रकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ।

रकेटको रेखाचित्र

करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए। गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो।सन् १९२६मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए। त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटरमा पुगेर ओल्र्‍यो। उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो।यो पहिलो तरल-इन्धनले चल्ने रकेट थियो|वेर्नहर भन ब्राउनले रकेट मिसाइल आविष्कार गरेका थिए। जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए। त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका ल्याईएका थिए|

रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो। उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ। अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ।।रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन्। सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन्। प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन्। गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ।पृथ्वीको गुरूत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ। अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ |