महेन्द्रनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Mahendranath.jpg
महेन्द्रनाथ मन्दिर

महेन्द्रनाथ अथवा मेंहदार भारतको बिहार प्रान्तको सिवान जिल्लामाअबस्थित एउटा धार्मिक स्थल हो । यहाँ भगवान शिवको मन्दिर र एउटा पोखरी छ। यो मन्दिर र पोखरीको निर्माण नेपालको राजा महेन्द्रले गराउनु भएको थियो र त्यसैले यो ठाँउको नाम महेन्द्रनाथ राखियो । महेन्द्रनाथको नाम अपभ्रम्स भएर मेँहदार भन्ने गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

इच्छा पुर्ती भईसके पछि श्रद्धालुहरूले बाँधेको घन्टिहरू

किदवन्ति छ कि त्यति बेला नेपालको सिमाना भारतको बिहारको सिवान सम्म थियो। त्यतिबेला राजा महेन्द्र साहलाई कुष्टरोग थियो। यात्रा गर्दा गर्दै राजा महेन्द्र महेन्द्रनाथ भन्ने ठाँउमा पुग्नु भयो त्यतिबेलानै राजा महेन्द्रलाई दिशा लाग्यो। राजा महेन्द्र दिशा गर्न जङ्गलमा बस्नुभयो। दिशा गरिसके पछि राजा पानीको खोजी गर्न थाल्नु भयो। एक ठाँउमा राजाले अलिकति हिलो भएको पानी देख्नु भयो। त्यो पानीमा एउटा सुंगुरको बच्चा देख्नुभयो। एक छिनमा हेर्दा हेर्दै सुंगुरको बच्चा हरायो। राजाले जसरीनै पानी छुनु भयो राजाको हातको कुष्टरोग निको भयो। यो देखेर राजा खुशी हुनुभयो र हिलोमा पसेर पुरै जीवभरी हिलो लगाउनुभयो र राजाको सबै कुष्टरोग निको भयो। राजा खुशी भयेर एउटा शिव भगवानको मन्दिरको निर्माण गराउनुभयो र त्यो हिलो भयेको ठाँउमा एउटा पोखरीको निर्माण गराउनुभयो। त्यो पोखरीलाई कमलदाह भन्छन्।