रविकृत रामायण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बालकाण्ड[सम्पादन गर्नुहोस्]

रविकृत रामायण पश्चिम नोपलको गुल्मी जिल्लामा ज्यादै लोकप्रिय रहेको छ । यसको रचना रविलाल कंडेलले वि.सं.१९९० को दशकमा गरेका हुन् । यो एकतारे को लोकभाकामा ागइने पद्यमा रचना गरिएको छ । तर उनले आफ्नो परिचय दिंदा आफू अपठित र संस्कृतको नाममा कौमुदीको क पनि जवान्दिनं भनेर उल्लेख गरेका छन् । यसबाट उनको शास्त्र ज्ञान र व्याकरण ज्ञान नभएको बुझिन्छ । तर राम भक्तिका दृष्टिले भानुभक्ती रामायण पछिको लोकप्रिय कृति हो भन्न सकिन्छ ।

।।रिटक।। न संझेर पो तो, राम संझेछ छ तो ।[सम्पादन गर्नुहोस्]


रामको लिनु नाम अरु छैन काम ।
पृथ्वीलाई भारी के जन्मला पापी ।
जय हरे राम जय हरे राम जय गोविन्द गोपाल ।
चारै दिनको जिन्दगी बित्दा दौडेर आउंछ काल ।।
भारी भयो र्पथवीलाई रावणका पापले ।
रुन गइन् विष्णुसँग दुखीका स्वभावले ।।१।।
दया भयो दशरथजीका कोखीमा जन्मूंला ।
जन्म लिनिन् जनकदेखि सीताजी भनूंला ।।२।।
सीता मेरी सुन्दरीको रुप बनी जाल ।
आफैं आउला इन्द्रजित राउन्नको काल ।।३।।
दशरथलाई पुत्र नहुंदा गुरु वशिष्ठले ।
हुमेर अग्नि गर्भवती रानी खीरका भोगले ।।४।। ।।नसंझेर०।।
कैकेयीलाई पुत्र जन्मे भरत भन्ने नाम ।
सुमित्रालाई लक्ष्मण चतुर कौशल्यालाई राम ।।५।।
जब परशयो पृथ्वीमा नारायणको पाउ ।
मनुष्यलाई दर्शन दिन जन्मे चुतर्बाहु ।।६।।
नाम कर्म ब्रतबन्ध वशिष्ठले गरे ।
शास्त्रहरु सब पढेर सकी धुनर्धारी भए ।।७।।
हातमा धनू कांधमा ठोक्रो नारिमा लिए कैंडा ।
घोरेल मृग तित्रा मारे एउटो मारे गैंडा ।।८।। ।।नसंझेर०।।
विश्वामित्र लिन आए जनकपुरमा जाने ।
ताडकादि राक्षस मारी सुबाहुलाई हाने ।।९।।
गौतम ऋषिकी अहिल्या पत्नी इन्द्रले गरे भोग ।
गौतमजीले सराप दिए हजार योनिको रोग ।।१०।।
अहिल्या तिमी अविचारिनी म बिनु तिम्रो रहर ।
आफ्नू अर्काको विचार नगर्ने भइगए तिमी पत्थर ।।११।।
जुन दिन होला रामको औतार स्वर्गमा जान जाती ।
गौतमजीले हुकूम भयो रामले दिए लाती ।।१२।।
।।नसंझेर०।।

माझीले भनेको[सम्पादन गर्नुहोस्]

प्रभुको पाउ पत्थर लागि सुन्दरी स्वर्ग जान्छिन् ।
मेरो डुङ्गा त्यै गति भए जहान मेरा मर्छन् ।।१३।
राम बसे लक्ष्मण भैया गङ्गाजीका तीर्मा ।
नारायणको पाउ पखाली माझीले लाए सिरमा ।।१४।।
राम लक्ष्मण विश्वामित्र तरे गंगा पारी ।
लिन आए जनक राजा रामको सवारी ।।१५।।
जसले तोड्ला शिवको धनू उसलाई दिम्ला सीता ।
राम आए जनकपुरमा विचार गरुं कि ता ?१६।। नसं.।।
पांचै हजार वीरले ल्याए भांचेर थिर्यो भैंमा ।।
विष्णु भन्ने पस्यो मनमा रामको गरे महिमा ।।१७।
सीताले लिइन् सुनको माला रामचन्द्रको माथ्मा ।
मुखमा हेरी प्रेमले हांसिन् जानत पाउंला साथमा ।।१८।।
लिन पठाए जनक राजा मनोहर मनमा हांसी ।
दशरथ भरत शत्रुघ्न आए आए शहरवासी ।।१९।। नसंझे.।
लक्ष्मणजीलाई उर्मिला दिए छोरी जनकजीका ।
रामकी सीता भरतलाई माण्डवी शत्रुघनलाई श्रुतकीर्तिका ।। २०।।
चारै भाईको बिहा भयो बिदा भए जान ।
गडकेर आए परशुराम लागे सातो खान ।।२१।।
पाजी पुरानू भांचेर धनू गड्केर शेखी गर्छस् ।
यो धनुको तांदो नताने भर्खरै यहीं मर्छस् ।।२२।।
दशरथ राजा गम्केर मनमा यो दिन हो कि रात ?
वंशको ज्यान जान्छ कि भन्ने हंसले छोड्यो थात ।।२३।। नसंझेर.।।
शेखी तोडे पाउ परे परशुराम जण्डा ।
राम आए अयोध्यामा सकियो बालकाण्ड ।।२४।।
कहे रविलाल चरण बनाई रामचरित्र गान ।
मृत्यु हंदा आशा लाग्ने बैकुण्ठमा जान ।।२५।। नसंझेर ।।
राम राम राम राम रामको लिनु नाम ।
राम राम राम राम रामको सर्वकाम ।।२६।।
मेरो वाणी प्रभुकी वार्ता सुन्नेलाई तार्न पाम म ।
राम राम राम राम रामको सर्वकाम ।।२७।। नसंझेर.।।
'इति श्री रविलालकृत रामचरित्र बालकाण्ड समाप्त।।[१]

  1. रविकृत रामायण, कवि रविलाल शर्मा, वि.सं.१९९७