राज लोखर्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

राज लोखर्के
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
R. bicolor
वैज्ञानिक नाम
Ratufa bicolor
(आन्द्रेस स्पेरम्यान, सन् १७७८) [२]
Subspecies[३]
  • R. b. bicolor
  • R. b. condorensis
  • R. b. felli
  • R. b. gigantea
  • R. b. hainana
  • R. b. leucogenys
  • R. b. melanopepla
  • R. b. palliata
  • R. b. phaeopepla
  • R. b. smithi
राज लोखर्केको बासस्थान दायरा
पर्याय

Tennentii, source: Layard, in Blyth, 1849

राज लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यस प्रजातिका लोखर्केहरू बङ्गलादेश, उत्तरपूर्व भारत, पूर्वी नेपाल, भुटान, दक्षिण चीन, म्यानमार, लाओस, थाइल्याण्ड, मलेसिया, कम्बोडिया, भियतनाम र पश्चिमी इण्डोनेसियाका जङ्गलहरूमा भेटिन्छन्।

विवरण[सम्पादन गर्ने]

राज लोखर्के विश्वको सबैभन्दा ठूलो लोखर्केको प्रजाति हो। एक वयस्क राज लोखर्केको कुल तौल १.५ किलोग्राम हुन्छ। टाउको र शरीरको लम्बाई ३५ देखि ५८ सेन्टिमिटर (१४ देखि २३ इञ्च) लम्बाइमा भिन्न हुन्छ भने पुच्छरको लम्बाइ ६० सेन्टिमिटरसम्म (२४ इञ्च) लामो हुन्छ। यस प्रजातिको कुल लम्बाइ ११८ सेमी (४६ इञ्च) सम्म हुन्छ। यस प्रजातिको जनावरको पछाडिको भाग र कानको रङ्ग कालो हुन्छ। यस प्रजातिको लोखर्केको गाढा खैरो र हल्का खैरो रङ्गको आँखा हुन्छ र यसको शरीरको माथिल्लो तथा टाउको पछिको भाग सबै कालो हुन्छ। यस प्रजातिको लोखर्केको लामो र शक्तिशाली पुच्छर हुन्छ जसको रङ्ग हल्का खैरो देखि सेतो हुन्छ। यस प्रजातिका लोखर्केको भाले र पोथी लगभग समान आकार र उचाईका हुन्छ।[४]

वितरण[सम्पादन गर्ने]

यस प्रजातिका लोखर्केहरू प्रायः समुन्द्री सतहबाट १,४०० मिटर (४,६०० फिट) को उचाइ सम्म भेटिन्छन्। यद्यपि, हालैका दशकहरूमा मानव बसोबास, वन विनाश र कृषिले बस्तीमा निरन्तर अतिक्रमण गरिरहेको छ जसले यस प्रजातिको लोखर्केको बासस्थान क्षेत्रका केही भागमा मानवीय पूर्वानुमानलाई बढावा दिँदै विगतमा जनसङ्ख्याको ३०% सम्पूर्ण क्षति भएको छ। यस प्रजातिका लोखर्केहरू दक्षिण एसियाका उष्णकटिबन्धीय र उप उष्णकटिबन्धीय जङ्गलहरूमा पाइन्छन् भने यी प्रजातिहरू दक्षिणपूर्वी एसियाका हरियाली जङ्गलमा पनि भेटिन्छन्। मलाया प्रायद्वीप र इण्डोनेसियाका कालो विशाल लोखार्केहरू उष्णकटिबन्धीय वर्षामा पर्ने जङ्गलहरूमा भेटिन्छन्।

व्यवहार[सम्पादन गर्ने]

यसले प्रजातिको लोखर्के मुख्यतया दिउँसोको समयमा सक्रिय हुन्छ। भने यी प्रजातिहरू प्राय साकाहारी हुन्छन्। भारतीय विशाल लोखर्के एक रूखमा बस्ने प्रजाति हो जसले विरलै रूख छाड्छ। यस प्रजातिले ठूलो सल्लाको रूखमा गुँड बनाउने गर्दछ भने यी प्रजातिका गुँड प्राय जमिनको सतहबाट अग्लो स्थानमा निर्माण हुन्छ। यस प्रजातिका लोखर्केहरू कहिलेकाही जमिनमा आहाराका लागि पनि आउने गरेका छन्। यस प्रजातिको जनावरले प्राय फलफूल, बदाम र रूखको बोक्रा खाने गर्छन्। यस प्रजातिका केही उपप्रजातिले भने कीरा र चराको अण्डा पनि खाने गरेको पाइएको छ। यस प्रजातिको लोखर्केको प्रमुख सिकारी भनेको चितुवा, वन बिरालो र सिकार पन्छीहरू हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Walston, J., Duckworth, J. W., Molur, S. (2008). Ratufa bicolor. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 6 January 2009.
  2. Thorington, R.W., Jr.; Hoffmann, R.S. (२००५), "Ratufa bicolor", in Wilson, D.E.; Reeder, D.M, Mammal Species of the World: a taxonomic and geographic reference (3rd संस्करण), The Johns Hopkins University Press, पृ: 754–818, आइएसबिएन 0-8018-8221-4, ओसिएलसी 26158608 
  3. Thorington, R.W., Jr.; Hoffmann, R.S. (२००५), "Ratufa bicolor", in Wilson, D.E.; Reeder, D.M, Mammal Species of the World: a taxonomic and geographic reference (3rd संस्करण), The Johns Hopkins University Press, पृ: 754–818, आइएसबिएन 0-8018-8221-4, ओसिएलसी 26158608 
  4. Menon, Vivek (२००९) [First published २००३], Mammals of India, Princeton field guides, Princeton, N.J.: Princeton University Press, आइएसबिएन 978-0-691-14067-4, ओसिएलसी 276340775, "Originally published as: Menon, Vivek (ed.), et al. A field guide to Indian mammals (2003)" 

बाह्य कडीहरू[सम्पादन गर्ने]