मुक्तक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मुक्तकलाई गजल कै लघु रुपमा बुझ्न सकिन्छ | मुक्तक साहित्यको एउटा बिधा हो। खास गरि मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रुपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो । तर यसमा गजल जस्तो असिमित हरफ राख्न मिल्दैन | मुक्तकमा बढीमा पनि चार र घटीमा पनि चार हरफ नै हुनुपर्छ | तेस्रो हरफ स्वतन्त्र हुन्छ भने बाँकी हरफमा काफिया मिलेको हुनुपर्छ।

मुक्तकमा राखिएका काफियालाई भने अनुप्रास भन्ने गरिन्छ।[स्रोत नखुलेको] |

परापुर्बकालमा गीत गाएर दोहोरी खेल्ने क्रममा शब्दहरूलाई टुक्काको रुपमा छोटकरीमा मिलाएर गाईने चलनबाट नै मुक्तकको विकास भएको पाईन्छ। त्यस्तै टुक्के गीतहरुलाई लय र समय मिलाएर गाउदै जाँदा त्यसलाई नगाएर वाचन गर्न थाले पछि मुक्तकको विस्तार हुदै गएको पाईन्छ। मनको भावलाई स्वतन्त्र र लयात्मक तरिकाले निष्चित हरफमा उद्रित गर्नु नै मुक्तक हो।

मुक्तक परिचय र लेखन

भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरिएको छ | कृपया यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला | अन्य कुनैपनि कला वा सिप हासिल गर्नको लागि (जस्तै राम्रो मुक्तक लेख्न) निरन्तर अभ्यास, अध्यन र साधना जरुरी हुन्छ |वास्तबमा मुक्तक अग्नि पुराण बाट प्रार्दुभाव भएको हो /

मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो | मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ | हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंश लाई अनुप्रास भनिन्छ | मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ | दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ | समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ | तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ | चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ | मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ |

मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ | लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०/२२ भन्दा कम अक्षर भए राम्रो हुन्छ| कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन | सकेसम्म सबै हरफहरु एकै लम्बाइका हुनुपर्छ ताकि सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस् | (अभ्यस्त मुक्तकारहरूले धेरै स्वरवर्णको प्रयोग गरेर सजिलोसँग पढ्न मिल्नेगरी लामा हरफहरू पनि कोर्न सक्छन्, त्यतातिर अहिले नजाऔँ ।) चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन | मुक्तकले भाव र गहिराइको माग राख्दछ | एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ | मुक्तकका हरफहरु बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ | —————— माथि भर्खरै पढ्नुभएको नियम र मुक्तक राम्रो बनाउने तत्वहरुलाई उदाहारणमा हेरौं:-

मुक्तकः १ ( लेखक: भूपि शेरचन )

प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान) प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब ) चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क) बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ | ( मार हान्ने हरफ )

माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरु “अनुप्रास’ हुन् | यो मुक्तकले “चाकडी प्रवृति” को बारेमा बोलेको छ, व्यंग्यात्मक भाषामा |

मुक्तक : दुई लेखक दिपेन्द्र " अश्रुमाली"

हरेक दुख गरि गरि पढ्ने पो त महान ।(उठान)

काडा घारी बाटै अघि बढ्ने पो त महान (समर्थन)

दुनियाले खुट्टा तान्छन भनी किन डराउछौँ।? (स्वतन्त्र हरफ मार हान्न तयार)

खुट्टा तान्दा तान्दै सिखर चढ्ने पो त महान । (मार हान्ने हरफ)

मुक्तकः ३ (लेखक: कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट)

आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी (पृष्ठभूमि वा उठान) म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी (पृष्ठभूमिको लागि थप समर्थन) आऊ अझ मेरा झरेका सपनाका पातहरुमा टेकेर (स्वतन्त्र हरफ जसले लक्षभेदन गर्छ) क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी । (लक्ष भेदनको परिणाम, प्रभाव दिन्छ ।)

हामीलाई लाग्छ, यी तीन वटा मुक्तकले चतुष्पदीय मुक्तक संरचना र मुक्तकको आधारभूत रूप, सार र सौन्दर्य पक्षबारे धेरथोर जानकारी दिन्छन् । नोट :  (क) मुक्तक शब्द संस्कृत भाषा साहित्यबाट लिएको हो भने रुवाई फारसी उर्दु कविता परम्पराको देन हो । (ख) ‘मुक्तक’ बहर वा छन्दमै रचिएको हो भनी चिनाइएको पाइँदैन भने प्राचिन ‘रुबाइ’ बहर वा छन्दमै रचिएको पाइन्छ । (ग) मुक्तकका सबै पंक्तिमा अक्षर र मात्रागत समानता अनिवार्य देखिँदैन तर रुबाईका सबै पंक्तिमा अक्षरगत वा मात्रागत समानता देखिन्छ ।

केहि मुक्तकहरु[सम्पादन गर्ने]

न काम भेट्टिन थाल्यो न नाम भेट्टिन थाले

बिग्रिएछ सहर सब्बै बदनाम भेट्टिन थाले

खोज्दै थिए म यहा पाप भकारि फोड्नेहरु

तर न कृष्ण भेट्टिन थाले न राम भेट्टिन थाले