यहुदी नरसंहार
यहुदी नरसंहार | |
---|---|
को भाग दोस्रो विश्वयुद्ध | |
स्थान | नाजी जर्मनी र जर्मन-अधिकृत उपनिवेश |
मिति | सन् १९४१-४५ |
लक्ष्य | युरोपेली यहुदी—होलोकोस्ट शब्दावलीको व्यापक प्रयोगमा अन्य नाजी अपराधका पीडितहरू पनि सामेल छन्। |
आक्रमणको प्रकार | नरसंहार, जाति निर्मुलकरण, बहिष्कर, गोली हानी सामुहिक हत्या, विषाक्त ग्याँसको प्रयोग |
मृत्यु | ६,०००,०००–११,०००,००० |
अपराधीहरू | नाजी जर्मनी र त्यसका सहयोगहरू |
सहभागीहरूको सङ्ख्या | २,००,००० |
यहुदी नरसंहार (यहूदी: השואה हासोया) वा होलोकोस्टको नामले पनि चिनिने दोस्रो विश्वयुद्धको समयमा यहुदीहरू विरुद्धको एक नरसंहार थियो। हिटलरको नेतृत्वमा रहेको नाजी पार्टीको जर्मन नाजी सेनाले युरोपको आधाभन्दा बढी यहुदी जनसङ्ख्या र केही अन्य अल्पसङ्ख्यकहरूलाई यातना शिविर र श्रम शिविरमा लगी नरसंहार गरेको थियो। सन् १९४१ देखि १९४५ को बीचमा नाजी जर्मनी र यसका सहयोगीहरूले योजनाबद्ध रूपमा जर्मनीको कब्जामा रहेको युरोपभरी लगभग ६० लाख यहुदीहरूको हत्या गरेका थिए जुन युरोपमा यहुदी जनसङ्ख्याको झन्डै दुई तिहाइ हो। हत्याहरू मुख्यतया नरसंहार शिविरहरूमा सामूहिक गोलीबाट र विषाक्त ग्याँसको माध्यमबाट गरिएको थियो। अनुमानित ६० लाख यहुदीहरू र अन्य थुप्रै जातीय अल्पसङ्ख्यकहरू यस नरसंहारमा मारिएका थिए।
हिटलरको सेनाले ५० लाख यहुदीहरू बाहेक सोभियत युद्धबन्दी, साम्यवादी, रोमानी भाषी जनता, अन्य स्लाभिक भाषी जनता, अशक्त, समलिङ्गी पुरुष र विभिन्न राजनीतिक र धार्मिक विचार भएका व्यक्तिहरूविरुद्ध यो अमानवीय नरसंहार गरेको थियो। नाजीहरूले यसलाई "यहुदी प्रश्नको अन्तिम उपसंहार" भनेर वर्णन गरेको थियो। यदि नाजी अत्याचारका सबै घटनाहरूलाई ध्यानमा राख्ने हो भने मृतकहरूको कुल सङ्ख्या ९० लाखदेखि १ करोड १० लाखसम्म हुन सक्छ अनुमान गरिन्छ।
अत्याचार र नरसंहारका यी कार्यहरू विभिन्न स्तरमा भएका थिए। दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा धेरै अघिबाट नै जर्मनीमा यहुदीहरूलाई नागरिक समाजबाट हटाउने कानुनहरू बनाइएका थिए। भीडभाड युक्त यातना शिविरहरूमा राजनीतिक र युद्धबन्दीहरूलाई दासको रूपमा प्रयोग गरिन्थ्यो भने ती बन्दीहरू यातना र रोगका कारणले मर्ने गर्दथे। जर्मनीमा नाजीहरूको उदयलाई "तेस्रो राज्य" भनिन्छ। नाजी जर्मनीले पूर्वी युरोपको केही भाग कब्जा गरेको थियो। उनीहरूले त्यहाँ विद्रोहीहरू र यहुदीहरूको नरसंहार गरी उनीहरूले यहुदी र रोमानी भाषाका मानिसहरूलाई गिरफ्तार गरी यहुदी बस्तीमा राखेका थिए। यहुदी बस्ती एक प्रकारको सुकुम्बासी बस्ती थियो जहाँ यी मानिसहरूले सामाजिक र आर्थिक बाधाहरूमा अमानवीय जीवन बिताउनु पर्थ्यो। त्यसपछि उनीहरू यहुदी बस्तीबाट सयौँ माइल टाढाका वध शिविरहरूमा मालवाहक रेलहरू चढेर जाने गर्दथे। अधिकांशको मृत्यु मालवाहक रेलमा यात्रा गर्ने क्रममा भएको थियो। बाँच्न सफल भएकाहरूको ग्यास च्याम्बरमा जलेर मृत्यु हुने गर्दथ्यो। एक यहुदी नरसंहार विशेषज्ञले उनीहरूले जर्मनीलाई "हत्याको राज्य" मा परिणत गरेको बताएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Auschwitz Album. Yad Vashem. Retrieved 24 September 2012.