मोबिफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोबिफोन
व्यवसाय प्रकार
सिमित दायित्व कम्पनी
उद्योगमोबाइल, दूरसञ्चार
स्थापित१७ अप्रिल १९९३
केन्द्रीय कार्यालयहनोई, भियतनाम
मुख्य व्यक्ति
काओ डाई हेइ (कार्यकारी)
उत्पादनहरूमोबाइल सञ्जाल, दूरसञ्चार सेवाहरू
ब्रान्डहरूमोबिफोन
राजश्व४०.८ ट्रिलियन भियतनामी डङ [१]
परिचालन आय
६.६ ट्रिलियन
कर्मचारी सङ्ख्या
लगभग ३०००
वेबसाइटwww.mobifone.vn

मोबिफोन (भियतनामी: Tổng công ty Viễn Thông MobiFone) वा सामान्यतया मोबिफोन भियतनामको प्रमुख मोबाइल सञ्जाल सञ्चालक मध्ये एक हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यसको स्थापना १६ अप्रिल १९९३ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवातकर्ताको रूपमा भएको थियो। मोबिफोन भियतनामको सबैभन्दा पुरानो र हालको तेस्रो ठूलो दूरसञ्चार प्रदायक कम्पनी हो।[२] यसले सुरुवातमा ब्राण्ड नाम मोबिफोन राखि विमोसप्र ९००/१८०० सञ्चालन गरेको थियो।

मोबिफोन सञ्चालनको मुख्य क्षेत्र भनेको सञ्जालको विकास गर्नु हो। मोबिफोनले धेरै दूर्दशन कार्यक्रमहरूको प्रायोजन गरिसकेको छ। विशेष गरी सन् २०१७ मा, मोबिफोनले डानङमा तीनवटा प्रमुख कार्यक्रमहरूको प्रायोजन गरेको थियो जसमा डानङ अन्तर्राष्ट्रिय चाडपर्व मेला जून अप्रिल ३० देखि जून २४, २०१७ सम्म आयोजना गरिएको थियो। कम्पनीले दूरसञ्चार सेवाहरू एसिया प्रशान्त आर्थिक सहयोग निगममा पनि प्रदान गर्दै आइरहेको छ। यसले नोभेम्बर २४ देखि २८ गते सम्म आयोजना भएको २०अौँ भियतनाम चलचित्र मेलाको पनि प्रायोजन गरेको थियो।

इतिहास वा विकास[सम्पादन गर्नुहोस्]

सन् २०१८[सम्पादन गर्नुहोस्]

१५ सेप्टेम्बर २०१८ देखि, ११ अङ्कको सम्पर्क नम्बरहरूलाई १० अङ्कमा घटाइएको थियो।

सन् २०१७[सम्पादन गर्नुहोस्]

श्री एनजुएन मनाह थाङलाई मोबिफोन दूरसञ्चार निगम विभागको सदस्यहरूको अध्यक्षको रूपमा नियुक्त गरिएको थियो।

सन् २०१५[सम्पादन गर्नुहोस्]

अप्रिल २१: श्री लि नाम ट्रा सदस्य विभागका अध्यक्षको रूपमा नियुक्त गरिएका थिए र श्री काओ डु हे मोबिलिटी दूरसञ्चार निगमको निर्देशकको रूपमा नियुक्त गरिएको थियो। सूचना तथा सञ्चार मन्त्रालयको अधिनमा यो निगमको रूपमा स्थापना गरिएको थियो जसको नाम मोबिफोन दूरसञ्चार निगम राखिएको थियो।

सन् २०१४[सम्पादन गर्नुहोस्]

जून २६: श्री माइ भान विन्ह मोबाइल जानकारी कम्पनीका अध्यक्षको रूपमा नियुक्त गरिएको थियो।

अगष्ट १३: श्री लि नाम ट्रा मोबाइल जानकारी कम्पनीको निर्देशकको रूपमा नियुक्त गरिएका थिए।

मोबिफोन सन् २०१४ देखि भियतनाम हुलाक तथा दूरसञ्चार समूहबाट छुट्टिएको छ।

सन् २०१०[सम्पादन गर्नुहोस्]

१) कम्पनीको सेयरको प्रक्रियाले म्याद पूर्ण गर्न नसकेका कारण भियतनामी सरकारले यसलाई सरकारी स्वामित्वको कम्पनीबाट सिमित दायित्व कम्पनीको रूपमा स्थानान्तरण गरेको थियो।

२) डिसेम्बर २०१० मा, श्री लि एनगक मिन्ह भियतनाम हुलाक तथा दूरसञ्चार समूहको विभागीय सदस्यको अध्यक्षको रूपमा नियुक्त गरिएको थियो र श्री माइ भान विन्ह कम्पनीका निर्देशकको रूपमा नियुक्त गरिएका थिए। [३]

सन् २००९[सम्पादन गर्नुहोस्]

मोबिफोन चारवटा दूरसञ्चार कम्पनीहरू मध्ये तेस्रो पुस्ता सेवा सञ्चालन गरिरहेका भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले बताएको थियो। [४] मोबिफोन दोस्रो, तेस्रो पुस्ता प्रदायक हो (डिसेम्बर २००९)।

सन् २००८[सम्पादन गर्नुहोस्]

१) मोबाइल जानकारी केन्द्रको स्थापना।

२) मोबाइल जानकारी कम्पनीको स्थापना भएको १५ वर्ष मनाएको थियो।

३) मूल्य अभिवृद्धि सेवा केन्द्रको स्थापना गरिएको थियो।

४) मोबिफोनले भियतनामको मोबाइल दूरभाष सदस्यता बजार साझेदारीमा पहिलो स्थान ओगटेको थियो।

सन् २००७[सम्पादन गर्नुहोस्]

२० जून २००७ मा, मोबिफोनले आफ्नो नयाँ ब्राण्डको पहिचान परिवर्तन गरेको थियो।

अगष्ट २००७, भुक्तानी योजनाको सुरुवात।

सन् २००५[सम्पादन गर्नुहोस्]

कम्पनीले स्वीडेनको किनेभिक/कमभिकसँगको सम्झौता रद्द गरेको थियो।

भियतनाम सरकार र हुलाक तथा दूरसञ्चार मन्त्रालयले (हाल सूचना र सञ्चा। मन्त्रालय) शेयरमूल्य बेच्ने निर्णय गरेको थियो।

श्री लि एनगक मिन्ह, डिन्ह भान फुकको अवकाश पछि कम्पनीको निर्देशकको रूपमा नियुक्त भएका थिए।

सन् १९९५[सम्पादन गर्नुहोस्]

तेस्रो मोबाइल दूरसञ्चार सेवा केन्द्रको स्थापना

सन् १९९४[सम्पादन गर्नुहोस्]

पहिलो तथा दोस्रो मोबाइल दूरसञ्चार सेवा केन्द्रको स्थापना

सन् १९९३[सम्पादन गर्नुहोस्]

भियतनाम मोबाइल दूरसञ्चार सेवा कम्पनीको स्थापना।

बजार साझेदारी तथा प्रतिस्पर्धीहरू[सम्पादन गर्नुहोस्]

यसका मुख्य प्रतिस्पर्धीहरू भिट्टेल जसको बजार साझेदारी ४०.६७% रहेको छ यसका साथै भिनाफोन ३०%, भिनाफोन, भियतनाम हुलाक तथा दूरसञ्चार समूहको नियन्त्रणमा रहेको छ।[२] यी तीनवटा कम्पनीहरूले भियतनामको दूरसञ्चार क्षेत्रमा लगभग ९०% बजार साझेदारी गरेका छन् [२] र बाँकी जिमोबाइल र एस-फोनका एकदमै न्यून ग्राहकहरू रहेका छन् र अर्को महत्त्वपूर्ण प्रतिस्पर्धी भनेको भियतना मोबाइल हो जसको बजार साझेदारी ८% रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "77,6% lợi nhuận VNPT đến từ MobiFone", Gafin.vn, ४ जनवरी २०१३, मूलबाट ७ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  2. २.० २.१ २.२ २.३ "Năm 2012 khó khăn của các mạng di động nhỏ", Gafin.vn, ३ जनवरी २०१३, मूलबाट ६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  3. Quyết định số 877/QĐ-BTTTT ngày 27/6/2014 của Bộ trưởng Bộ TT&TT quyết định chuyển quyền đại diện chủ sở hữu Nhà nước tại Công ty TNHH một thành viên Thông tin di động từ Tập đoàn BCVT Việt Nam VNPT về Bộ TT&TT, có hiệu lực từ 01/07/2014
  4. [१]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]