रागिनी द्विवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रागिनी द्विवेदी
रागिनी द्विवेदी (२०१३)
जन्मरागिनी द्विवेदी
(1990-05-24) २४ मे १९९० (उमेर ३३)
बेङ्गलोर, कर्नाटक, भारत
पेशाअभिनेत्री, मोडल
सक्रिय बर्ष२००९–वर्तमान

रागिनी द्विवेदी (जन्म:२४ मे १९९०) भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् जो दक्षिण भारतीय चलचित्रहरूमा काम गर्ने गर्छिन् । उनी प्राय जसो कन्नड चलचित्रहरूमा अभिनय गर्ने गर्छिन् । उनी २००८ फेमिना मिस इन्डिया प्रतियोगिताकी उपविजेता भएकी थिइन् र सन् २००९ प्यान्टालुन फेमिना मिस इन्डिया प्रतियोगितामा फेमिना मिस ब्यूटीफुल हेयरको पुरस्कार जितेको थियो ।

वीर मदकरी (२००९) नामक चलचित्र उनको पहिलो चलचित्र थियो । उनले कयौँ सफल कन्नड भाषाको चलचित्रमा अभिनय गरेर प्रसिद्धि प्राप्त गरिन् जस्तै केम्पे गौडा (२०११), शिव (२०१२), बंगारी (२०१३) र रागिनी आईपीएस (२०१४) रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "I am Kannada cinema's most fashionable actress today – Ragini Dwivedi", southscope.in, १३ नवम्बर २०१०, अन्तिम पहुँच ५ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०६ मिति