महेन्द्र चौधरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Mahendra Chaudhry
PBS, MP
महेन्द्र पाल चौधरी
Mahendra Chaudhry 2015.jpg
Chaudhry in 2015
Prime Minister of Fiji
कार्यकाल
19 May 1999 – 27 May 2000
राष्ट्रपतिKamisese Mara
अग्रजSitiveni Rabuka
उतराधिकारीTevita Momoedonu
व्यक्तिगत विवरण
जन्म (१९४२-०२-०९) ९ फेब्रुअरी १९४२ (उमेर ७७)
Ba, British Fiji (present-day Fiji)
राजनीतिक पार्टीलेवर पार्टी
जीवन साथी(हरू)Virmati Chaudhry (m. 1965)
सन्तान(हरू)3

महेन्द्र पाल चौधरी को जन्म सन् १९४२ फरवरी ९ मा भएको हो । महेन्द्र पाल चौधरी गणतन्त्र फिजीे का एक राजनेता हुन् । उनी फिजी लेबर पार्टीका नेता हुन् । सन् १९९९ मई १९ मा उनी गणतन्त्र फिजीको प्रधानमंत्री बने, उनी फिजीमा प्रथम भारतीय –फिजीयाइ प्रधानमन्त्री हुन् । तर उनी प्रधानमन्त्री बनेको ठीक एक वर्ष पछी १९ मई २००० मा उनलाई तथा उनका अधिकांश मन्त्रीहरुलाई जार्ज स्पीटले बन्धक बनाएका थिए । उनी ५६ दिन सम्म बन्धक बनाएर राखिएका थिए ।

पारिवारिक पृष्ठभूमि[सम्पादन गर्ने]

मुलतः महेन्द्र चौधरीको वंशावली भारतको उत्तरी राज्य हरियाणाको रोहतक जिल्लामा अवस्थित बहु जमलपुर भन्ने गाँउमा रहेको छ । उनका हजुरबुवा, राम नाथ चौधरी, सन् १९१२ मा भारतबाट फिजी एक उखुको खेतमा काम गर्ने मजदुरको रुपमा गएका थिए ।राम नाथ चौधरीका २ छोरा (कृष्ण गोपाल चौधरी र राम गोपाल चौधरी) र एउटी छोरी (राज कुमारी) थिए । महेन्द्र चौधरीको बुवाको नाम राम गोपाल चौधरी, राम नाथ चौधरीका कान्छो छोरा हुन् । राम गोपाल चौधरीका सात छोराछोरी (पाँच छोरा र दुई छोरी) मध्ये महेन्द्र चौधरी जेठो सन्तान हुन् ।en:Mahendra Chaudhry

राजनीतिक जीवन यात्रा[सम्पादन गर्ने]

सन् १९८५[सम्पादन गर्ने]

सन् १९८५ मा महेन्द्र चौधरीको सहयोगमा फिजी लेर्वर पार्टी को स्थापना भएको थियोे । यो पार्टीले स्थापना भएकै साल सन् १९८५ को चुनावमा आफनो उपस्थिति देखाउने मौका पाएको थियो । विजय रघुवर सिंह को राजीनामा पछि फिजी लेर्वर पार्टीले महेन्द्र चौधरीलाई चुनावको लागी अघि सारेको थियो । सन् १९८५ को चुनावमा महेन्द्र चौधरीले झिनो मतान्तर (जम्मा २०४ मत) ले हारेका थिए ।

सन् १९८५[सम्पादन गर्ने]

सन् १९८७ मा पहिलो पटक संसदीय चुनावमा जित हासिल गरेका थिए । एउटा अडिटरको रुपमा काम गरेका चौधरीले फिजीमा व्याप्त रहेको भ्रष्टाचारलाई हटाउन काम शुरु गरेका थिए । फिजीमा भएको सत्ता पलटका घटनाले गर्दा त्यहाँ बसोवास गर्ने भारतीय समुदायले महेन्द्र चौधरीलाई राजनितीमा योग्य व्यक्तिको रुपमा लिने गरेका थिए । फिजीमा बस्ने भारतीय फिजीहरुलाई संविधानमा रहेको विभेदकारी नीति मन परेको थिएन । फिजीमा बस्ने भारतीय मूलका नागरिकलाई अधिकार दिलाउन मुख्य भूमिका खेलेका थिए ।

सन् १९९९[सम्पादन गर्ने]

सन् १९९९ को चुनावमा भूतपुर्व प्रधानमन्त्री शिटभिनी रबुकालाई हराएर एतिहासिक जित हासिल गर्दै महेन्द्र चौधरी फिजीको पहिलो इन्डो फिजीयन प्रधानमन्त्री बन्न सफल भएका थिए ।

पुरस्कार[सम्पादन गर्ने]

सन् २००४ मा भारतद्वारा महेन्द्र चौधरीलाई प्रवासी भारतीय सम्मान पुरस्कार बाट सम्मान गरिएको थियो । यो पुरस्कार प्रत्येक वर्ष प्रवासी भारतीय दिवसको अवसरमा भारतीय राष्ट्रपतिद्वारा प्रदान गरिन्छ । यो पुरस्कार विदेशमा बसेका भारतीय जसले आफनो क्षेत्रमा असाधारण योगदान दिने भारतीय व्यक्तीलाई प्रदान गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. https://www.britannica.com/biography/Mahendra-Chaudhry
  2. https://www.youtube.com/watch?v=NN15kk5bcgU