म्याप माई इन्डिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याप माई इण्डिया
साइटको प्रकार
नक्सा, पथ प्रदर्शन सेवा
संस्थापित१९९२; ३२ वर्ष अघि (१९९२)
मुख्यालयहरूनयाँ दिल्ली [१]
सेवा क्षेत्रभारत, नेपाल, बङ्गलादेश
मालिकसिई इन्फो सिष्टम्स निजी लिमिटेड
संस्थापक (हरू)राकेश भर्मा, रश्मी भर्मा
मुख्य व्यक्तिहरूसिवालिक प्रसाद (निर्देशक), रोशन भर्मा (कार्यकारी), सपना अबुजा (सञ्चालन), अङ्कित भट्ट (, अञ्जु जैन (वित्तीय)
उद्योगनक्सा आँकडा
विश्वव्यापी स्थान निर्धारण प्रणाली पथ प्रदर्शन सफ्टवेयर
वे नक्सा
कर्मचारीहरू१०००+
युआरएलwww.mapmyindia.com

म्याप माई इण्डियाले अङ्कीय नक्सा आँकडा, दूरसञ्चार आँकडा, स्थानमा आधारित सेवाको रूपमा सफ्टवेयर र भौगोलिक जानकारी प्रणालीका सेवाहरू प्रदान गर्दछ। [२][३] कम्पनीको स्थापना सन् १९९२ मा भएको थियो। यसको प्रधान कार्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

म्याप माई इण्डियाको स्थापना राकेश र रश्मि वर्माले सन् १९९२ मा गरेका थिए।[४][५][६][७][८] उनीहरूले भारतको नयाँ दिल्लीमा सन् १९९२ मा सिए इन्फो सिस्टम्सको नाममा परियोजनाको सुरुवात गरेका थिए। कम्पनीले वेब नक्सा प्रविधिको विकासमा काम गर्न सुरू गरेको थियो र देशमा अवस्थित सङ्गठनहरूमा बजारशास्त्र र रसद दक्षता अभिवृद्धि गर्नका लागि आवश्यक उत्पादन र सेवाहरू प्रदान गर्दछ।

सन् १९९३ मा कम्पनीले कोका कोला र सेलुलर वनको बजारशास्त्रीय र रसद सञ्चालनलाई समर्थन गर्न विस्तृत स्थान वर्णनको साथ राम्रो गुणस्तरको नक्साको विकास गर्न जिम्मेवारी लिएको थियो।

कम्पनीले सन् २००४ मा पहिलो भारतीय अन्तर्क्रियात्मक अङ्कीय नक्सा पोर्टल "म्याप माई इण्डिया डटकम" सुरू गरेको थियो। यस पोर्टलले नि: शुल्क, अनुकूलन गरिएको स्थानमा आधारित सेवाहरू प्रदान गरेको थियो। सेवाहरू इण्टरनेट जडानको साथ मोबाइल फोनका लागि पनि उपलब्ध छन्। यी सेवाहरू म्याजिक ब्रिक्स म्यापलाई माई इण्डिया पोर्टल मार्फत पनि प्रदान गरिएको थियो। [९][१०] सन् २०१० मा, म्याप माई इण्डियाले स्थान निर्धारण प्रणाली पथ प्रदर्शन सेवाको सुरु गरेको थियो जसलाई रोड पाइलटको नामले चिनिथ्यो र यो भारतीय सहर, गाउँ र गन्तव्यहरूलाई पुनर्निर्धारित रूपमा समेटेको थियो। कम्पनीको नक्साहरू आइएसआरओ उपग्रह चित्रणको साथ उन्नत र उपग्रह दृश्य प्रदान गर्ने हेतु एकीकृत गरिएको थियो।[११]

सन् २०१८ सम्मा, यससँग ५००० उद्यम र ५० लाख भन्दा बढी उपभोक्ताहरू रहेका छन् जसले यसको सेवाहरूबाट लाभ लिन्छन्।[१२][१३] श्रीलङ्का, बङ्गलादेश र नेपालको नक्सा सृजना गर्दै म्याप माइ इण्डिया भारतीय उपमहाद्वीपमा विस्तार भएको छ।[१४]

उत्पादन तथा सेवाहरू[सम्पादन गर्नुहोस्]

म्याप माई इण्डियाले पथ प्रदर्शन, विश्लेषण र पछ्याउँदै डेस्कटप र मोबाइल उपकरणहरूको लागि वेब नक्सा सेवाको प्रदान गर्दछ। कम्पनीले उन्नत स्थान निर्धारण प्रणाली अन्तर्गत पछ्याउने उपकरणहरूमा पनि प्रस्ताव गर्दछ। पथ प्रदर्शन सेवाले सडक दृश्य, सार्वजनिक आवतजावत जानकारी र सवारी साधनहरूको लागि बोलिएका निर्देशनहरूको साथ पथ अनुरूपको प्रदर्शन सेवालाई समावेश गर्दछ।[१५][१६][१७][१८][१९] यसले पछि अफलाइन पथ प्रदर्शन अनुप्रयोग, नेभि म्याप्सको रूपमा सुरु गरेको थियो जसले अफलाइन भेक्टर आँकडाको उपयोग गर्दछ।[२०][२१][२२]

बजार साझेदारी[सम्पादन गर्नुहोस्]

कम्पनीको पग प्रदर्शन सेवालाई मुख्य रूपमा कार निर्माताहरूले प्रयोग गर्छन् र यसले भारतमा स्थान निर्धारण प्रणाली पथ प्रदर्शनमा ९०% बजार साझेदारी गरेको छ।[१०][२३] यसले हाल कम्पनीसँग ५,००० उद्यम ग्राहकहरू भएको र ती ग्राहकहरूले ८०% बजार साझेदारी गरेको दावी गरेको छ।[२४][२५]

कोष[सम्पादन गर्नुहोस्]

म्याप माई इण्डियाले सन् २००७ यता लाइटबक्स भेञ्चर, नेक्सस भेन्चर पार्टनर्स, क्वालकम भेञ्चर्स र जेनरिनबाट तीन चरणमा गरी उद्यम पूँजी कोषमा ३४ मिलियन अमेरिकी डलर जुटाएको थियो। [२६][२७] सन् २०१५ मा, फ्लिपकार्टले, कम्पनीको ३४% शेयर १,६०० करोड रुपैयाँमा हासिल गरेको घोषण गरेको थियो।[२८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ K.S.V. Menon & Garima मलिक (१० जुन २०१६), Funding Options for Startups: A Conceptual Framework and Practical Guide, नोसन प्रेस, पृ: २९, आइएसबिएन 978-1-945400-80-3  उद्दरण त्रुटी: Invalid <ref> tag; name "Malik2016" defined multiple times with different content
  2. आवर व्युरो (२०१७-०४-१७), "MapmyIndia to build ‘Digital Map Twin of the Real World’ | Business Line", द हिन्दु बिजनेस लाइन डटकम, अन्तिम पहुँच २०१७-०८-२१ 
  3. "MapMyIndia: This navigation system will help you reach the doorstep of your destination; here's how", द फाइनान्सिएल एक्सप्रेस, २०१७-०२-१०, अन्तिम पहुँच २०१७-०८-२१ 
  4. लायक, सुमन (२०१८-०२-२५), "As MapmyIndia enters Google territory, can it beat the Goliath of internet?", The Economic Times, अन्तिम पहुँच २०१८-१०-२९ 
  5. "Harvard Business Review,https://hbr.org/2013/07/use-customer-cash-to-finance-your-start-up"। 
  6. "MapMyIndia Launches Digital Twin Of Real World - NDTV CarAndBike", एनडिटिभि (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  7. "MapMyIndia Launches Digital Twin Of Real World - NDTV CarAndBike", NDTV (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  8. "Mapmyindia launches new app with voice navigation in regional languages - MediaNama", www.medianama.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  9. "Japanese map publisher Zenrin’s Indian partner in expansion drive", द जापान टाइम्स अनलाइन (अङ्ग्रेजीमा), २०१७-०४-२४, आइएसएसएन 0447-5763, अन्तिम पहुँच २०१८-१०-२९ 
  10. १०.० १०.१ "MapmyIndia Story: The 25 Year Journey Of Maps, GPS, And More", इङ्क४२ मिडिया (अङ्ग्रेजीमा), २०१७-०६-१३, अन्तिम पहुँच २०१८-१०-२९ 
  11. "The Economic Times,https://economictimes.indiatimes.com/tech/internet/locate-your-house-with-mapmyindia-v-2007/articleshow/2173135.cms"। 
  12. "Harvard Business Review,https://hbr.org/2013/07/use-customer-cash-to-finance-your-start-up"। 
  13. "Meet MapmyIndia, the 'Desi Google Map'", अफकास (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  14. "MapmyIndia 2.0: Battling for supremacy | Forbes India", फोर्ब्स भारत (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  15. "MapmyIndia to launch vehicle-tracking device", @बिजनेस लाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  16. "MapmyIndia to launch vehicle-tracking device", द हिन्दु, ३ सेप्टेम्बर २०१८। 
  17. "MapmyIndia 'NaviMaps' Navigation App for iOS Now Available for Download", ग्याजेट ३६० डटकम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  18. पिटिआई (२०१४-०७-२९), "MapmyIndia launches ‘NaviMaps’, an offline navigation app for iOS", बिजिआर भारत (en-USमा), अन्तिम पहुँच २०१८-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२९ मिति
  19. "Android Auto App Gets Satellite View: Google Maps Finally Looks Realistic While In True In-Car Navigation Mode - MySmartPrice News", माइ स्मर्ट प्राइस (en-USमा), २०१८-०७-२०, अन्तिम पहुँच २०१८-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२९ मिति
  20. "MapmyIndia 'NaviMaps' Navigation App for iOS Now Available for Download", ग्याजेट ३६० (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-२९ 
  21. पिटिआई (२०१४-०७-२९), "MapmyIndia launches ‘NaviMaps’, an offline navigation app for iOS", बिजिआर भाारत (en-USमा), अन्तिम पहुँच २०१८-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२९ मिति
  22. "Android Auto App Gets Satellite View: Google Maps Finally Looks Realistic While In True In-Car Navigation Mode - MySmartPrice News", माइस्मार्ट प्राइस (en-USमा), २०१८-०७-२०, अन्तिम पहुँच २०१८-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२९ मिति
  23. "Car GPS devices: What is better? Smartphone or dedicated device; here is guide for you - The Financial Express", फाइनान्सिएल एक्सप्रेस, अन्तिम पहुँच २०१८-१०-२९ 
  24. "IT majors to benefit from regulatory push for telematics - Times of India", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१८-१०-२९ 
  25. "Flipkart-backed MapmyIndia acquires VIDTEQ", भिसि सर्कल (en-USमा), २०१७-०४-१८, अन्तिम पहुँच २०१८-१०-२९ 
  26. "MapMyIndia Gets Over $2.5 Million In Funding From Nexus India Capital", गिगाओम (अङ्ग्रेजीमा), २००७-०८-०९, अन्तिम पहुँच २०१८-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१७ मिति
  27. "An atlas of opportunity", आउटलुक, अन्तिम पहुँच २०१८-१०-२९ 
  28. Chanchani, Madhav; डेभ, सचिन (२०१५-१२-०४), "Flipkart picking up 34% stake in digital mapping firm MapmyIndia in Rs 1,600 crore deal", द इकोनोमिक टाइम्स, अन्तिम पहुँच २०१८-१०-२९