माइफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइ|फोन
उत्पादनको प्रकारमोबाइल दूरभाष
मालिकसोलिड ग्रुप
देश फिलिपिन्स
परिचित२००७; १७ वर्ष अघि (२००७)
बजारफिलिपिन्स, हङकङ
Registered as a trademark inफिलिपिन्स (जून २००७)
वेबसाइटwww.myphone.com.ph

माइफोन एक फिलिपिनी मोबाइल फोन ब्राण्ड र बहु सञ्चार माध्यम कम्पनी हो जुन सोलिड ग्रूपको माइसोलिड प्रविधि र उपकरण निगमद्वारा सञ्चालित छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सोलिड ग्रुप निगम, ९ अक्टोबर १९९३ मा युनाइटेड प्याराकेल माइनिङ कम्पनीको रूपमा स्थापना गरिएको थियो र जून १९९७ मा यसको वर्तमान नाम पुन: नामाकरण गरिएको थियो।[२] समूहले माइसोलिड प्रविधि तथा उपकरण निगम मार्फत ब्राण्डको स्वामित्व प्राप्त गर्दछ।[३]

सन् २०१० मा, सोलिड समूहका प्रमुख कार्यकारी अधिकृतका पिता डेभिड लिमको मोबाइल फोन निर्माता कम्पनी थियो जसद्वारा निर्मित फोनलाई "अमोय सोलिड" भनेर चिनिन्थ्यो। उनको बुबाले उनको कान्छो भाइ जेसनलाई कम्पनीका उत्पादनहरू बेच्न सघाएका थिए। डेभिडका अनुसार एमोय सोलिडले फिलिपिन्समा धेरै बिक्री हुन नसकेको टिप्पणी गर्दै उनले फोनको दोहोरो सिम सुविधालाई ध्यान दिएर ब्राण्डको नाम परिवर्तन गर्न सुझाव दिएका थिए। अमोय सोलिडलाई माइ | फोन रूपमा पुनर्गठित गरिएको थियो।[२]

सोलिड ग्रूपले जून २५ जून २००७ मा माइफोन ब्राण्डलाई बौद्धिक सम्पत्ति कार्यालयको साथ दर्ताका लागि आवेदन दिएको थियो। यस ब्राण्डलाई सर्वप्रथम सेप्टेम्बर २००७ मा सोलिड ग्रूपले बजारमा प्रस्तुत गरेको थियो।[१][२][४] माइफोन, दोहोर सक्रिय सिम सुविधा प्रदान गर्ने देशको पहिलो मोबाइल फोन ब्राण्ड बनेको थियो।[५] माईफोन ब्रान्ड सोलिड ग्रूपको प्राथमिक अंश मध्ये एकमा वृद्धि भएको थियो र सन् २०११ सम्ममा उक्त अंश कम्पनीको राजस्वको लगभग आधा प्रतिशत हो। [६][७] १८ मे २०१६ मा, कम्पनीले यसको आइएसडिबी-टि-सक्षम स्मार्टफोन र ट्याब्लेटहरूको शृङ्खलालाई अनावरण गरेको थियो, जसले गर्दा कम्पनी उक्त सुविधा प्रदान गर्ने तेस्रो स्थानीय स्मार्ट उपकरण विक्रेता बनेको थियो। ७ नोभेम्बर २०१६ मा, माइफोन मोबाइल अनुप्रयोग र अङ्कीय सामग्रीमा विस्तार भएको थियो जसले आफुलाई एक बहु माध्यम कम्पनीको रूपमा चित्रण गरेको थियोे।[८]

उत्पादन तथा बनावट[सम्पादन गर्नुहोस्]

कम्पनीले मोबाइल फोनमा पूर्व स्थापित अनुप्रयोगहरू र फिलिपिन्स सफ्टवेयर विकासकर्ताहरूद्वारा निर्माण गरिएका सुविधाहरूलाई समावेश गर्दछ। माइफोन मोबाइल फोन सन् २०११ मा चीनमा निर्माण गरिएको थियो। माइफोन मोबाइल फोनमा पहिले नै स्थापित सबैभन्दा लोकप्रिय अनुप्रयोग क्याथोलिक प्रार्थना अनुप्रयोग हो।[७]

बजार साझेदारी[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय डाटा निगमले गरेको एक अध्ययनमा, सन् २०१४ मा उत्पादनका अनुसार माइफोन फिलिपिन्सको तेस्रो ठुलो मोबाइल फोन ब्राण्ड हो।[९] जुन २०१६ मा, माइफोनले फिलिपिन्सको बजारमा कम्तिमा ५० मोबाइल फोन ब्राण्डहरूको पहिचान गर्दछ।[१०]हङकङमा माइफोन पनि वितरित गरिएको थियो।[७]

मुद्दाहरू[सम्पादन गर्नुहोस्]

एप्पल निगमको आइफोनको विरुद्धमा वाणिज्यिक चिह्न प्रकरण[सम्पादन गर्नुहोस्]

एप्पल निगमले माईफोनको नाममा सोलिड ग्रुप बिरुद्द मुद्दा दायर गरेको थियो। माइफोन, आईफोन ब्राण्डसँग एकदमै मिल्दोजुल्दो छ" र यसले गर्दा धोका वा भ्रम पैदा हुन सक्ने आइफोनले दावी गरेको थियो। फिलिपिन्स बौद्धिक सम्पत्ती कार्यालयले १९ मे २०१५ मा एप्पल निगमद्वारा दायर गरेको मुद्दालाई खारेज गरेको थियो, जबकि दुवै ब्राण्डको नाम उस्ता उस्तै भएता पनि फोनको शब्दले दुईको बिचमा भ्रम पार्न पर्याप्त आधार नभएको बताइएको थियो।[१]

बौद्धिक सम्पत्ति कार्यालयका निर्देशक नथनेल एरेभालोले एप्पल निगमको यो कदमको आलोचना गरेका थिए।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • देश अनुसार मोबाइल फोन निर्माताहरूको सूची

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Apple loses trademark case vs MyPhone", एबिएस-सिबिएन न्युज, २ जुन २०१५, अन्तिम पहुँच १६ जुलाई २०१५ 
  2. २.० २.१ २.२ बर्नार्डो-लोकिन, किम (१९ अक्टोबर २०११), "Man Behind the Pinoy 'My/Phone' finds his rainbow", Newsflash (टाइम्स), अन्तिम पहुँच १६ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ मे २०२१ मिति
  3. "My Solid Technologies & Devices Corporation", सोलिड ग्रुप, निगम, अन्तिम पहुँच १ डिसेम्बर २०१६ 
  4. निभेस, जोन (१ जुन २०१५), "MyPhone Beats Apple in Local Trademark Battle", अनबक्स, अन्तिम पहुँच १६ जुलाई २०१५ 
  5. "MyPhone: Proudly Pinoy-made", द फिलिपिनी ष्टार Philippine Star, २२ अगस्ट २०१०, अन्तिम पहुँच १६ जुलाई २०१५ 
  6. मोरन, काथी (२७ सेप्टेम्बर २००९), "Myphone: lWala ka sa phone ko (MyPhone: Your phone is no match against mine)", द फिलिपिनी ष्टार, अन्तिम पहुँच १६ जुलाई २०१५ 
  7. ७.० ७.१ ७.२ गोमेज, राकुएल (१५ जनवरी २०११), "Pinoy phone holds own with sales of P2B", फिलिपिनी डेली इन्कुइरर, मूलबाट १९ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१६ 
  8. मोरियल, डेनियल (८ नोभेम्बर २०१६), "MyPhone ventures into multimedia, launches Agila Rewards", युगा टेक, अन्तिम पहुँच ८ अप्रिल २०१७ 
  9. डेला पाज, चिरिसि जयासा (२३ मार्च २०१५), "Philippines is third-largest market for smartphones in SE Asia -- IDC", बिजनेस वर्ल्ड, अन्तिम पहुँच १६ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण २० जुन २०२१ मिति
  10. गालोलो, जिनडाइ (२७ जुन २०१६), "Flash phones bank on e-commerce", सन ष्टा सेबु, अन्तिम पहुँच ४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]