राजेश्वर नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजेश्वर नेपाली (वि.सं. २००२ - ) नेपाली पत्रकार तथा साहित्यकार हुन्। उनको खास नाम राजेश्वर साह हो। उनी धेरै वर्षदेखि जनकपुरमा रहेर पत्रकारिता गर्दै आएका छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविस, बेलाग्राममा भएको हो। उनका पिताको नाम रामदुलार साह र माताको नाम इन्द्रमणिदेवी साह हो। उनहरू तीन दाजुभाइ र तीन दिदीबहिनी जन्मेका हुन्। राजेश्वर माहिलो छोरा हो।

उनले अक्षर त घरमै सिके। त्यसपछि जनकपुर वडा नं. ७मा रहेको रामजानकी मन्दिरमा पढ्न जान्थे। त्यहाँ एक वर्ष पढे। त्यसपछि बसहिया गाउँमा खुलेको गोगलप्रसाद मिडिल स्कुल गए। मिडिल स्कुल तीन किलोमिटर टाढा थियो। मिडिल स्कुलमा म 'बालवर्ग'मा भर्ना भए। त्यसबेला उनी ७/८ वर्षको पुगिसकेका थिए। त्यसपछि पहिलो कक्षा, दोस्रो कक्षा गर्दै उनले त्यही स्कुलमा कक्षा ७ सम्म पढे। मिडिल स्कुलपछि कक्षा ८ देखि उनले जनकपुरको सरस्वती स्कुल पढ्न पाए। एसएलसी त्यहीँबाट दिए। उनले वि.सं. २०२१ सालमा एस.एल.सी. परीक्षा दिएका हुन्। एस.एल.सी.मा म फेल भए। आंशिक परीक्षा दिनुपर्ने भयो। वि.सं. २०२२ सालमा आंशिक परीक्षा वीरगन्ज गएर दिए। सेकेन्ड डिभिजनमा पास भए।

मिडिल स्कुलसम्म उनी आफ्नो थर 'साह' लेख्थें। पुस्तकालयमा विनोबा भावेको 'जय जगत' शीर्षकको किताब थियो। त्यो उनले पढे। त्यसमा जातपात छुट्याउने कामको विरोध गरिएको छ। उनी त्यसबाट प्रभावित भए र थरमा 'नेपाली' लेख्न थालेका हुन्। उनको नागरिकता, जग्गाजमीनको कागजात, सबै तहका प्रमाणपत्रमा नाम 'राजेश्वर नेपाली' नै छ।

साहले त्रिभुवन विश्वविद्यालयबाट एम्.ए. सम्म पढेका छन्। नेपाली कांग्रेसका कार्यकर्ता नेपाली बहुदल र स्वतन्त्र पत्रकारिताका कै लागि ३६/३७ पटक जेल गएका छन्।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

एस.एल.सी. दिनुअघि वि.सं. २०१८ सालमै मैले पत्रकारिता गर्न थालेका हुन्। वि.सं. २०१८ सालबाट नेपाल सन्देश नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए। पछि उनले राष्ट्रपुकार, विश्वद्वीप, नेपाल टाइम्स, नेपालवाणीलगायतका पत्रपत्रिकामा काम गरे। नेपाली टाइम्समा काम गर्दा जनकपुरबाट राजधानी समाचार पठाउँदा जग्गा नै बेचे।

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • पुकार (कविता, वि.सं. २०२५)
  • गरीबको व्यथा (नेपाली खण्डकाव्य, वि.सं. २०६८)
  • निसहाय मानव (नेपाली खण्डकाव्य, वि.सं. २०६८)
  • लोकतन्त्रको लालिमा (नेपाली कवितासङ्ग्रह, वि.सं. २०६९)
  • विचार क्रान्ति (नेपाली कवितासङ्ग्रह, वि.सं. २०६९)
  • नव नेपाल (हिन्दी कवितासङ्ग्रह, वि.सं. २०६९)
  • सोहागिन (मैथिली कवितासङ्ग्रह, वि.सं. २०६९)
  • क्रान्तिकारी सरयुग चौधरीको जीवनी (जीवनी, वि.सं. २०६९)

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले वि.सं. २०६८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार पाए।

उनले पत्रकार महासंघका तर्फबाट प्रेस स्वतन्त्रता सेनानी सम्मानसहित आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएका छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]