मोहम्मद नाईम इसलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाईम इसलाम
व्यक्तिगत जानकारी
नाममोहम्मद नाईम इसलाम
जन्म (1986-12-31) ३१ डिसेम्बर १९८६ (उमेर ३७)
गाईबान्धा, बङ्गलादेश
उपनामपोक्का निम
ब्याटिङदायाँ-हाते
बलिङदायाँ हाते
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ५१)१७ अक्टोबर २००८ v न्युजिल्यान्ड
अन्तिम टेस्ट२१–२५ नोभेम्बर २०१२ v वेस्ट इन्डिज
एदिअ पदार्पण (क्याप ९१)९ अक्टोबर २००८ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१ मार्च २०१४ v अफगानिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक७७ हनलको क्लब: बेर्किनहेड पार्क
घरेलु टोली जानकारी
वर्षटिम
२००४–२०११राजशाही विभाग
२०११–हालरङ्पुर विभाग
२०१३–हालचट्टग्राम किङ्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट क्रिकेट एकदिवसीय अन्तर्राष्ट्रिय प्रथम श्रेष्ठ क्रिकेट लिष्ट ए क्रिकेट
म्याच ४९ ७२ १२१
कुल रन ४१६ ९७५ ४,२८८ ३,०४८
ब्याटिङ औसत ३२.०० २७.०४ ४१.२३ ३५.८५
१००/५० १/१ ०/५ १२/२१ ४/१७
सर्वोच्च स्कोर १०८ ८४ १३७* १२१*
कुल बल ५७४ १,७४३ ३.३४४ २,७५०
विकेट ३५ ३७ ६१
बलिङ औसत ३०३.० ४०२० ४४.५१ ३५.८१
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/११ ३/३२ ५/५० ४/३२
क्याच/स्टम्प २/– १९/– ४६/१ ५३/२
स्रोत: ESPNcricinfo, १ मार्च २०१४
मोहम्मद नाईम इसलाम
मेडल रेकर्ड
पुरुष क्रिकेट
 बङ्गलादेशको प्रतिनिधित्व गर्दै
एसियाली खेलकुद
सवर्ण पदक – पहिलो स्थान २०१० एसियाली महिना टिम

मोहम्मद नाईम इसलाम (बङ्गाली: নাঈম ইসলাম) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्। नाईम हाल चट्टग्राम स्थित चिटागाङ भाइकिङ्स क्रिकेट क्लबमा आवद्ध छन्।

घरेलु कार्यकाल[सम्पादन गर्नुहोस्]

नाईम इसलामले सन् २००४-०५ संस्करणमा राजशाही विभाग प्रतिनिधित्व गर्दै घरेलु क्रिकेटमा पर्दापण गरेका थिए भने यस अघि नाईमले सन् २००३-०४ १९ वर्ष मुनिको क्रिकेट विश्वकपमा पनि बङ्गलादेशको प्रतिनिधित्व गर्दै खेलेका थिए भने घरेलु क्रिकेटमा निरन्तरता दिएका नाईमले ९ अगष्ट २००८ का दिन न्युजिल्याण्ड विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए।[१] सन् २०११ सम्म नाईमले प्रथम श्रेणीको क्रिकेट खेलमा ७ शतक र १७ अर्घशतक रन बनाएका थिए भने घरेलु क्रिकेट अन्तर्गतको बरिशाल विभाग विरुद्धको एक खेलमा नाईमले उनको व्यक्तिगत सर्वाधिक १३६ रन बनाउन सफल भएका थिए। [२]

सन् २०१७-१९ ढाका प्रिमियर विभाग क्रिकेट अन्तर्गत नाईमले लिजेण्ड अफ रापगञ्जको प्रतिनिधित्व गर्दै उक्त लिगका १६ खेलअरूमा ७२० रन बनाउन सफल भएका थिए जसका कारण उनी उक्त प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए। सन् २०१८-१९ राष्ट्रिय क्रिकेट लिगमा उनले रङ्पुर विभागको प्रतिनिधित्व गर्दै ६ खेलमा कुल ४४४ रन बनाउन सफल भएका थिए भने उक्त प्रतियोगितामा उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए। नाईमले सन् २०१८-१९ बङ्गलादेश क्रिकेट लिगमा पनि ६ खेलमा सर्वाधिक ५२२ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।[३]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

१४ खेलाडीहरूको असहमति पछि अस्वीकार्य भारतीय क्रिकेट लिगको ढाका वरियर्स टोलीका लागि बङ्गलादेशले नयाँ खेलाडीहरू टोलीमा ल्याउन बाध्य बनेको थिए।[४] सन् २००८ मा बङ्गलादेश र न्युजिल्याण्ड विरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको श्रृङ्खलामा नाईम इसलाम सहित दुई खेलाडीहरूलाई बङ्गलादेशको राष्ट्रिय खेलाडीको सूचीमा राखिएको थियो जसले यसअघि कुनै पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेलेका थिएनन्।[५] मुख्य खेलाडी चयनकर्ता रफीकुल आलमले इसलामले नाईमले घरेलु खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई पनि छनोट गरेको बताएका थिए। उनले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेलेका थिए तर उनी बलको सामना नगरी रन आउट भएका थिए।[६] न्युजिल्याण्ड विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलाको अन्तिम खेलमा भने नाइमले उत्कृष्ट प्रदर्शन गरेका थिए जुन खेल चट्टग्राममा आयोजना गरिएको थियो।[७] उक्त खेलमा नाईमले अविजित रहँदै ४६ रन जोडेका थिए तर बङ्गलादेश न्युजिल्याण्डसँग ७९ रनले पराजित भएको थियो। १८ अक्टोबर २००८ का दिन नाईमले बङ्गलादेशको प्रतिनिधित्व गर्दै न्युजिल्याण्डको विरुद्धमा पहिलो टेस्ट खेल खेलेका थिए जहाँ उनले कुल ३३ रन बनाउन सफल भएका थिए।[८] नोभेम्बरको अन्तमा आयोजना भएको २०१० एसियाली खेलकुदमा खेलेको १३-जना बङ्गलादेशी टोलीमा नईम पनि छनोट भएका थिए।[९] बङ्गलादेशले फाइनलमा अफगानिस्तान सामना गरेको थियो भने उक्त खेल बङ्गलादेशले पाँच विकेटले जित्दै एसियाली खेलकुदमा देशको पहिलो स्वर्ण पदक जित्न सफल भएका थिए।[१०] बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०१२ मा एक टि ट्वेण्टी राष्ट्रिय लिग बङ्गलादेश प्रिमियर लिगको स्थापना गरेको थियो भने यो प्रतियोगिताको शुरूवात संस्करणमा ६ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेका थिए भने यो प्रतियोगितातम फेब्रुअरी २०१२ देखि खेलाइएको थियो।[११] टोलीलाई खेलाडीहरू किन्नको लागि लिलामी आयोजित गरिएको थियो भने नईमलाई सिलेट रोयल्सले ९०,००० मा खरिद गरेको थियो।[१२][१३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Dhaka Premier Division Cricket League, 2017/18: Legends of Rupganj", ESPN Cricinfo, अन्तिम पहुँच ५ अप्रिल २०१८ 
  2. "National Cricket League, 2018/19 - Rangpur Division: Batting and bowling averages", ESPN Cricinfo, अन्तिम पहुँच ८ नोभेम्बर २०१८ 
  3. "Bangladesh Cricket League, 2018/19 - North Zone (Bangladesh): Batting and bowling averages", ESPN Cricinfo, अन्तिम पहुँच २७ डिसेम्बर २०१८ 
  4. "Bangladesh include three uncapped players", Cricinfo, ६ अक्टोबर २००८, अन्तिम पहुँच ७ नोभेम्बर २००८ 
  5. "Naeem set for Test debut", Cricinfo, १६ अक्टोबर २००८, अन्तिम पहुँच ७ नोभेम्बर २००८ 
  6. Taylor Century Sets Up Series Win For New Zealand[dead link], Cricket World, 14 October 2008
  7. "Naeem and Mahbubul get Test call-ups", Cricinfo, १४ अक्टोबर २००८, अन्तिम पहुँच ७ नोभेम्बर २००८ 
  8. "Test no. 1888: New Zealand in Bangladesh Test Series – 1st Test: Bangladesh v New Zealand", Cricinfo, १७ अक्टोबर २००८, अन्तिम पहुँच ७ नोभेम्बर २००८ 
  9. "Asian Games Men's Cricket Competition, 2010/11: Bangladesh squad", Cricinfo, ८ नोभेम्बर २०१०, अन्तिम पहुँच २५ जुलाई २०११ 
  10. "Bangladesh wins first Asian Games gold medal", BBC News, २६ नोभेम्बर २०१०, अन्तिम पहुँच ४ फेब्रुअरी २०११ 
  11. Engineer, Tariq (२८ डिसेम्बर २०११), Bangladesh Premier League to begin on February 9, Cricinfo, अन्तिम पहुँच २० जनवरी २०१२ 
  12. Isam, Mohammad (१९ जनवरी २०१२), Afridi and Gayle fetch highest BPL prices, Cricinfo, अन्तिम पहुँच २० जनवरी २०१२ 
  13. Bangladesh Premier League: players standing after auction (PDF), Cricinfo, अन्तिम पहुँच २० जनवरी २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]