युनाउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युनाउ
साइटको प्रकार
श्रव्य दृश्य मार्फत वार्ता, वेब प्रसारण
उपलब्ध भाषा१५ वटा भाषाहरू
युआरएलwww.younow.com
अलेक्सा क्रमNegative increase १८,१३९ (मे २०१९)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक

युनाउ एक अमेरिकी प्रत्यक्ष प्रसारण सेवा हो जहाँ प्रयोगकर्ताहरूले आफ्नै प्रत्यक्ष श्रव्य दृश्यका सामग्रीहरू प्रवाह गर्न वा वास्तविक समयमा अन्य प्रयोगकर्ताहरूको श्रव्य दृश्य प्रवाहहरूसँग अन्तर्क्रिया गर्न सक्दछन्।[२] सेवा यसको वेबसाइट, एन्ड्रोइडआइओएस अनुप्रयोगहरू मार्फत उपलब्ध छ।

अगष्ट २०१५ सम्ममा, सेवाले हरेक दिन १,५०,००० प्रसारणहरूको नियन्त्रण गर्दछ। [३]

युनाउका बहुमत प्रयोगकर्ताहरू २४ वर्ष भन्दा कम उमेरका रहेका छन्।[४] धेरै प्रयोगकर्ताहरूले यसमा सङ्गीत वा नृत्य प्रदर्शन, वार्ता वा चुट्किला प्रस्तुत गर्ने गरेका छन्।[५] सन् २०१५ मा केहि सञ्चार माध्यमहरूले, धेरै प्रयोगकर्ताहरूले आफैं निदाइरहेको श्रव्य दृश्य सार्वजनिक गरेपछि ध्यानाकर्षण गरेका थिए।[६] ट्यागमा आधारित विषय प्रणालीले दर्शकहरूलाई उनीहरूको मनपर्ने सामग्रीहरूलाई प्रदर्शित गर्न सक्षम पार्दछ जबकि उच्च प्रदर्शित प्रवाहहरूले प्रयोगकर्ताहरूलाई अधिक लोकप्रिय प्रसारणकर्ताहरू फेला पार्न पनि सक्षम गर्दछ।

यसले मिरक्याटपेरिस्कोप जस्ता अनुप्रयोगहरूसँग प्रतिस्पर्धा गर्दछ।[७] तथापि, अन्यले यसलाई च्याटरौलेट जस्ता साइटहरूसँग तुलना गरेका छन्।[६]

युनाउलाई एडि साइडम्यानले[४] सेप्टेम्बर २०११ मा स्थापित गरेका थिए।[८] तर, सन् २०१४ र २०१५ को अवधिमा सेवामा उल्लेखनीय परिवर्तनहरूको अनुसरण गर्दै यसले लोकप्रियताको क्षेत्रमा उल्लेखनीय वृद्धि हासिल गरेको थियो।[७] सन् २०१५ पूँजीपतिहरू मार्फत यसले १५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको थियो र यसले कुल लगानी यसले $३ करोड भित्र्याउन सफल भएको थियो।[३]

युनाउले प्रत्यक्ष प्रवाह प्रदान गर्ने कम्पनी ब्लगटिभी डटकमलाई खरिद गरेको थियो।[९] सन् २०१३ मा, प्रयोगकर्ताका खाताहरूलाई युनाउमामा समायोजन गरिएको थियो।

सन् २०१४ मा, एमटिभी श्रव्य दृश्य सङ्गीत पुरस्कारका लागि एमटिभीले युनाउका साथ साझेदारी गरेको थियो।[४] हफिङ्टन पोष्टले अगष्ट २०१५ देखि युनाउमा साप्ताहिक प्रत्यक्ष प्रसारणको सुरू गरेको थियो।[१०]

यसले सन् २०१६ र १७ मा "वर्षका उत्कृष्ट युनाउ प्रयोगकर्ता" को श्रेणीमा पुरस्कार वितरण गरेको थियो।[११]

अमेरिका गट ट्यालेण्टले युनाउसँग साझेदारी गर्दै ११अौँ संस्करणको लागि अडिसन राखेको थियो। युनाउमा अन्तिम अडिसनको लागि १ मार्च २०१६ मा टाइम्स स्क्वायरमा अवस्थित युनाउको प्रधान कार्यालयबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

सन् २०१७ मा युनाउमा प्रयोगकर्ताहरूको प्रसारणमा कमी आएको थियो जसमा उनीहरूसँग साझेदारी गरेका धेरै प्रयोगकर्ताहरू समावेश थिए। प्रयोगकर्ताहरू लाइभ डटमी (लाइभी डटकम) र टुइच टिभी लगायतका अन्य सामाजिक सञ्जालहरूमा आकर्षत भएका थिए।

सन् २०१९ मा, प्रसारणकर्ता र अनुयायीहरूलाई फिर्ता ल्याउने प्रयासमा, युनाउले पहिला देखिनै टुइच टिभी र लाभ डटमीले प्रदान गरेका सेवाहरूको जस्तै सेवाहरूको विकास र सञ्चालन गरेको थियो।

विशेषता[सम्पादन गर्नुहोस्]

साझेदारी[सम्पादन गर्नुहोस्]

युनाउसँग एक साझेदारी कार्यक्रम पनि रहेको छ जसले लोकप्रिय प्रसारकहरूलाई पैसा कमाउन अनुमति दिन्छ।[७] दर्शकहरूद्वारा खरिद गरिएका आभासी सामग्रीहरू श्रव्य दृश्यहरूमा प्रशंसा गर्नको लागि प्रयोग गरिन्छ। परिणामस्वरूप आय युनाउ र श्रव्य दृश्य निर्माताहरू बीच विभाजित हुन्छ।[५][११]

साझेदारी युनाउमा उत्कृष्ट स्थितिमा रहेका खाताहरूको लागि प्रस्ताव गरिएको छ। मे २०१९ सम्म, साझेदारी आवश्यकताहरू निम्नानुसार छन्:

  • साझेदार: २,५०० अनुयायी र औसत १५ समवर्ती दर्शकहरू[१२]
  • सदस्यताको साथ साझेदार: ७,००० अनुयायी, औसत ३० समवर्ती दर्शक र कुल ३०० दर्शकहरू[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "युनाउ डटकम ट्राफिक, जनसाङ्ख्यिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-०८ मिति
  2. Tynan, Dan (अप्रिल १३, २०१५), "Meet YouNow, the Live-Casting App that Teens Love and Parents Fear", याहु! टेक, अन्तिम पहुँच २०१६-०१-२७ 
  3. ३.० ३.१ "YouNow, A "Live" Social Network, Raises $15 Million in Fresh Funding", टेक क्रञ्च, २०१५-१०-०५, अन्तिम पहुँच २०१६-०१-२७ 
  4. ४.० ४.१ ४.२ माया कोसोफ (२०१५-०४-२९), "Teens are going crazy for YouNow, a livestreaming app with 100 million monthly user sessions", बिजनेस इन्साइडर, अन्तिम पहुँच २०१६-०१-२७ 
  5. ५.० ५.१ पिटर काफ्का (२०१४-१०-२९), "YouNow Is the Live Video Amateur Hour That Nearly Died. Now It’s Booming. Here’s How.", रेकर्ड डट नेट, अन्तिम पहुँच २०१६-०१-२७ 
  6. ६.० ६.१ एमाडा सुचुपक (२०१५-०४-१४), "Is the YouNow live-stream app a parent's nightmare?", सिबिएस न्युज, अन्तिम पहुँच २०१६-०१-२७ 
  7. ७.० ७.१ ७.२ नेटाली जारभे (२०१५-१०-१३), "Live-Streaming Startup YouNow Taps Fullscreen Veteran (Exclusive)", हलिउड रिपोर्टर, अन्तिम पहुँच २०१६-०१-२७ 
  8. बोनि चा (२०१३-०२-१२), "YouNow Gives Stage to Internet’s Wannabe Stars, Leaves Judgment in Your Hands", अल थिङ्स डि, अन्तिम पहुँच २०१६-०१-२७ 
  9. पिटर काफ्का (२०१३-०३-१४), "YouNow, Web Video’s Live Amateur Hour, Bulks Up by Buying Blog TV", ल थिङ्स डि D, अन्तिम पहुँच २०१६-०१-२७ 
  10. माइक सिल्ड्स (२०१५-०८-१८), "हफिङटन पोष्टको युनाउसँग साझेदारी", द वाल ष्टिट जर्नल, अन्तिम पहुँच २०१६-०१-२७ 
  11. ११.० ११.१ केरी फिल्न (२०१६-०१-१९), "Shorty Awards 2016 Nominees Brings Periscope, YouNow Stars Legitimacy In Media Industry", अन्तर्राष्ट्रिय व्यापार टाइम्स, अन्तिम पहुँच २०१६-०१-२७ 
  12. "कसरी म युनाउको साझ्दार बन्न सक्छु?", युनाउ सहयोग 
  13. "कसरी म सदस्यताका साझेदार बन्न सक्छु?", युनाउ सहयोग  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

युनाउ डटकम