माचू पिचू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माचू पिचू
Machu Pikchu
80 - Machu Picchu - Juin 2009 - edit.2.jpg
Map showing location of Machu Picchu in Peru
Map showing location of Machu Picchu in Peru
पेरूको नक्सामा माचू पिचूभित्र देखाइएको क्षेत्र
स्थानकस्को क्षेत्र, पेरू
निर्देशाङ्क१३°०९′४८″ दक्षिण ७२°३२′४४″ पश्चिम / १३.१६३३३° दक्षिण ७२.५४५५६° पश्चिम / -13.16333; -72.54556निर्देशाङ्क: १३°०९′४८″ दक्षिण ७२°३२′४४″ पश्चिम / १३.१६३३३° दक्षिण ७२.५४५५६° पश्चिम / -13.16333; -72.54556
उचाईं२,४३० मिटर (७,९७० फिट)
इतिहास
स्थापनाअं. १४५०
ध्वस्त१५७२
संस्कृतिइन्का सभ्यता
आधिकारिक नाममाचू पिचूको ऐतिहासिक परिदृश्य
किसिममिस्रित
मापदण्डi, iii, vii, ix
नामाङ्कित१९८३ (७म संस्करण)
सन्दर्भ क्रम सङ्ख्या२७४
देश/ राज्य पेरू
क्षेत्रल्याटिन अमेरिका र क्यारिबियाली

माचू पिचू १५औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस्कोबाट करिब ८० किलोमीटर (५० मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृङ्खलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।[१]

इन्का समुदायले सन् १४००को आसपासमा यसको निर्माण शुरू गरे, तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्य विस्तारको समयमा तत्कालिन शासकहरूको लागि आधिकारिक क्षेत्रको रूपमा छोडी दिए । हुनत स्थानीय स्तरमा यो क्षेत्र निकै प्रशिद्ध छ, तर सन् १९११मा अमेरिकी इतिहासकार हीराम बिंह्याम द्वारा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपूर्व बाहिरी सन्सारको लागि माचू पिचू अज्ञात थियो । त्यही समय देखि, माचू पिचू एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्यो, स्पेनिशहरूले इन्का साम्राज्यमाथि विजय प्राप्त गरी लुटपाट मच्चाएको यो स्थान एक सांस्कृतिक स्थलको रूपमा समेत महत्वपूर्ण छ ।

साम्राज्यवादीहरूको लुटपाटको साक्षी बनेको माचू पिचू सन् १९८१मा पेरूको ऐतिहासिक संरक्षित क्षेत्र र सन् १९८३मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत स्थल घोषित भएको थियो । त्यस्तै सन् २००७ मा, माचू पिचू विश्वभर गरिएको इन्टरनेट सर्वेक्षणमा आधुनिक विश्वका सात आश्चर्यहरू मध्ये एकको रूपमा चुनिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

माचू पिचू सन् १४५०को आसपासमा बनाइएको थियो । त्यतिबेला इन्का साम्राज्य चरम उत्कर्षमा थियो । तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्यवादीहरूको विजय सँगै यो स्थान मानव रहित अवस्थामा पुगेको थियो । केही इतिहासकार तथा पुरातत्वविदहरू स्पेनिश हस्तक्षेप पूर्व नै Smallpox रोगका कारण यहाँका वस्तिहरू उजाड भइसकेका थिए भन्ने मत राख्छन । हुन त तत्कालिन अवस्थामा कुनै स्पेनिशले यस स्थानको यात्रा गरेको कुनै प्रमाण छैन तर कुनै पिचु भन्ने ठाउँ छ भन्नेकुरा चाही उनीहरूलाई थाह थियो । त्यो समयमा स्पेनिशहरूले अन्य पवित्र स्थानहरूमा रहेका चट्टानहरू ध्वस्त पारिदिएका थिए तर माचू पिचूमा रहेका चट्टानहरूमा कुनै विध्वंस गरिएको थिएन ।

इतिहासकार हीराम बिंह्यामले यस स्थानलाई इन्का समुदायले एक सुरक्षित वासस्थानको रूपमा प्रयोग गरेको तथ्य प्रस्तुत गरेका छन । उनका अनुसार माचू पिचू इन्का समुदायका 'Virgins of suns'को जन्मस्थल हो । पुरातत्वविदहरू जोन रोव र रिचर्ड बर्गरले गरेको एक अनुसन्धानले माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा विश्वका पुरातत्वविदहरूलाई विश्वस्त गरेको छ । अर्का अनुसन्धानकर्ता जोहन रेइनहार्डले उक्त स्थानको भौगोलिक अवस्थिति र त्यस क्षेत्रमा रहेका पहाडहरूका कारण नै माचू पिचूलाई इन्का समुदायले पवित्र स्थानको रूपमा चुनेको हुनसक्ने तथ्यहरू पेशगरेका छन । माचू पिचूबाट अन्तरीक्षमा हुने विभिन्न घटनाहरूको अवलोकन गर्न सहजहुने भएकोले पनि यो स्थान इन्का समुदायको लागि महत्वपूर्ण थियो ।

अर्का पुरातत्वविद जोहन रेइनहार्ड माचू पिचू इन्का समुदायको एक पवित्र धार्मिक स्थल थियो भन्ने विस्वास गर्छन । उनको सिद्धान्तले मुख्य रूपमा माचू पिचूको भौगोलिक अवस्थितिलाई जोड दिएको छ । उच्च पहाडी भूभागमा निर्माण गरिएको यो स्थान इन्का समुदायका लागि धार्मिक महत्व बोकेको पवित्र स्थल थियो त्यसैले उनिहरूले माचू पिचूलाई आफ्नो बासस्थान बनाए । रेइनहार्ड यसलाई "पवित्र भूगोल"को उपमा दिएकाछन । जुन पहाडको नामबाट माचू पिचूको नामाकारण गरियो त्यो पहाडमा निर्माण गरिएका संरचनाहरूमा इन्का समुदायका मानिसहरूले धार्मिक कार्यमा चढाएका सामग्रीहरू गाडिएको अवस्थामा पाइएका छन । यस्ता संरचनाहरू अन्य प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपिहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन् र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन् ।

एउटा अर्को सिद्धान्त अनुसार माचू पिचू इन्का समुदायको llaqta थियो, जुन तत्कालिन अवस्थामा विजय प्राप्त क्षेत्रहरूको अर्थव्यवस्थामा नियन्त्रण गर्न निर्माण गरिएको वस्ति थियो । त्यस्तै केही इतिहासकारहरू अझैसम्म पनि यो स्थान इन्का समुदायको बिरुद्ध जघन्य अपराध गर्ने अपराधिहरूको लागि एक जेलको रूपमा निर्मित गरिएको हुनसक्ने दावी गर्छन । एक वैकल्पिक सिद्धान्तले माचू पिचू एक कृषि परीक्षणस्थल थियो भन्ने तथ्यहरू समेत प्रस्तुत गरेको छ । उक्त स्थानमा सानो भूगोल भित्रनै गहरा निर्माण गरी विभिन्न अलग-अलग हावापानीमा हुर्कने बालीको परिक्षण सम्भव भएकोले इन्का समुदायले उक्तस्थानमा वस्ती निर्माण गरेका थिए । यो सिद्धान्तले माचू पिचूमा रहेका खेतियोग्य गहराहरू ठूलोमात्रामा अन्न उत्पादनको लागि नभएर कस्तो हावापानीमा कुन बाली लगाउन सकिन्छ भन्ने परिक्षणगर्नको लागि मात्र पर्याप्त भएको तथ्य प्रस्तुत गरेको छ । यो सहर देवताहरूको वासस्थानको रूपमा वा राजाहरूको राज्याभिषेकको लागि बनाइएको थियो भन्नेहरूको पनि कमि छैन ।

तत्कालिन इन्का साम्राज्यको राजधानी सहर कस्कोबाट करिब ८० किलोमीटर (५० मील)को दुरिमा रहेको भएपनि, स्पेनिशहरूले माचू पिचूको अस्तित्वको भेउपाउन सकेनन । फलस्वरूप जुन रूपमा अन्य इन्का सहरहरू स्पेनिशहरूबाट लूटिए वा नष्ट गरिए त्यो नियती यसले भोग्नुपरेन । समय बित्दैजाँदा वरपरका जङ्गलको वृद्दिसँगै उक्त स्थान बाहिरी दुनियासँग अलगियो, थोरै मानिसहरूले मात्र यो स्थानको बारेमा चालपाएका थिए ।

सन् १९११मा लिइएको माचू पिचूको तस्विर

सन् १९११को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे । हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको पूर्ण अवलोकन तथा सर्वेक्षण गरेपश्चात माचू पिचूलाई इन्का समुदायको हराएको सहर भनी नामाकरण गरे, यो बिंह्यामको पहिलो पुस्तकको शीर्षक पनि थियो । सन् १९१५ तिर बिंह्यामले धेरै पटक उक्त स्थानको भ्रमण गरे र त्यहाँ विभिन्न स्थलहरूमा उत्खनन गरी धेरै कलाकृतिहरू संकलन गरे । उनले आफ्नो जीवन अवधि भर माचू पिचूको आविस्कारको बारेमा धेरै पुस्तक तथा लेखहरू लेखे ।

सन् १९१३ अप्रिल महिना भर नेशनल जिओग्राफिक सोसाइटीले आफ्नो प्रकाशनमा माचू पिचूलाई स्थान दिएपछि दुनियाको नजरबाट हराएको यो सहर विस्तारै बाहिरी सन्सारमा परिचित हुन पुग्यो ।

सन् १९८१मा पेरूको सरकारले माचू पिचू र यस आसपासको ३२५.९२ वर्ग किलोमिटर क्षेत्रलाई 'ऐतिहासिक संरक्षित क्षेत्र' घोषणा गर्‍यो । यो संरक्षित क्षेत्रमा पुरातात्विक महत्वको भग्नावशेषका अलावा वानस्पतिक तथा जैविक विविधता युक्त घना जङ्गलहरू समेत रहेकाछन । आर्द्र तथा घना जङ्गलले ढाकेको यो क्षेत्र पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ ।

सनन् १९८३मा युनेस्कोले माचू पिचूलाई विश्व सम्पदा क्षेत्रको रूपमा घोषणा गर्‍यो । युनेस्कोले यस क्षेत्रलाई प्राचिन इन्का सभ्यताको वास्तुकलाको अनुपम र अतुलनीय नमुनाको रूपमा वर्णन गरेको छ ।

विश्व भरका स्मारक क्षेत्रहरूको संरक्षणमा योगदान पुर्याइरहेको विश्व स्मारक क्षेत्र संरक्षण कोष (World Monuments Fund)ले सन् २००८मा माचू पिचूलाई वातावरणीय ह्रासका कारण खतरामा परेका १०० स्थानहरूमा सुचिकृत गरेको छ । अनियन्त्रित पर्यटन, नजीकै रहेको सहर Aguas Calientesमा भइरहेका विकास निर्माणका कार्यले गर्दा यो क्षेत्रको वातावरण दिनप्रतिदिन खस्कदो अवस्थामा छ । अदालतको आदेश तथा सरकारी हस्तक्षेपको समेत बेवास्ता गर्दै Vilcanota नदीमा निर्माण भएको पुलले यस क्षेत्रमा मानिसको आवतजावत ह्वात्तै बढेको छ ।

प्रारम्भिक अध्ययन[सम्पादन गर्ने]

हुनत माचू पिचूलाई इतिहासकार हिराम बिंह्यामले नै बाहिरी विश्वसँग परिचित गराएका थिए तर उनी भन्दा पहिला नै अरू धेरै मानिसहरूले यसको अस्तित्वको बारेमा थाह पाइसकेका थिए । कस्को क्षेत्रमा लामो समय अनुसन्धान गरिसकेका सिमोन वाइसबर्डले सन् १९०१को जुलाई १४मा Enrique Palma, Gabino Sánchez र Agustín Lizárraga नामगरेका तीन व्यक्तिहरूले माचू पिचूमा भएका चट्टानहरूमा आफ्नो नाम खोपेका थिए भनेर दावी गरेका थिए । त्यस्तै सन् १९०४मा एकजना फ्र्याङ्कलिन नाम गरेका इन्जिनियरले टाढाको पहाडबाट माचू पिचूमा रहेको भग्नावषेस देखेका थिए भनिन्छ । उनले यस स्थानको बारेमा तत्कालिन बेलायती क्रिश्चियन मिसीनरी Thomas Payneलाई भनेका थिए भनेर Payneको परिवारले दावी गरेका थिए । उनीहरूका अनुसार सन् १९०६मा Payne र Stuart E. McNairn (१८६७-१९५६)ले माचू पिचूको भग्नावषेस सम्म पुगेर त्यसको अवलोकन पनि गरेका थिए ।

प्राप्त तथ्यहरू अनुसार जर्मनीका अगस्टो बर्न्स नाम गरेका एक व्यापारीले सन् १८६७मा माचू पिचू पत्ता लगाएर त्यहा भएका महत्वपूर्ण सामग्रीहरू उठाऐर लगेका थिए । त्यस्तै जेएम भन ह्यासल नाम गरेका जर्मन इन्जिनियरले पनि उक्त स्थानको यात्रा गरेका प्रमाणहरू पाइएका छन । इतिहासकारहरूले फेलापारेका केही नक्साहरूले माचू पिचू सन् १८७४ भन्दा अगाडि नै पत्ता लागिसकेको तथ्य प्रस्तुत गरेका छन ।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

माचू पिचू पृथ्वीको उत्तरी गोलार्द्धमा, भूमध्यरेखा देखि करिब १३ डिग्री दक्षिणमा अवस्थित छ । पेरुको प्राचिन सहर कस्कोबाट करिब ८० किलोमीटर उत्तरपश्चिममा रहेको माचू पिचू पहाडको काखमा रहेको यो स्थान समुन्द्री सतह देखि २,४५० मिटर अर्थात ८,०४० फिट उचाइमा रहेको छ । समुन्द्री सतह देखि ३,६०० मिटर अर्थात ११,८०० फिट उचाइमा रहेको इन्का समुदायको राजधानी सहर कस्को भन्दा होचो स्थानमा रहेको हुनाले माचू पिचूको हावापानी केही न्यानो छ । माचू पिचू दक्षिण अमेरिका भरिकै सबैभन्दा धेरै पुरातात्विक महत्वको स्थान हो भने पेरू तथा ल्याटिन अमेरिकाभरिकै सबैभन्दा धेरै मानिसले भ्रमण गर्ने पर्यटकीय गन्तव्य पनि हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Davey, Peter (अक्टोबर २००१), "Outrage: Rebuilding Machu Picchu, Peru", The Architectural Review 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]