युरोपियन सुपर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युरोपियन सुपर लिग ( ईएसएल ), आधिकारिक रूपमा द सुपर लिग, युरोपमा क्लब टोलीहरूका लागि प्रस्तावित मौसमी फुटबल प्रतियोगिता हो। लिगमा पुरुषका लागि ६४ र महिलातर्फ ३२ टोली समावेश गर्ने प्रस्ताव गरिएको छ । लिग युरोपियन सुपर द लिग कम्पनी भनिने एक व्यावसायिक उद्यम द्वारा सिर्जना गरिएको थियो।

यो कम्पनीले च्याम्पियन्स लिग, युरोपा लिग, कन्फरेन्स लिग जस्ता यूईएफए प्रतियोगिताहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको थियो जुन हाल युरोपका शीर्ष क्लब प्रतियोगिताहरू हुन्। [१] हाल यसको व्यवस्थापन ए ट्वान्टी टु स्पोर्ट्स म्यानेज्मेन्ट (A22 Sports Management) द्वारा गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "European Super League – the key questions: What is it? Who is involved? How likely?", Sky Sports, १८ अप्रिल २०२१, मूलबाट १८ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०२१