यज्ञराज सत्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यज्ञराज सत्याल (१९८८) नेपाली लेखक तथा साहित्यकार हुन्। काठमाडौँको गैह्री धारामा जन्मिएर हुर्किएका सत्यालले स्नातकोत्तरसम्मको अध्ययन गरी शिक्षा तथा साहित्यको सेवा गरेको देखिन्छ । उनले २०१३ देखि २०१५ सम्म कलेज अफ एजुकेसनका विद्यर्थीहरूलाई नेपाली विषय प्रध्यापन गरेका थिए । यसै अध्ययन र प्रध्यापनका क्रममा उनीबाट तयार भएका पाठ्यसामग्रीलाई अन्वेषणमूलक ग्रन्थका रूपमा उनले निम्नानुसार प्रकाशमा ल्याएको पाइन्छ -

१.नेपाली साहित्यको संक्षिप्त विवेचन,
२.नेपाल र भारतको इतिहास,
३.संसारको इतिहास,
४.नेपाली संस्कृतिको झलक,
५.नेपाली साहित्यको भूमिका (२०१६)।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति, वाराणसी (भारत) : भूमिका प्रकाशन
  2. भट्टराई, घटराज (प्र.सं.२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]