रत्ना शेरचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रत्ना शेरचन

बाग्लुङको व्यापारिक परिवारमा जन्मिएकी रत्ना शेरचन २०३६ सालमा अध्ययनका लागि राजधानी आएपछि नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थीसंघबाट राजनीति सुरू गर्नुभएको हो। उहाँका आमा चमेली शेरचन र बुबा इन्द्रबहादुर शेरचन दुबै जना व्यापारमा संलग्न हुनुहुन्छ भने बुबा नेपाली काग्रेससँग पनि आवद्ध रहेकाले उहाँलाई राजनीतिमा लाग्न सजिलो भयो।

त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट इतिहासमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी शेरचनले २०५१ सालको संसदीय निर्वाचनमा पनि भाग लिनुभएको थियो। पार्टीमा नियमितको योगदानले नै आफूलाई संविधानसभामा पुर्�याएको शेरचनको भनाई छ।

राजनीतिक बाहेक सामाजिक कार्यमा पनि जोड दिने शेरचनले संविधानसभामा महिला जनजातिको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। उहाँले जनजातिहरूको समान अधिकारको आवाज संविधानसभामा उठाउनुहुनेछ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]