मागुरा जिल्ला
मगुरा মাগুরা | |
---|---|
![]() बङ्गलादेशको नक्सामा मगुराको अवस्थिति | |
निर्देशाङ्क: २३°२४′N ८९°२४′E / २३.४०°N ८९.४०°Eनिर्देशाङ्कहरू: २३°२४′N ८९°२४′E / २३.४०°N ८९.४०°E | |
देश | ![]() |
राज्य | खुल्ना |
क्षेत्रफल | |
• जम्मा | १,०४८.६१ किमी२ (४०४.८७ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ९१८,४१९ |
• घनत्व | ८८०/किमी२ (२,३००/वर्ग माइल) |
साक्षरता दर | |
• जम्मा | ५०.६%[१] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ७६०० |
मगुरा जिल्ला (बङ्गाली: মাগুরা) बङ्गलादेशमा रहेको खुल्ना विभागको एक जिल्ला हो । यो जिल्ला राजधानी ढाका सहरबाट १७६ किलोमिटरको दुरीमा रहेको छ । यस जिल्लाको मख्य यातायात बस सेवा हो । मगुरा देखि ढाका सम्म पुग्न बसबाट पाँच घण्टा लाग्छ । मगुरा जिल्लामा कुनै पनि रेल रहेको छैन ।
भूगोल[सम्पादन गर्ने]
यो जिल्ला बङ्गलादेशको खुल्ना विभागमा पर्छ । यो जिल्ला २३°१५' देखि २३°४१' उत्तर अक्षांश र ८९°१५' देखि ८९°४२' पुर्व देशान्तरणमा अवस्थित छ । यस जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफलको १०४८.६१ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई राजवरी जिल्लाले उत्तरमा घेरेको छ भने दक्षिणमा जशोर र नरिल जिल्ला घेरेको छ । त्यस्तै गरी फरिदपुर जिल्लाले पुर्वमा र झिनाइदह जिल्ला पश्चिमाबाट घेरेको छ । यो जिल्लामा देशकै सबैभन्दा महत्त्वपूर्ण गोराइ मधुमती, कुसार र नवगंगा नदिहरू रहेका छन् ।
मौसम[सम्पादन गर्ने]
मगुराको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) औसत | २३٫४ (७४) |
२७٫७ (८२) |
३३٫३ (९२) |
३५٫६ (९६) |
३४٫८ (९५) |
३२٫४ (९०) |
३१٫४ (८९) |
३१٫४ (८९) |
३२٫२ (९०) |
३१٫४ (८९) |
२८٫९ (८४) |
२५٫५ (७८) |
३०٫६७ (८७٫३) |
दैनिक औसत °से (°फे) | १६٫४ (६२) |
२०٫२ (६८) |
२६٫० (७९) |
२९٫२ (८५) |
२९٫६ (८५) |
२८٫९ (८४) |
२८٫४ (८३) |
२८٫६ (८३) |
२८٫८ (८४) |
२७٫३ (८१) |
२३٫२ (७४) |
१८٫७ (६६) |
२५٫४४ (७७٫८) |
न्यूनतम °से (°फे) औसत | ९٫४ (४९) |
१२٫८ (५५) |
१८٫७ (६६) |
२२٫९ (७३) |
२४٫५ (७६) |
२५٫५ (७८) |
२५٫५ (७८) |
२५٫८ (७८) |
२५٫६ (७८) |
२३٫३ (७४) |
१७٫५ (६४) |
१२٫० (५४) |
२०٫२९ (६८٫६) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | ११ (०٫४३) |
१९ (०٫७५) |
४० (१٫५७) |
८५ (३٫३५) |
१८३ (७٫२) |
३२३ (१२٫७२) |
३०२ (११٫८९) |
२८८ (११٫३४) |
२४२ (९٫५३) |
१५६ (६٫१४) |
२५ (०٫९८) |
७ (०٫२८) |
१,६८१ (६६٫१८) |
औसत आर्द्रता (%) | ४५ | ३५ | ३२ | ४८ | ६६ | ७४ | ७५ | ७४ | ७१ | ६६ | ४७ | ४४ | ५६٫४ |
स्रोत: राष्ट्रिय पत्रीका |
प्रशासन[सम्पादन गर्ने]
मगुरा उप-जिल्ला सन् १९४५ मा स्थापना भएको थियो भने यो उप-जिल्ला सन् १९८४ मार्च १ मा जिल्लामा परिणत भएको थियो । यस जिल्ला हाल चार उप-जिल्लाहरू रहेका छन् । जुन यस प्रकार छन्:
- मगुरा सदर उप-जिल्ला
- महम्मदपुर उप-जिल्ला
- शिलाखा उप-जिल्ला
- श्रपुर उप-जिल्ला
जनसङ्ख्या[सम्पादन गर्ने]
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ८,२४३,११ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४,२०९,०७ रहेको छ भने महिलाको जनसङ्ख्या ४,०३४,०४ रहेकन्ह छ । यस जिल्लाको जनधनत्व ८८० प्रति किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम जनसङ्ख्या ६,६४९,३७ रहेकन्ह छ भने हिन्दुको सङ्ख्या १,५८६,८५ , बुद्ध धर्म ३४२, इसाई धर्म २१ र अन्य ३२६ रहेका छन् ।[२]
अर्थतन्त्र[सम्पादन गर्ने]
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६६.३% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै २.६५% मजदुरी, उद्योग र कलकारखानामा १.२९%, वाणिाज्यका १२.३४%, रेमिटेन्स ०.४३%, सञ्चार र यातायातमा ३.५९%, सरकारी कार्यलयहरूमा ७.३२% ,धर्म सेवामा ०.१४% र अन्यमा ४.०७% रहेका छन् ।
शिक्षा[सम्पादन गर्ने]
यस जिल्लाको औसत साक्षरता दर ४६.९५% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४४.७% छ भने महिलाको ४०.१% रहेको छ । यस जिल्लामा १७ क्याम्पस, ११५ माध्यमिक विद्यालय, ३७० प्राथमिक विद्यालय, १३४ सार्वजनिक विद्यालयहरू रहेका छन् । ती मध्य हुसेन शाहिद कलेज (१९४०), मगुरा सरकार छात्र उच्च माध्यमिक विद्यालय (१८५४), गङ्गारामपुर उच्च माध्यमिक विद्यालय(१९००), हाजिपुर माध्यमिक विद्यालय (१९१४) आदि यस जिल्ला उत्कृष्ट विद्यालयहरू हुन् ।
सन्देश सामग्री[सम्पादन गर्ने]
- ↑ "प्रतिवेदन: मगुरा" (पिडिएफ), सन् २०११ राष्ट्रिय जनगणना, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: १९, अन्तिम पहुँच १० जुन २०१७।
- ↑ "मगुरा जिल्ला जानकारी", बङ्गलापिडिया।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा मगुरा जिल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |