मारिया मोन्टेस्सोरी
मारिया मोन्टेस्सोरी | |
---|---|
![]() | |
जन्म | इटाली | अगस्ट ३१, १८७०
मृत्यु | मे ६, १९५२ नेदरल्यान्ड | (८१ वर्ष)
निवास | नेदरल्यान्ड |
राष्ट्रियता | इटालेली |
धर्म | क्याथोलिक |
सन्तान | मारियो मोन्टेस्सोरी सिनियर |
मारिया मोन्टेस्सोरी (३१ अगस्ट, १८७० - ६ मे, १९५२) एक इटालेली चिकित्सक र शिक्षक हुन्। उनलाई प्रख्यात मानवीय र सर्वश्रेष्ठ शिक्षासम्बन्धी दर्शनको लागि जानिन्छ। उनले विकास गरेको शिक्षा पद्धति आज दुनियाभरका सार्वजनिक र निजी विद्यालयहरूमा प्रयोगमा छ।
जीवन तथा पेशा[सम्पादन गर्नुहोस्]
जन्म तथा परिवार[सम्पादन गर्नुहोस्]

मारिया इटालीमा जन्मिएकि थिइन्। उनका बाबु आलेसान्द्रो मोन्टेस्सरी त्यसबेला ३३ वर्षका थिए, र त्यसबेला अर्थ मन्त्रालयको एक स्थानीय अधिकारी थिए। उनी राज्यद्वारा सञ्चालित एक तमाखु कारखानामा काम गर्दथे । उनकी आमा २३ वर्षकी थिइन्। उनी त्यस समयमा राम्री, सम्पन्न तथा शिक्षित थिइन्। [१]
प्रारम्भिक शिक्षा[सम्पादन गर्नुहोस्]
मोन्टेस्सरी परिवार १८७३ मा फ्लोरेन्स सहरमा बसाइँ सरे र फेरि १८७५ मा बाबुको कामका कारणले रोममा सरे । मारिया १८७६ मा ६ वर्षको उमेरमा एक सार्वजनिक प्राथमिक स्कुलमा प्रवेश गरिन्। उनको प्रारम्भिक विद्यालय जीवन विशेष रूपले उल्लेखनीय थिएन[२]। हुन त उनलाई प्रथम ग्रेडमा राम्रो व्यवहारको लागि प्रमाणपत्र द्वारा सम्मानित गरिएको थियो भने अर्को वर्ष "महिलाहरूको कामको लागि" प्रमाणपत्र दिइएको थियो। [३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
