मलेसिया एयरलाइन्स फ्लाइट ३७०
| वेपत्ता | |
|---|---|
| मिति | ८ मार्च २०१४ |
| सारांश | कारण अज्ञात , केहि अवशेष फेला परेको |
| स्थल | दक्षिण हिन्द महासागर (अनुमान) |
| विमान | |
| विमानको प्रकार | बोइंग ७७७#७७७ -२०० इ.आर |
| सञ्चालक | मलेशिया एयरलाइन्स |
| आइएटिए उडान सं. | एम.एच ३७० |
| आइसिएओ उडान सं. | MAS370 |
| परिचयक चिह्न | मलेसियन ३७० |
| दर्ता नम्बर | 9M-MRO |
| विमान उडान | क्वालालम्पुर अन्तरास्ट्रिय विमानस्थ, Sepang, मलेसिया |
| गन्तव्य | बेइजिंग राजधानी अन्तरास्ट्रिय विमानस्थल |
| यात्रुहरू | २२७ |
| चालक दल | १२ |
| मृत्यु | २३९(presumed) |
| जोगिन सफल | 0 (presumed) |
मलेसिया एयरलाइन्स फ्लाइट ३७० मलेशिया एयरलाइन्सद्वारा संचालित एक अन्तरास्ट्रिय यात्रु बाहक बिमान थियो जुन ८ मार्च २०१४ देखि वेपत्ता भएको थियो जब यो क्वालालम्पुर अन्तरास्ट्रिय विमानस्थलबाट आफ्नो गन्तब्य बेइजिंग राजधानी अन्तरास्ट्रिय विमानस्थल तर्फ उडान भर्दै थियो । यो फ्लाइटलाई चाइना साउर्दन एयरलाइन्सको नामले पनि चिनिन्थ्यो । चालक दलको एयर ट्राफिक कन्ट्रोल (एटिसी)संग अन्तिम सम्पर्क उडान भरेको ३८ मिनेटपछी दक्षिण चीन सगर माथि उडिरहेको बेला भएको थियो । त्यसको एक मिनेट पछि विमान एटिसी राडार स्क्रिनबाट हरायो , तर अर्को घण्टा सैन्य राडारले आफ्नो मार्ग भन्दा पश्चिम तर्फ मलाय प्रायद्विप र अन्दमन सागर पार गरेको देखेको थियो । विमान मा सवार २२७ यात्रु र १२ चालक दलका सदस्य सबै मृत्यु भएको मानियो र यो मलेसिया विमान इतिहासको मलेशिया एयरलाइन्स फ्लाइट १७ दुर्घटना हुनु भन्दा अगाडि सम्म सबैभन्दा भयङ्कर घातक विमान दुर्घटना थियो । यो दुई क्षतिले मलेसिया एयरलाइन्स को निकै नोक्सान भयो र मलेसिया सरकार द्वारा २०१४ को उत्तरार्धमा राष्ट्रियकरण गरियो ।
हराइरहेको यो विमानको खोज , उडान इतिहासकै सबैभन्दा महँगो भयो । सुरुमा खोज दक्षिण सागर र आन्दमन सागरमा केन्द्रित गरियो । विमानको वेपत्तापछी को आधिकारिक सूचनाको अभावमा चिनियाँ सर्वसाधारणबाट निकै आलोचित हुनु परेको थियो जसको आफन्तहरु विमानमा थिए । २०१५ र २०१६ को बीचमा पश्चिमी हिन्द महासागर कयौ अवशेषहरु देखा परेका थिए । १,२०,००० वर्ग किलोमिटर (४६,००० वर्ग माइल) क्षेत्रमा तीन वर्षको खोजपछी यो काम रोकियो ।
फ्लाइट ३७० उडान इतिहासमौ एक गहिरो रहस्य बनेको थियो ।
यात्रु र चालक दल
[सम्पादन गर्नुहोस्]| राष्ट्रियता |
संख्या. |
|---|---|
| अस्ट्रेलियाली |
६ |
| क्यानडेली |
२ |
| चीनी |
१५३ |
| फ्रान्सेली |
४ |
| भारतीय |
५ |
| इन्डोनेसियाइ |
७ |
| इरानी | २ |
| मलेसियाली |
५० |
| नेदरल्यान्ड |
१ |
| न्यु जी ल्यान्ड |
२ |
| रुसी |
१ |
| ताइवानी |
१ |
| युक्रेनी |
२ |
| अमेरिकी |
३ |
| कुल |
२३९ |
मलेसिया एयरलाइन्सले २२७ यात्रु र १२ चालक दलको टिकटको आधारमा नाम र राष्ट्रियता सार्बजनिक गरेको थियो , र पछि दूई इरानी यात्रु लाई समाबेश गर्न सच्चिएको थियो ।