मार्ता अन्जुई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्ता अन्जुई
२०११ मा अन्जुई
व्यक्तिगत जानकारी
पुरा नाम मार्ता अन्जुई अर्दानिज
जन्म मिति (1988-07-04) ४ जुलाई १९८८ (उमेर ३५)[१]
जन्म स्थान बेर्रिोजर,स्पेन
उचाइ १.६९ मी (५ फिट ७ इन्च)
खेल्ने स्थान(हरू) मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
एफसी बार्सिलोना (महिला टिम)
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३-२००६ ओसासुना(महिला टिम)
२००६- एफसी बार्सिलोना (महिला टिम)
*क्लब घरेलु लिग उपस्थिति र गोल

मार्ता अन्जुई अर्दानिज (जन्म: ४ जुलाई १९८८, Marta Unzué Urdániz) स्पेनकी व्यवसायीक महिला फुटबल खेलाडी हुन्। यिनी हाल बार्सिलोनाको महिला फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछिन्। मुख्य रूपमा यिनी डिफेन्डिङ मिडफिल्डरका रूपमा मैदान उत्रने गर्दछिन्।[२] हाल उनी बार्सिलोनाको क्याप्टेनको रूपमा खेल्दछिन्।[३]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

यिनी सन् २००६ मा ओसासुना महिला टिमबाट बार्सा आएकि थिइन् जहाँ उनकी दिदी पनि थिइन् । जति बेला उनी बार्सा आएकी थिइन्, उक्त समय बार्सा लिग रेलिगेसनको चपेटामा थियो । उनले क्लबलाई रेलिगेसनबाट बचाउन ठूलो भूमिका निभाउनुका साथै क्लबमा आएकी चार वर्ष पछि नै उनी क्लबको क्याप्टेन भइन् ।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

मार्ताले शारीरिक क्रियाकलाप तथा खेल विज्ञानको विषयमा डिग्री पुरा गरेकी छिन् ।[५]

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

मार्ताको काका र दिदी फुटबल खेलाडी हुन्। त्यसैले, उनको परिवार फुटबलमय छ भन्न सकिन्छ ।[६]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

बार्सिलोना
  • प्रिमियर डिभिजन (४): २०११-१२,२०१२-१३,२०१३-१४,२०१४-१५
  • अन्य

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "Barca Femeni" 
  2. Profile in UEFA's website
  3. [१]
  4. Villarrubia, Begoña (३० अक्टोबर २०१५), "Las herederas de Unzué" (Spanishमा), Mundo Deportivo, अन्तिम पहुँच २९ अगस्ट २०१६ 
  5. https://www.linkedin.com/in/marta-unzue-urdaniz-9a537171
  6. "Juan Carlos Unzué. Un guardameta legendario" (Spanishमा), Sevillismo en Vena, १४ डिसेम्बर २०१५, अन्तिम पहुँच २९ अगस्ट २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]