माण्डव्य मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माण्डव्य ऋषिको तपोभूमिको रूपमा माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ। सन्त माण्डव्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काइ कुटेर छाडिदिए पछि उनको माडी फाँटको पूर्व दक्षिणमा अवस्थित सरापकोट भन्ने ठाउँमा गई माडी फाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस भनी श्राप दिएका हुँदा अहिले पनि अन्नप्राशन भातखुवाई गर्दा माडीफाँटको अन्न प्रयोग गरिदैन। यस सम्वन्धी विस्तृत विवरण पद्म पुराणमा छ।