रतिरहस्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वात्सायनको कामसूत्र पछि सर्वाधिक प्रसिद्दि प्राप्त कोक्कोक कृत रतिरहस्यको रचना दशौँ शताब्दिको अन्त्य तिर मानिएको छ। यसको नाम, यसको रचनाकार कोक्कोक (पारिभद्र का नाति एवं तेजोक का पुत्र)बाट भएको छ। यसको प्रसिद्दिको कारण कतै कतै यौन शास्त्रलाई नै कोक शास्त्र पनि भन्ने चलन छ। यसमा १५ अध्याय र ५५५ श्लोकहरू छन्। कामसूत्र केही जटिल तथा सङ्केतात्मक भएकोले रतिरहस्यको प्रसिद्दि बढेको भनाई छ। पश्चिमी विद्वानहरूले कामसूत्रको पन खोज गर्नु अघिको समयमा भारतिय उपमहाद्वीपमा रतिरहस्य बढि प्रचलित रहेको थियो। कामसूत्र कामदेवलाई अर्पण गरिएको छ भने रतिरहस्य कामदेव का स्त्री रति लाई अर्पण गरिएको छ। कामसूत्रमा ४ अङ्कलाई प्रधान मानिएको छ भने यसमा ५ अङ्कलाई प्रधान मानिएको छ।