मेसोजोइक महाकल्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसोजोइक इरा

Mesozoic Era


२५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पूर्व

251.902–66 million years ago

मेसोजोइक महाकल्पको मुख्य घटनाक्रम

Key events in the Mesozoic

-260 —
-240 —
-220 —
-200 —
-180 —
-160 —
-140 —
-120 —
-100 —
-80 —
-60 —
An approximate timescale of key Mesozoic events.
Axis scale: millions of years ago.
मेसोजोइक इरामा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप भएको थियो ।

मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा सरीसृपहरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।

भौगर्भिक समय[सम्पादन गर्नुहोस्]

  • ट्रायासिक :डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति
  • जुरासिक: घस्रने जन्तुहरूको प्रभुत्व, डाइनोसर र अन्य जन्तुहरूको उत्पत्ति र विकास
  • कृटासीयस : फुल फुल्ने बिरुवाहरू र विभिन्न किराहरूको उत्पत्ति एवम् डाइनोसर र ठुला घस्रने जन्तुहरूको विनाश

जीवहरूको प्रादुर्भाव[सम्पादन गर्नुहोस्]

डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति

सन्दर्भ[सम्पादन गर्नुहोस्]