सामग्रीमा जानुहोस्

मेनका गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेनका गान्धी
Member of Parliament
for संसद सदस्य लोकसभा निर्वाचन क्षेत्र
पद बहाली
२००९
पूर्वाधिकारीकुवँर सर्वराज सिंह
Member of Parliament
for पिलभित
कार्यकाल
१९८९–२००८
पूर्वाधिकारीभानु प्रताप सिंह
उतराधिकारीवरुण गान्धी
राज्य मन्त्री (कार्यक्रम कार्यान्वन एवं तथ्याङ्क)
कार्यकाल
१८ नोभेम्वर २००१  ३० जुन २००२
राज्य मन्त्री (संस्कृति)
कार्यकाल
१ सेप्टेम्बर २००१  १८ नोभेम्वर २००१
सामाजिक न्याय एवं सशक्तिकरण राज्य मन्त्री
कार्यकाल
१३ अक्टोबर १९९९  १ सेप्टेम्बर २००१
व्यक्तिगत विवरण
जन्म(१९५६-०८-२६)अगस्ट २६, १९५६
राजनीतिक दलभारतीय जनता पार्टी
जीवनसाथीसञ्जय गान्धी
सन्तानवरुण गान्धी
As of 18 June, 2006
Source: Government of India

मेनका गान्धी (जन्म: २६ अगस्ट १९५६, दिल्ली, जन्मनाम: मोनिका आनन्द) एक भारतीय राजनीतिज्ञ, पशु अधिकार अभियन्ता तथा पूर्व पत्रकार हुन्। उनी विभिन्न समयमा भारत सरकारका मन्त्री रहिसकेकी छन्। उनी नेहरू-गान्धी परिवारकी सदस्य हुन्।

प्रारम्भिक काल

[सम्पादन गर्नुहोस्]

मेनका गान्धीको जन्म दिल्लीमा लेफ्टिनेन्ट कर्नल तरलोचन सिंह आनन्द र अम्तेश्वर आनन्दको सिख परिवारमा भएको थियो। उनले प्रारम्भिक शिक्षा लरेन्स स्कूल, सनावर(हिमाचल प्रदेश) मा प्राप्त गरिन् र त्यसपछि लेडी श्रीराम कलेजमा (नयाँ दिल्ली) बाट उच्च शिक्षा हासिल गरिन्। उनले सन् १९७४ मा सञ्जय गान्धीसँग विवाह गरिन्, जो तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका कान्छा छोरा थिए। सन् १९८० मा सञ्जय गान्धीको विमान दुर्घटनामा निधन भएको थियो।

राजनीतिक कैरियर

[सम्पादन गर्नुहोस्]

सञ्जय गान्धीको निधनपछि मेनका गान्धी सक्रिय राजनीतिमा प्रवेश गरिन्। सन् १९८३ मा उनले सञ्जय विचार मं स्थापना गरिन्। पछि उनी जनता दलमा आबद्ध भइन्। सन् १९८९ मा उनी उत्तर प्रदेशको पिलभित निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित भएकि थिईन्। उनले सन् १९८९ देखि १९९१ सम्म विश्वनाथ प्रताप सिंहको मन्त्रिमण्डलमा वातावरण तथा वन मन्त्रीका रूपमा कार्य गरेकि थिईन्। सन् १९९६ र १९९८ मा उनी पुनः पिलभितबाट लोकसभामा निर्वाचित भइन्। पछि उनी भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध भइन् र सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयमा राज्यमन्त्री तथा अन्य विभिन्न मन्त्रालयहरूमा मन्त्रीको रूपमा सेवा गरिन्। उनका छोरा वरुण गान्धी भारतीय राजनीतिमा सक्रिय छन् र भारतीय जनता पार्टीका नेता हुन्।

मेनका गान्धी भारतमा पशु अधिकारका क्षेत्रमा सक्रिय अभियन्ता हुन्। उनले सन् १९९२ मा People for Animal नामक गैरसरकारी संस्थाको स्थापना गरिन्। जसले पशु संरक्षण तथा कल्याणका क्षेत्रमा काम गर्दछ। उनी शाकाहारी हुन् र पशु अधिकार, वातावरण तथा सामाजिक विषयमा पुस्तकहरू लेखेकी छन्।

राजनीतिमा प्रवेश गर्नु अघि उनी पत्रकारितामा संलग्न थिइन्। उनी ‘सूर्या’ पत्रिकासँग सम्बन्धित थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]