मानव संसाधन व्यवस्थापन
मानव संसाधन व्यवस्थापन भनेको कुनै कम्पनी वा संस्थामा कार्यरत व्यक्तिहरूको प्रभावकारी र दक्ष व्यवस्थापनका लागि अपनाइने रणनीतिक तथा सुसंगत दृष्टिकोण हो, जसले संगठनलाई प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सहयोग पुर्याउँछ। यसको उद्देश्य नियोक्ताको रणनीतिक लक्ष्यहरू प्राप्त गर्नका लागि कर्मचारीहरूको कार्य प्रदर्शनलाई अधिकतम बनाउनु हो। मानव संसाधन व्यवस्थापनको केन्द्र बिन्दुमा मानिस रहन्छ। सङ्गठन र मानिस दुवैलाई एक अर्काको आवस्यकता पर्छ। दुवै एक अर्काको परिपुरक हुन। मानव संसाधन व्यवस्थापनको सरोकार सङ्गठनको मानवीय पक्षसंग हुन्छ। यो निरन्तर चलिरहने प्रक्रिया हो। सङ्गठनका लक्ष्यहरु प्राप्त गर्न मानव संसाधन महत्त्वपूर्ण हुन्छ। कर्मचारीहरूको कार्य सम्पादनमा सङ्गठनको प्रभावकारिता निर्भर रहन्छ।
मानिस हरूमा शक्ति र शारीरिक बल हुन्छ। तर काम गर्नका लागि क्षमता पनि हुनु पर्छ। क्षमता भनेको ज्ञान, सीप, मनोवृति, र विकसित हुने सम्भावना हो। शारीरिक शक्ति र मानसिक क्षमता को सङ्गम भएपछी मात्र मानिस मानव संसाधन हुन्छन्। मानव संसाधन व्यवस्थापन भनेको मानिसहरूको शक्ति क्षमताको व्यवस्थापन गर्नु हो। त्यसैले यसले मानिसहरूको क्षमताको विकासलाई जोड दिन्छ। यसले मानवीय साधनको प्राप्ति, विकास, उपयोग र अनुरक्षण गर्छ।
परिभाषा
[सम्पादन गर्नुहोस्]डेकेन्जो र रबिन्सका अनुसार
[सम्पादन गर्नुहोस्]मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र अनुरक्षण प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो।
फ्रेन्चका अनुसार
[सम्पादन गर्नुहोस्]मानव संसाधन व्यवस्थपन भन्नाले सङ्गठन भित्र मानिसको व्यवस्थापन सम्बन्धि दर्शन, कार्यविधि एवं अभ्यास लाई जनाउँछ। मानवीय संसाधन व्यवस्थापनको अवधारणामा निम्न कुराहरु मुख्य छन् :
- यो सङ्गठनमा निरन्तर चलिरहने प्रक्रिया हो। यो सबै तहका व्यवस्थापक हरूले गर्ने नियमित कार्य हो।
- यसले सङ्गठनको उद्देश्यहरु प्राप्त गर्न सघाउछ।
- यसले मानिसहरूको शक्ति र क्षमताको व्यवस्थापन गर्छ।
- यसले सक्षम मानवीय साधनहरूको प्राप्ति,विकास,उपयोग र अनुरक्षण गर्दछ।
- यसले मानिसहरूलाई रणनीतिक साधन ठान्दछ। मानव संसाधनसँग सम्बन्धित सबै कार्यहरू को समन्वय गर्छ।
विशेषताहरु
[सम्पादन गर्नुहोस्]- मानिस केन्द्रित
मानव संसाधन व्यवस्थापनको केन्द्रबिन्दु मानिस हुन्छ। सङ्गठनमा कम गर्ने मानिसहरूको शक्ति र क्षमताको व्यवस्थापन मा यो केन्द्रित हुन्छ।यसले मानिसको क्षमताको विकास र उपयोग गर्छ - व्यवस्थापन कार्य
मानव संसाधन व्यवस्थापनको एक महत्त्वपूर्ण व्यवस्थापकीय कार्य हो। यसले मानव संसाधन सम्बन्धि योजना बनाउने, योजना कार्यान्वयन गर्ने र मुल्यांकन गर्ने कार्य गर्दछ। - सर्वव्यापी कार्य
सङ्गठनमा मानव संसाधन व्यवस्थापन सर्वव्यापी कार्य हुन्छ। सबै तहका व्यवस्थापक हरूले यो कार्य गर्नु पर्छ। - निरन्तर प्रतिबद्धता
मानव संसाधन व्यवस्थापन पटके कार्य होइन। यो निरन्तर चलिरहने प्रक्रिया हो। यो वर्तमानक साथै भविष्यसँग सम्बन्धित हुन्छ। यसका लागि व्यवस्थापनको निरन्तर प्रतिबद्दता चाहिन्छ। - गतिशीलता
मानव संसाधन व्यवस्थापन गतिशील कार्य हो। वतावारनिय परिवर्तन संगै यो पनि परिवर्तन हुन्छ। राजनैतिक, कानुनी , सामाजिक, सांस्कृतिक ,र प्राविधिक परिवर्तनसँग यसले अनुकुलता स्थापित गार्छ। - एकीकृत प्रणाली
मानव संसाधन व्यवस्थापन एकीकृत प्रणाली हो। यसले मनावीय साधनको सर्वांगीण व्यवस्थापन गर्छ। प्राप्ति.विकास , उपयोग, र अनुरक्षण यसका अन्तरनिर्भर अङ्गहरु हुन्। - परस्परतामुखी
मानव संसाधन व्यवस्थापन परस्परतामुखी हुन्छ। यसले रोजगारदाता र कर्मचारी दुवैको हितलाई महत्त्व दिन्छ। दुवैको परस्पर हितका लागि मिलेर कम गर्ने वातावरण तयार पार्छ। लक्ष्यहरूको एकीकरण गर्छ।
उद्देश्यहरु
[सम्पादन गर्नुहोस्]- लक्ष्य प्राप्ति
- मानव संसाधन योजना तर्जुमा
- संरचना अनुरक्षण
- मानव संसाधन विकास
- उत्पादकत्व वृद्धि
- सूचना प्रवाह
- परिवर्तन व्यवस्थापन
कार्यहरु
[सम्पादन गर्नुहोस्]मुख्य लेख : मानव संसाधन व्यवस्थापनका कार्यहरु
- प्राप्ति staffing
- विकास developing
- उत्प्रेरणा motivation
- अनुरक्षण maintenance