रमन म्याग्सेसे पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमन म्याग्सेसे पुरस्कार
पुरस्कृत (कारण)Outstanding contributions in Government Service, सार्वजनिक सेवा , Community Leadership, Journalism, Literature and Creative Communication Arts, Peace and International Understanding and Emergent Leadership
देशफिलिपिन्स
प्रस्तुतकर्ताRamon Magsaysay Award Foundation
प्रथम पुरस्कृत१९५७
वेबसाइटwww.rmaf.org.ph

रमन म्याग्सेसे पुरस्कार (Ramon Magsaysay Award) एसिया का व्यक्तिहरू एवं संस्थाहरूलाई तिनिहरूको आफ्नो क्षेत्रमा विशेष रूपबाट उल्लेखनीय कार्य गरेकोमा प्रदान गरिन्छ। यसलाई प्राय: एसियाको नोबेल पुरस्कार पनि भनिन्छ। यो रमन म्याग्सेसे पुरस्कार फाउन्डेशनद्वारा फिलिपिन्स का भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको सम्झनामा दिइन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो पुरस्कार न्यु योर्क स्थित "रकफेलर ब्रदर्स फण्ड" का गुठियारहरू द्वारा सन् १९५७ मा स्थापित गरिएको हो। फिलिपिन्स सरकारको सहमतिबाट यहाँको भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको स्मृतिमा यो पुरस्कार शुरु गरिएको जसले गर्दा उनको साधारण जनतालाई गरेको साहसपूर्वक सेवा, लोकतांत्रिक समाजमा व्यावहारिक आदर्शवादिता एवं निर्मल सरकारी चरित्र जस्ता कुराको सम्झनालाई ताजा राख्न सकियोस।

पुरस्कारका श्रेणिहरु[सम्पादन गर्नुहोस्]

  • सरकारी सेवा
  • सार्वजनिक सेवा (Public Service)
  • सामुदायिक नेतृत्व (Community Leadership)
  • पत्रकारिता, साहित्य एव सृजनात्मक सञ्चार कलाहरू ( Journalism, Literature and Creative Communication Arts)
  • शान्ति एवं अन्तरराष्ट्रीय सद्भावना (Peace and International Understanding)
  • उभरि‍दो नेतृत्व (Emergent Leadership)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

२०१३[सम्पादन गर्नुहोस्]

यो वर्षको रोमन म्यागसेसे पुरस्कार नेपालको गैरनाफामूलक 'शक्ति समूह' लाई महिला हकहित को कार्य मा , अफगानिस्तानकी पूर्व महिला, शिक्षा, तथा संस्कृति मन्त्री एवं चिकित्सक ५७ वर्षीया हाबिबा सारोबिर तथा म्यानमारका समाजसेबी ६४ वर्षीय लाहपेइ सेन्ग रोलाई द्वन्द्व रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेले बापत उक्त पुरस्कार दिइयो।