मिसेल ओबामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिसेल ओबामा
२०१३ को मिसेल ओबामाको आधिकारिक फोटो
संयुक्त राज्य अमेरिकाका प्रथम महिला
पद बहाली
जनवरी २०,२००९
पूर्वाधिकारीलाउरा बुस
व्यक्तिगत विवरण
जन्म
मिसेल लाभाउन रोबिन्सन

सन् १९६४ जनवरी १७
सिकागो,संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि १९९२)
नाताक्रेग रोबिन्सन (भाइ)
सन्तान(हरू)मलिया एन ओबामा (ज. १९९८)
सासा ओबामा (ज. २००१)
निवास(हरू)सिकागो (निजी)
व्हाइट हाउस (आधिकारिक)
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५)
हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८)
जीवनवृतिअधिवक्ता
हस्ताक्षर

मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछि उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।[१][२]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रूपमा भयो । उनकै अनुसार उनी पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरूमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।

शिक्षा[सम्पादन गर्नुहोस्]

ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले आफ्नो मुटुको छिद्र भनेर अर्थ्याइन् । उनको साथी सुज्येन को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।

उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो[३] जसबाट उनीहरूको दुई छोरी पनि भए - मलिया र सासा ।

ओबामा परिवार, ११ डिसेम्बर २०११

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Donahue, Wendy, "Michelle Obama emerges as an American fashion icon", Chicago Tribune, अन्तिम पहुँच जुन ४, २०११ 
  2. "Michelle Obama settling in as a role model", Washington Times, अन्तिम पहुँच जुन ४, २०११ 
  3. Fornek, Scott (अक्टोबर ३, २००७), "Michelle Obama: 'He Swept Me Off My Feet'", Chicago Sun-Times, मूलबाट डिसेम्बर १४, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २००७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १४, २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]