रामचन्द्र झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेकपा-एमाले संविधानसभा दलका प्रमुख सचेतक रामचन्द्र झा धनुषा क्षेत्र नं. १बाट निर्वाचित सभासद हुनुहुन्छ। ५४ वर्षीय झा सो पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। २०४८, २०५१ र २०५६ सालका तीनवटै संसदीय निर्वाचनमा एमालेका उम्मेदवार रहेका झा २०५१ सालमा धनुषा क्षेत्र नं. १बाट निर्वाचित हुनुहुन्थ्यो। उहाँले २०३२ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो र यसअघि पार्टीको जनकपुर इन्चार्ज रहिसक्नुभएको छ। पञ्चायतकालमा उहाँले लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गर्नुभयो। यसक्रममा बेलाबखत पक्राउ परेर हिरासतमा रहे पनि काराबास चाँहि उहाँले भोग्नुपरेको छैन। भारतबाट समाजशास्त्रमा स्नातकोत्तर झा २ छोरीका पिता हुनुहुन्छ। समाजसेवामा उहाँको रुचि छ र व्यक्तिगत तवरमा तथा संघसंस्था मार्फत सामाजिक हितका कार्यमा सक्रिय रहँदै आउनुभएको छ। राष्‍ट्रिय सार्वभौमिकताको रक्षाप्रति संवेदनशील सभासद झा यसअघि जनप्रतिनिधिका रूपमा पुर्‍याएको योगदान र पार्टी एजेण्डा समेतका कारण आफूलाई जनताले संविधानसभा सभासदमा जिताएको बताउनुहुन्छ। संविधानसभामा उहाँले उठाउन चाहेका दुई मुद्दा हुन्- राज्यको पुनः संरचना र गणतन्त्रको संस्थागत विकास।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]