म्युनिख हवाई दुर्घटना
दुर्घटना भएको जस्तै विमान | |
| दुर्घटना | |
|---|---|
| मिति | ६ फेब्रुअरी १९५८ |
| सारांश | Take-off failure, slush on the runway |
| स्थल | म्युनिख, पश्चिम जर्मनी ४८°०७′३४.०९″उ ११°४०′३९.९८″पू / 48.1261361°N 11.6777722°E |
| विमान | |
| विमानको प्रकार | Airspeed AS-57 Ambassador |
| विमानको नाम | Lord Burghley |
| सञ्चालक | ब्रिटिश युरोपियन एयरवेज |
| दर्ता नम्बर | G-ALZU |
| विमान उडान | Belgrade Airport, Yugoslavia |
| बिसौनी | Munich-Riem Airport, पश्चिम जर्मनी |
| गन्तव्य | म्यानचेस्टर विमानस्थल, इंग्ल्याण्ड |
| यात्रुहरू | ३८ |
| चालक दल | ६ |
| मृत्यु | २३ |
| घाइतेहरू | १९ |
| जोगिन सफल | २१ |
म्युनिख हवाइ दुर्घटना ६ फेब्रुएरी १९५८ मा घटेको थियो जब ब्रिटिस युरोपियन एयरवेज फ्लाईट ६०९ ले पश्चिम जर्मनीको आंशिक हिउँ पग्लिएको एयरपोर्टबाट आफ्नो उडानको तेस्रो प्रयास गर्यो । विमानभित्र म्यान्चेस्टर युनाइटेड फुटबल टिमको 'बस्बाइ बेब्स' उपनाम पाएको फुटबल टिम केहि प्रशंसक र पत्रकारका साथ थियो । विमानमा सवार ४० मध्ये २० को तत्कालै मृत्यु भयो । घाइते र अचेत विमानयात्रुहरूलाई म्युनिखको रेच्ट्स डर आइसर अष्पताल पुर्याइयो जहाँ थप ३ जनाको मृत्यु भयो । तत्कालिन युगोस्लाभिया (हाल सर्बिया) को बेलग्रेडमा रेड स्टार बेलग्रेड विरूद्ध युरोपियन कपको खेल खेलेर फर्कँदै गरेको म्यान्चेस्टर युनाइटेड फुटबल टिमको त्यो दिन कहालीलाग्दो नै थियो । उक्त फ्लाईट म्युनिखमा पेट्रोलियम पदार्थ हाल्न रोकिएको थियो किनभने बेलग्रेडबाट म्यान्चेष्टरसम्मको निरन्तर उडान 'एलिजाबेथन' क्लास एयरस्पीड एम्बासेडर विमानको सिमाभन्दा बाहिर थियो । पेट्रोल हालेर पाइलटहरू जेम्स थेन र केन्नेथ रेमेन्टले दुई पटक सफल उडानको प्रयास गरेका थिए भने तेस्रो प्रयासमा यो दुर्घटना हुन पुग्यो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Munich58.co.uk
- भिडियो सामाग्री हरु:
- मेनच्यास्टर युनाइटेड , १०नोवेम्बर १९५८
- मेन्च्यास्टर युनाइटेड – म्युनिख विमान दुर्घटना, १० नोवेम्बर १९५८
- एक दुखद फिर्ता, १३ फेब्रुअरी १९५८
- मेनचेस्टरले म्युनिखलाई धन्यवाद दियो, १३ मर्च १९५८
- Matt Heads For Home, २१ अप्रिल २९५८
- "Munich—Second Report Disputed", Flight International, २ नोभेम्बर १९६७।