राम कृष्ण यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामकृष्ण यादवबाट अनुप्रेषित)

रामकृष्ण यादव

धनुषा क्षेत्र नं. २बाट निर्वाचित रामकृष्ण यादव नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ४५ वर्षीय यादवले २०२९ सालमा नयाँ शिक्षा योजनाको विरोध गर्दै राजनीति शुरु गर्नुभएको हो। राजनीतिक संघर्षका क्रममा तीन वर्ष जेल जीवन बिताइसक्नुभएका यादव २०४२ सालको सत्याग्रहमा लामो समय कारावासमा रहनुभएको थियो। हाल नेपाली काङ्ग्रेस, धनुषा जिल्ला सह-सभापति यादवले यस अघि धनुषा जिल्ला सभापति, जिल्ला सचिव, क्षेत्रीय सभापति र नेपाल विद्यार्थी सङ्घ जिल्ला अध्यक्षको जिम्मेदारी वहन गरिसक्नुभएको छ। अध्ययनमा विशेष रुचि राख्‍ने यादव त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक हुनुहुन्छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो। यादव तीन छोरी र एक छोराका पिता हुनुहुन्छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफ्नो माध्यमबाट योगदान पुगोस् र नयाँ संविधान निर्माणको लागि समावेशी प्रतिनिधित्व पनि होस् भनेर जनताले आफूलाई संविधानसभामा चुनेर पठाएको उहाँको विश्लेषण छ। विभिन्न दृष्टिले पछि परेका वर्ग, क्षेत्र र समुदायले समान अवसर नपाएसम्म देशले फड्को मार्न नसक्ने धारणा राख्‍ने यादव संविधानसभामा आफूले पछि परेका संपूर्ण वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्न विशेष पहल गर्ने वताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]