११ – १६ मार्च २०१३
प्रधानमन्त्रीयुसुफ रजा गिलानी
राजा पर्वेज अशरफ
पूर्वाधिकारीशाह महमूद कुरेशी
उतराधिकारीमिर हजार खान खोसो (कार्यवाहक)
सरताज अजिज (वास्तविक)
वित्त तथा आर्थिक मामिला राज्यमन्त्री
पदमा
२४ मार्च २००८ – ११ फेब्रुअरी २०११
प्रधानमन्त्रीयुसुफ रजा गिलानी
पूर्वाधिकारीअली नजारी
उतराधिकारीदोस्त मोहम्मद मजारी
राष्ट्रिय सभा सदस्य
पदमा
२९ फेब्रुअरी २०२४
निर्वाचन क्षेत्रमहिलाका लागि सुरक्षित सिट
पदमा
१३ अगस्ट २०१८ – १० अगस्ट २०२३
निर्वाचन क्षेत्रमहिलाका लागि सुरक्षित सिट
पदमा
२५ मे २०१३ – २५ मे २०१८
निर्वाचन क्षेत्रमहिलाका लागि सुरक्षित सिट
पदमा
१७ मार्च २००८ – १६ मार्च २०१३
निर्वाचन क्षेत्ररास-१७७ (मुजफ्फरगढ-२)
पदमा
१६ नोभेम्बर २००२ – १५ नोभेम्बर २००७
निर्वाचन क्षेत्रएनए-१७७ (मुजफ्फरगढ-२)
व्यक्तिगत विवरण
जन्म (1977-11-19) १९ नोभेम्बर १९७७ (उमेर ४८)
दल पाकिस्तान पिपुल्स पार्टी (२००८–हाल)
अन्य राजनीतिक
आबद्धता
पाकिस्तान मुस्लिम लिग (कायद) (२००२–२००८)
दम्पती
फिरोज गुलजार
(
वि १९९९)
सन्तान३
आमाबुबा
आफन्तगुलाम मुस्तफा खर (काका)
आमिना हक (काकाकी छोरी)
शिक्षालाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेज[१]
युनिभर्सिटी अफ म्यासाचुसेट्स अमहर्स्ट[२]

हिना रब्बानी खर[३] (जन्म १९ नोभेम्बर १९७७) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जसले सन् २०२२ देखि २०२३ सम्म विदेश राज्यमन्त्रीका रूपमा सेवा गरेकी थिइन्। यसअघि उनले जुलाई २०११ देखि परराष्ट्र मन्त्रीको रूपमा सेवा गरेकी थिइन् र उनी यो पद सम्हाल्ने पहिलो र एक मात्र महिला हुन्।[४] उनी सन् २०१८ देखि २०२३ सम्म राष्ट्रिय सभाको सदस्य थिइन्।

खर मुजफ्फरगढको एक प्रभावशाली पञ्जाबी सामन्ती परिवारकी सदस्य हुन्। उनले सन् २००२ मा राजनीतिमा प्रवेश गर्नुअघि लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेज र युनिभर्सिटी अफ म्यासाचुसेट्स अमहर्स्टमा व्यवसाय विषयको अध्ययन गरेकी थिइन्। उनले सन् २००२ मा पाकिस्तान मुस्लिम लिग (कायद)को प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य भई तत्कालीन प्रधानमन्त्री शौकत अजिजको कार्यकालमा आर्थिक नीति हेर्ने मन्त्री बनेकी थिइन्। सन् २००९ मा, दल परिवर्तन गरी पाकिस्तान पिपुल्स पार्टीबाट पुनः निर्वाचित भएपछि, उनी वित्त तथा आर्थिक मामिला राज्यमन्त्री बनेकी थिइन् र सोही वर्ष राष्ट्रिय बजेट प्रस्तुत गर्ने पहिलो महिला बनेकी थिइन्। उनलाई तत्कालीन प्रधानमन्त्री युसुफ रजा गिलानीले जुलाई २०११ मा पाकिस्तानको परराष्ट्र मन्त्री नियुक्त गरेका थिए र उनले सन् २०१३ को आम निर्वाचन भन्दा केही समय अघिसम्म सेवा गर्ददै त्यसपछि उनी सक्रिय राजनीतिबाट पछि हटेकी थिइन्।[५] उनले भारतसँगको सुदृढ सम्बन्धको पक्षमा लगातार जोड दिँदै आएकी छिन्।[६]

उनी हालसम्म पनि पाकिस्तान पिपुल्स पार्टीकी सदस्य हुन् र विदेश नीतिका विषयमा वक्ताका रूपमा सक्रिय छिन्।[७] सन् २०१९ सम्म, उनी महिलाका लागि सुरक्षित सिटबाट पाकिस्तानको राष्ट्रिय सभा सदस्यको रूपमा रहेकी थिइन्।[८]

प्रारम्भिक जीवन र परिवार

[सम्पादन]

हिना रब्बानी खरको जन्म १९ नोभेम्बर १९७७ मा[९] मुल्तान, पञ्जाब, पाकिस्तानमा भएको थियो।[१०][११] उनी पञ्जाबीहरूको खराल जनजातिको खर वंशमा जन्मेकी हुन्। खर शक्तिशाली सामन्त र राजनीतिज्ञ गुलाम नुर रब्बानी खरकी छोरी हुन्।[१२] उनका बुबा एक प्रमुख राष्ट्रिय राजनीतिज्ञ थिए र उनले राष्ट्रिय सभाको सदस्यका रूपमा सेवा गरेका थिए।[१२] उनी पञ्जाबका भूतपूर्व राज्यपाल तथा मुख्यमन्त्री गुलाम मुस्तफा खरकी भतिजी हुन्।[१३] उनको विवाह फिरोज गुलजारसँग भएको छ।[१४]

शिक्षा

[सम्पादन]

खर लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेज (एलयुएमएस) की स्नातक हुन्, जहाँबाट उनले सन् १९९९ मा अर्थशास्त्रमा बिएससी (अनर्स) को उपाधि हासिल गरेकी थिइन्।[९] त्यसपछि उनले म्यासाचुसेट्स अमहर्स्ट विश्वविद्यालयको आइजेनबर्ग स्कुल अफ म्यानेजमेन्टमा अध्ययन गरेकी थिइन्, जहाँबाट उनले सन् २००२ मा व्यवसाय व्यवस्थापनमा एमएससी प्राप्त गरेकी थिइन्।[९]

खरले आफ्नो स्नातकपछि पनि एलयुएमएससँग सम्बन्ध बनाएर राखेकी थिइन्। सन् २०१२ मा, उनले त्यहाँ "परराष्ट्र नीति र युवा प्रजातन्त्र" विषयमा व्याख्यान दिएकी थिइन् र अब्दुस सलाम भौतिकशास्त्र संस्थानका लागि बजेट सुनिश्चित गरेकी थिइन्।[१५][१६]

टिप्पणीहरू

[सम्पादन]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन]
    1. ↑ "Foreign Minister Hina Rabbani Khar to Speak at LUMS", LUMS, ३० अप्रिल २०१२, मूलबाट १२ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१२। अभिलेखिकरण १२ मे २०१२ वेब्याक मेसिन
    2. ↑ "Alumna to be Pakistan's new Foreign Minister", म्यासाचुसेट्स अमहर्स्ट विश्वविद्यालय, मूलबाट १९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१२।
    3. ↑ उर्दू: حنا ربانی کھر‎
    4. ↑ Dawn.com (२५ जुन २०१२), "Hina Rabbani Khar", www.dawn.com, अन्तिम पहुँच २२ फेब्रुअरी २०१६।
    5. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":2" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    6. ↑ "'Pakistan's national identity is to hate others': Hina Rabbani Khar, please tell us something new - Firstpost" (en-USमा), २८ जुन २०१६, अन्तिम पहुँच ३१ अगस्ट २०१६।
    7. ↑ "Reaffirming loyalties: Hina Rabbani Khar is not joining PTI, says Ghulam Rabbani - The Express Tribune", The Express Tribune (अङ्ग्रेजीमा), ३ जुलाई २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१६।
    8. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "PPP" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    9. 1 2 3 "Hina Rabbari Khar", परराष्ट्र मन्त्रालय, मूलबाट २४ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१५।
    10. ↑ "Foreign Minister Hina Rabbani Khar", फर्स्टपोस्ट, मूलबाट १९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१३, "Hina Rabbani Khar was born on 19 November 1963 in Multan, Punjab"
    11. ↑ "Electoral results by caste", Daily Times, मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित।
    12. 1 2 "Gone with the wind", द इकोनोमिस्ट, आइएसएसएन 0013-0613, अन्तिम पहुँच ३१ अगस्ट २०१६।
    13. ↑ Das, Mala (२७ सेप्टेम्बर २०१२), "Who is Hina Rabbani Khar?", NDTV, अन्तिम पहुँच २० जनवरी २०१३।
    14. ↑ "National Assembly of Pakistan", na.gov.pk, अन्तिम पहुँच २०२२-०५-२०।
    15. ↑ LUMS, "Foreign Minister Hina Rabbani Khar Speaks at LUMS", Press Release of LUMS Editorial Newspaper, LUMS Editorial Newspaper, मूलबाट ३ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१३। अभिलेखिकरण ३ मे २०१२ वेब्याक मेसिन
    16. ↑ Khar, Her Excellency, Hina, "Foreign Policy and Young Democracy", Hina Rabbani Khar presented her paper at LUMS on 30 April 2012, LUMS, Paper, मूलबाट १२ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१३।

    बाह्य कडीहरू

    [सम्पादन]
    राजनीतिक कार्यकाल
    पूर्वाधिकारी
    अली नजारी
    वित्त तथा आर्थिक मामिला राज्यमन्त्री
    २००८–२०११
    उतराधिकारी
    दोस्त मोहम्मद मजारी
    पूर्वाधिकारी विदेश राज्यमन्त्री
    २०११
    उतराधिकारी
    पूर्वाधिकारी परराष्ट्र मन्त्री
    २०११–२०१३
    उतराधिकारी