राज कुमार राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज कुमार राई नेकपा-एमालेका सभासद हुन् । उनको घर धनकुटा, चुङमाङमा रहेको छ। उनले विक्रम सम्वत २०५६ को संसदीय निर्वाचनमा धनकुटा क्षेत्र नं.२ बाट मालेका उम्मेदवार रहेका राइले विद्यार्थी राजनीति मार्फत विक्रम सम्वत २०३४ सालमा राजनीतिक जीवन शुरुवात गरेका थिए। त्यसपछि शिक्षक आन्दोलनमा सक्रिय हुँदै पार्टी राजनीतिमा संलग्न भएका राईले विक्रम सम्वत २०४२ सालमा पाँच वामपन्थीको संयुक्त आन्दोलनमा पाँच महिना नख्खु जेलमा बिताएका थिए। हाल उनी नेकपा‍-एमालेका धनकुटा जिल्ला कमिटी उपसचिव, नेपाल लोकतान्त्रिक किरात राई संघका केन्द्रीय अध्यक्ष र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव छन्। साहित्य र संगीतमा रुचि भएका सभासद राईका फुटकर कविताहरू प्रकाशित हुँदै आएका छन्। एक छोरी र दुई छोराका पिता राजकुमार राई त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]