महावीर स्कुलकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


भारतबाट शिक्षा हासिल गरेका युवाहरूले वि.सं. १९९३ सालमा काठमाडौंमा महावीर स्कुलको स्थापना गरे। स्थापना गर्ने युवाहरूमा चिनियाँमान, फत्तेबहादुर, पूर्णनारायण, टंक विलास, सिद्धिचरण आदि प्रमुख थिए। स्कुल स्थापना जुद्धशमशेरलाई सह्य भएन र बन्द गराई चिनियाँमान र फत्तेबहादुरलाई आजीवन तथा पूर्णनारायण, चन्द्रमान र सिद्धिचरणलाई १२/१२ वर्ष जेल र अन्य केहीलाई नगद जरिवाना गरियो।