मेलम्ची बाढी २०७८
को भाग | |
मिति | २ असार २०७८ – जारी |
---|---|
स्थान | मेलम्ची र हेलम्बु[१] |
मृत्यु | ६[२] |
२०७८ असार २ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। बाढीका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ जसमा दुई चिनियाँ र एक भारतीय नागरिक रहेको जनाइएको थियो।[३] बाढीका कारण बीस जना भन्दा बढी बेपत्ता भएका थिए।[४]
कारण र पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोको बढी जाने क्षेत्रहरू मध्ये पर्दछ भने यस जिल्लाका अधिकांश क्षेत्रहरू बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् जसको कारण भौगर्भिक बनावटलाई लिन सकिन्छ। २०७३ सालमा भोटेकोसी र सुनकोसीमा आएको बाढी आएको थियो। ७१ सालमा आएको पहिरोको कारणबाट पनि राम्चेमा १४५ जनाको मृत्यु भएको थियो। भुगर्भविद्ले सिन्धुपाल्चोकमा बस्ती गलत ठाउँमा बसेको कारण बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएका थिए।बाढी जानुको प्रमुख कारण भने भारी वर्षा नै हो। २०७८ असार १ गते, करिब साँझको ६ बजे मापन गरिएको जलसतह मापन गरिएको थियो जसमा जलसतह ४.७ बाट ह्रास हुँदै ३ मा पुगेको थियो भने भारी वर्षाका कारण जलसतह बढेर ६ मिटर पुगेको थियो। मेलम्ची खोला थुनिएका कारण बाढी गएको हुनसक्ने अनुमान गरिएको थियो।[५] ७२ सालको महाभूकम्पका कारण त्यस क्षेत्रमा पहिरोको जोखिम बढेको थियो। पहिरो गएर नदी थुनिएका कारण बाढी गएको अनुमान गरिएको थियो।[६] मेलम्ची र इन्द्रावती नदीको बहावका कारण मेलम्ची बजार जलमग्न भएको थियो। उत्तरपूर्वबाट आएको इन्द्रावती नदी र उत्तरपश्चिमबाट आएको मेलम्ची नदी, मेलम्ची बजारमा गाँसिन्छन् भने भारी वर्षाका कारण दोभानबनट तल बग्दा यसको दिशा र छालमा परिवर्तन आई बाढी बस्तीमा पसेको थियो।[७]
प्रभाव
[सम्पादन गर्नुहोस्]बाढीका कारण मेलम्ची खानेपानी आयोजना डुबानमा परेको थियो भने यसमा कार्यरत कर्मचारीहरू घाइते समेत भएका थिए।[८] बाढीका कारण २० जना भन्दा बढी बेपत्ता भएका थिए।[९] यसले उक्त क्षेत्रको घर वस्ती, पुल, सडक र खेतीयोग्य जमिन पनि बगाएको थियो। प्रभावित क्षेत्रमा बिजुली बत्ती पनि गएको र सञ्चारको साधनले पनि काम नगरेको बताइएको थियो।बाढीको प्रकृति पहिलोको भन्दा फरक भएको र यसले लेदो समेत बगाएर ल्याएको थियो।[१०] बाढी आउनु भन्दा अगाडि दिइने पूर्व सूचना प्रणालीले काम नगरेता पनि उक्त क्षेत्रका बासिन्दा बाढी सहर पस्नु अगावै निस्कन सफल भएका थिए। मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगाएको थियो।[११]
प्रतिक्रिया
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सिन्धुपाल्चोकको भीषण बाढीमा कम्तीमा सातको मृत्यु, कैयौँ विस्थापित"। बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्ची बाढीमा मृतक ६ जनाको पहिचान, १० जना अझै बेपत्ता"। नेपाल समय। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्चीको बाढी बेपत्ता दुई चिनियाँ र एक भारतीयको शव फेला"। खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्ची बाढी : २० बेपत्ता मध्ये हेलम्बु गाउँपालिकाका १२ जना(सूचीसहित)"। नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ जगत देउजा। "मेलम्ची विपदको कारण र असरको खोजी" (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "बाढीपछिको मेलम्ची बजार [तस्बिरहरू]" (नेपाली) भाषा)। कान्तिपुर दैनिक। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "किन आयो मेलम्चीमा यति भीषण बाढी ? यस्ता छन् प्रारम्भिक तथ्य"। केन्जो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्ची खानेपानी आयोजना पनि डुब्यो"। देशसञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्ची बाढी अपडेट : बेपत्ताको सङ्ख्या २० पुग्यो, खोजी जारी (नामावलीसहित)"। नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्चीमा फेरि विनाशकारी बाढी"। नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१।
- ↑ "मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगायो" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १९ जुन २०२१।