रामप्रसाद ज्ञवाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ। उहाँ साहित्यकार पनि हुनुहुन्छ। उहाँको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो। उहाँ कुन्तीदेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ। संस्कृतमा शास्त्री र नेपालीमा एमए (प्रथम श्रेणीमा प्रथम) गरेका ज्ञवालीले करिब एक दर्जन साहित्यिक कृति लेख्नुभएको छ। 'विवश आँसु' (नाटक, २०४४), 'परिवर्तनको मोडमा' (उपन्यास, २०५५), 'जीवनका घुम्तीहरू' (उपन्यास, २०५३), 'औँसीका फूलहरू' (महाकाव्य, २०५३), 'आख्यानकार पारिजात' (समालोचनाग्रन्थ, २०५८), 'पुतली र झुसिल्किरा' (कवितासङ्ग्रह, २०५९), 'एकादेशमा' (खण्डकाव्य, २०६१), 'सानी परेवी र बाज' (बालकथा, २०६१), 'असुरग्याँस' (कवितासङ्ग्रह, २०६२), 'सम्पत्ति' (एकांकीसङ्ग्रह, २०६३) र 'पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या' (सैद्धान्तिक समालोचना, २०६३) उहाँले लेखेका कृति हुन्।